तनहुँको देवघाट गाउँपालिका–४, काफलडाँडामा सोमबार सार्वजनिक सुनुवाई गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको सो गाउँपालिकाले जनाएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउनेगरी काम भइरहेको उल्लेख गरे। ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, शुसासन, पारदर्शिता, मितव्ययी, भ्रष्टाचारमा शून्य शहनशीलतालगायतका कार्यले देवघाट गाउँपालिकालाई उत्कृष्ट…
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि माछाका भुराहरु छाडने कार्यलाई निरन्तरता दिएको छ। अर्जुनचौपारी गाउँपालिका क्षेत्रभित्र पर्ने दरौंखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडेको सो गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले दरौं खोलाको ४ किलोमिटर क्षेत्रमा ६ ठाउँमा भुराहरु छाडेको हो। नेपाल विद्युत्त प्राधिकरण काली गण्डकी ‘ए’ जलविद्युत केन्द्र कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारी स्याङ्जाको…
स्याङ्जाको भीरकोट नगरपालिकामा महिलाहरूलाई नौमती बाजा बजाउने तालिम संचालन गरिएको छ। सो नगरपालिकाको वडा नं ६ मा मगर समुदायका महिलाहरूलाई लक्षित गरी नौमती बाजा तालिम संचालन गरिएको हो। परम्परागत संस्कृति संरक्षण र बाजा बजाउने सीपको पुस्तान्तरण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा १६ जना महिलाहरूलाई पञ्चे बाजा बजाउने तालिम सुरु गरिएको हो। वडा अध्यक्ष लक्ष्मण खत्री…
स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका क्षेत्रभरका विभिन्न खोलाहरुमा माछाका भुराहरु छाडिएको छ। विरुवा गाउँपालिका क्षेत्रभित्र पर्ने मेङ, बास्तारा तथा ज्याग्दी खोलाहरुमा करिब ५० हजार माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ। सो गाउँपालिका क्षेत्रभित्रका खोलाहरुको कटहरे झोलुङ्गे पुलमुनीको रह, मेङ खोला र बास्तारा खोलाको दोभान, सनफ्लावर इंग्लिस बोर्डिङ स्कूलअगाडिको रह, बाहाचौरस्थित बक्से रह र चिन्नेवासस्थित भुवान रहमा…
गोरखा नगरपालिकाले जग्गा वर्गीकरण गर्ने क्रममा पालिकाभरको जग्गाको कित्ता सार्वजनिक गरेको छ। हाल, नापी कार्यालय गोरखा र नापी विभाग काठमाडौँको प्राविधिक सहयोगमा जग्गा वर्गीकरणको काम संचालन गरिरहेको छ। नगरपालिकाले जग्गा वर्गीकरण अन्तरगत अन्तिम चरणको कित्ता सार्वजनिकको काम सम्पन्न गरेको हो। केही समयअघि मात्र जग्गा अद्यावधिकको काम सकेको गोरखा नगरपालिकाले हालसालै १४ वटै वडाको कित्तागत विवरणको…
नवलपुरको गैँडाकोटमा सोमबार सामुदायिक कुकूरहरुको निःशुल्क स्थायी बन्ध्याकरण गरिको छ। साथै, कुकूरहरुलाई रेबिजविरुद्धको खोपसमेत लगाइएको छ। गैँडाकोट नगरपालिका तथा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रको संयुक्त आयोजनामा कुकरहरुको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाइएको हो। गैँडाकोट नगरपालिका वडा नं. मिलनचोकमा चलाइएको शिविरमा गैँडाकोट नगरपालिका वडा नं. १, २, ४, ५, ६, ७ र ८ नम्बर वडाका…
पर्वतको मोदी गाउँपालिका–६, तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल संचालनमा आएको छ। गत भदौमै निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिवार उद्घाटन गरेका छन्। डिमुवा–राम्जा चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा ७ महिनाअगावै गत भदौमै सम्पन्न भएको थियो। पुल उद्घाटन गर्दै मन्त्री…
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालमा शनिबारदेखि शल्यक्रिया सेवा सुरु गरिएको छ। अस्पतालको स्वास्थ्य सेवाअन्तर्गत नयाँ अध्याय मेजर शल्यक्रिया जस्तै हर्निया, एपेन्डिक्स, सी.एस. (सीइओएन केन्द्र संचालनको अनुमती प्रदान भएपछि) लगायतका शल्यक्रिया सेवा सुरु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार आइतबार अस्पतालमा ५९ वर्षका बिरामी माधवप्रसाद वाग्लेको हर्नियाको सफल अप्रेशन गरिएको थियो। पहिलो सफल शल्यक्रियासँगै अस्पतालबाट…
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजना बनाएको छ। त्यसका लागि १ करोड ५० लाख बजेट बिनियोजन गरेको छ। पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि १ करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखराअन्तर्गतको एक योजनालाई…
म्याग्दीको बेनी नगरपालिकामा ‘घरमै सुत्केरी हुने’ को संख्या शून्यमा झरेको छ। घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको संख्या शून्यमा झारिएको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाका अनुसार बेनी नगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म १ सय ४९ जनाले सुरक्षित…