वडा–पालिका »

स्याङ्जाको गल्याङमा जलवायुसम्बन्धी गोष्ठी

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा जलवायुसम्बन्धी गोष्ठी गरिएको छ। पानीलाई कसरी विपदबाट समृद्धिमा बदल्न सकिन्छ ? भन्ने विषयक गोष्ठी भएको हो। गोष्ठीमा वातावरण सम्बन्धी विज्ञहरुले जलवायु परिवर्तन र वातावरणीय प्रभावका असर तीव्र रूपमा बढेको बताएका छन्। ‘परम्परालाई छाड्दै आधुनिक शैली अगाल्नुले हाम्रो वातावरणमा परिवर्तन आएको हो। त्यसका लागि ३ वटै तहका सरकारले विज्ञहरुको सुझावका आधारमा नीति…

गोरखाको धार्चे गाउँपालिकामा ५ शय्याको आधारभूत अस्पताल संचालनमा

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ५ शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ। सो अस्पतालले (बुधबार) देखि स्वास्थ्य सेवा संचालनमा ल्याएको छ। देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार धार्चे गाउँपालिकाले सो अस्पताल संचालनमा ल्याएको हो। धार्चे गाउँपालिका–३, खोर्लाबेसीस्थित गाउँपालिका र स्वीट्जरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छायाँ नेपालको समन्वयमा…

म्याग्दीको बेनी नगरपालिकामा ३०३ योजनाहरु कार्यान्वयनको चरणमा

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ३०३ वटा पूर्वाधारसम्बन्धी योजना कार्यान्वयन गर्दैछ। गत असारको नगर सभाबाट छनौट भई बजेट विनियोजन भएका वडास्तरीय २७१ मध्ये ४७ वटा सम्झौता र नगरस्तरीय ३२ मध्ये ८ वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ। सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना छनौट भएका छन्।…

म्याग्दीको मंगला शिक्षा क्याम्पसले चलायो ‘देउसी भैलो’ अभियान

म्याग्दीको मंगला शिक्षा क्याम्पसले तिहारमा देउसी भैलो खेल्दैछ। जिल्लाको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसको २ करोडको मुद्धती/अक्षयकोष तथा आर्थिक संकलन अभियानका लागि देउसी भैलोमा जुटेको हो। देउसी भैलोमा अभियानमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग गरेको छ। मंगला गाउँपालिका अध्यक्ष एवं क्याम्पसका सम्मानार्थ संरक्षक सतप्रसाद रोका, क्याम्पस संचालक समितिकी उपाध्यक्ष एवं आर्थिक संकलन…

पर्वतको महाशिलामा ७ करोडको पर्यटकीय पूर्वाधार निर्माण

पर्वतको महाशिला गाउँपालिका–५ लुंखुुदेउरालीस्थित एसियाकै ठूलो महाशिला (ढु्ंगा) मा ७ करोडको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ। सडकमार्गको पहुँचसँगै महाशिला वरिपरी आकर्षक संरचना निर्माण गरिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको लगानीमा विभिन्न संरचना निर्माण गरिएका हुन्। सदरमुकाम कुश्माबजारबाट करिब ४०…

बागलुङको गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा सुरु

बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति सेवा सुरु गरिएको छ। नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो। मंगलबार सुत्केरी व्यथा लागेर नगर अस्पताल आएकी विकको गर्भमा रहेको शिशुको स्वासप्रस्वासमा समस्या रहेकाले शल्यक्रिया गरिएको डा. पौडेलले जानकारी दिए। शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको…

लमजुङको मध्यनेपाल नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण

लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ। हालैमात्र, पालिकाको प्रशासकीय भवनको निर्माण कार्य पूरा भएको हो। सो नगरपालिकाले ४ करोड ९ लाख ८१ हजार ९ सय ७६ रुपैयाँ खर्च गरेर आफ्रनै प्रशासकीय भवन निर्माण गरेको हो। यसअघि, मध्यनेपाल नगरपालिका–६, भोर्लेटारस्थित मासिक १ लाख रुपैयाँ बढी भाडा तिरेर आएको नगरपालिका अब आफ्नै भवनमा संचालन…

पर्वतको महाशिलामा गाउँ फर्कनेलाई खाद्यान्न खर्चसहित १ लाखको अनुदान

पर्वतको महाशिला गाउँपालिकाले फर्कनेलाई खाद्यान्न खर्चसहित १ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरिसकेको हो। बसाइँ सरेर जानेको संख्या बढ्दै गएपछि गाउँपालिकाले पालिका फर्किनेलाई अनुदान दिँदै आएको हो। पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै समेटेर पालिकाले गाउँ फर्किनेलाई प्रोत्साहन गर्ने नीति लिएको हो। गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा…

भिमाद नगरपालिकामा ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ कार्यक्रम

तनहुँको नगरपालिकाले चालु आर्थिक वर्षदेखि ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ कार्यक्रम गर्दैछ। तनहुँ जिल्लाको भिमाद नगरपालिकाले कृषि उत्पादन वृद्वि गराई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सारेको हो। कृषि उत्पादन वृद्वि गर्न किसानलाई प्रोत्साहनस्वरुप सम्मान एवं पुरस्कृत गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ गर्ने…

कास्कीको रुपा गाउँपालिकामा गर्भवती महिलालाई एक क्रेट अण्डा

कास्कीको रुपा गाउँपालिकाले स्वास्थ्य संस्थामा गर्भावस्था परीक्षण गर्न आउने प्रत्येक गर्भवती महिलालाई एक क्रेट कुखुराको अण्डा प्रदान गर्ने कार्यक्रम सुरुआत गरेको छ। गाउँपालिकाको गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येक पटक १÷१ क्रेट कुखुराको अण्डा वितरण कार्यक्रमको सुरुआत गरेको हो। ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका…