वडा–पालिका »

स्याङ्जाको चापाकोटमा जिल्ला प्रशासनको सार्वजानिक सुनुवाई

स्याङ्जाको चापाकोट नगरपालिकामा सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङ्जाले संयुक्तरूपमा सो नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो। सार्वजानिक सुनुवाई कार्यक्रममा प्रशासनले गरेका सार्वजनिक सेवा प्रवाहका विषय, जिल्लाको शान्ति सुरक्षा, लागुओैषध दुरूपयोगसम्वन्धी विषयमा स्थानीय नागरिकवीच छलफल भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफू जिल्लामा आए यता…

पर्वतको महाशिला गाउँपालिकामा सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा

पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। समयमै उपचार नपाएका कारण नागरिकले अकालमै ज्यान गुमाउन नपरोस भनेर ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुषालले बताए। गाउँपालिकाले आम नागरिकलाई अनुभुति हुनेगरी निःशुल्क एम्बुलेन्स सेवा अघि सारेको उल्लेख उनले गरे। उनले भने, ‘एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय…

म्याग्दीको मंगला–२ हिदीमा ‘एक घर, एक धारा’

म्याग्दीको मंगला गाउँपालिका–२, हिदीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मंगला गाउँपालिका र समुदायको ४६ लाख ८४ हजार २ सय ५१ को लागतमा आयोजना निर्माण भएको हो। आयोजनामार्फत ६४ घरमा एक÷एक र स्थानीय सिद्ध शान्ति माविमा २ वटा धारा जडान गरेर खानेपानी वितरण गरिएको छ। सबै…

म्याग्दीको मालिका–२, रुममा ‘एक घर, एक धारा’

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ। नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको १ करोड ८७ लाख ९० हजार ९८६ रुपैयाँको लागतमा निर्माण भएका ३ वटा आयोजनाबाट ४०९ घरधुरी लाभान्वित भएका छन्। ठूलोरुममा २७०, बिलबाङमा ६४ र कलान भनारी खानेपानी तथा सरसफाई…

म्याग्दीको मालिका गाउँपालिकामा ‘एक घर , एक धारा’

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको ३२ लाख ९७ हजार ७ सय ३२ रुपैयाँको लागतमा आयोजना निर्माण सम्पन्न भएको हो। आयोजनाबाट ५६ घरपरिवार, १ विद्यालय, १ स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ। सो खानेपानी आयोजनाबाट…

पर्वतको महाशिला गाउँपालिकाले घरेलु मदिरालाई ब्रान्डिङ गराउँदै

पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ। मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान सुरु गरेको हो। पालिकाका विभिन्न वडाहरुमा व्यावसायिक रुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताएका छन्। उनका अनुसार गाउँपालिकाको अघिल्लो…