प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ। प्रतिनिधि सभाको आज (आइतवार)को बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो। छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए। सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्काे…
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति घोषणा भएसँगै प्रहरी प्रधान कार्यालयले ४३ जना (प्रहरी नायब उपरीक्षक) डीएसपीको सरुवा गरेको छ। शुक्रबार बेलुका एक सूची सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक सरुवाबारे जानकारी दिइएको हो। सरकारले बिहीबार मात्रै निर्वाचन मिति घोषणा गरेको थियो। उक्त मितिअनुसार मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन सम्पन्न भइसक्नुपर्नेछ । (हेर्नुहोस,…
सरकारले सचिवहरुको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेर जगेडामा राख्दै अन्य सचिवको सरुवा गरेको हो। महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ भने उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई तानिएको छ। साथै,…
प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन्। नेपाल मतदाता अधिकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो…
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरि हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिएका छन्। मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । त्यस अवसरमा उनले अब मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश…
प्रहरी उपरीक्षक (एसपी) अजय केसीले कास्की प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन्। केसीले हिँजो सोमबारदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका हुन्। प्रहरी प्रमुखविहीन बनेको कास्कीको प्रहरी कमाण्ड सम्हाल्न काज सरुवामा एसपी केसी हिँजै मात्र कास्की (पोखरा) आइपुगेका हुन्। केही दिन अघि मात्र नेपाल प्रहरी प्रधान कार्यालयले ११ जना (एसपी) काज सरुवा गरेको थियो।…
नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ। ४ जिल्लाका इन्चार्ज फेरिएका छन्। ज्ञानेन्द्रप्रसाद फुयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा गरिएको छ। सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटका रमेश पण्डितलाई पठाइएको छ। सीआइबीमा कार्यरत श्यामकुमार महतोलाई ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा गरिएको छ। सर्लाहीमा विवादित भएर तानिएका कृष्ण प्रसाईलाई…
सर्वोच्च अदालतले केही महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदान गर्नबाट नरोक्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई अस्थायी मतदाता नामावलीको व्यवस्था गरी निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो। निशान्त पोखरेललगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै…
पोखरा महानगरका नव निर्वाचित मेयर धनराज आचार्यले शाहसी काम गरेका छन्। अपारदर्शी ढंगले सार्वजनिक जग्गा निजी कम्पनी भाडा लगाउने पूर्व मेयर तथा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष मानबहादुर जिसीले कार्यकालको अन्तिम समयमा गरेको निर्णयलाई नयाँ मेयर आचार्यले खारेज गरेका छन्। पोखरा उपत्यका नगर विकास समितिको बैठकले सो सम्झौता खारेज गर्ने निर्णय गरेको शुक्रबार आयोजित…
पोखरामा २ लाख ५३ हजारसहित ६ जना जुवाडे पक्राउ परेका छन्। पोखरा महानगरपालिका–८ स्थित नबीन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरु पक्राउ परेका हुन्। जुवा खालबाट २ लाख ५३ हजार नगदसहित २०८ पत्ती तास समेत प्रहरीले बरामद गरेको छ। पक्राउ पर्नेहरुमा मुस्ताङ जिल्ला थासाङ–३ घर भई पोखरा महानगरपालिका–८, न्यूरोड बस्ने वर्ष ३२ का नबीन गौचन,…