कास्कीको पोखरामा लागू औषधसहित एक जना पक्राउ परेका छन्। पोखरा–३१ किमबेसीका २५ वर्षीय जीवन परियार करिब साँढे ३ किलो गाँजासहित पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले परियारलाई बिहीबार पौने ८ बजे पृथ्वी राजमार्गको पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। कास्की जिल्लामा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा…