देश–समाज »

टेलिभिजन प्रसारणमा आला कार्ट मूल्य प्रणाली लागू

सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ। आइतबार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट लागू गरिएको बताएको हो। पत्रकार सम्मेलनमा विभागले सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवा प्रदायकहरुले पूर्ण रुपमा लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ। सरकारले इन्टरनेट तथा टेलिभिजन हेर्ने ग्राहकहरुलाई सहुलियत दिनेगरी ग्राहकले चाहेको टेलिभिजन…

सम्पादक संवाद: ‘मिडियाले सामाजिक उत्तरदायित्व बढाउँ’

सामाजिक संजालले पत्रकारितामा पारेको प्रभावका विषयमा प्रेस काउन्सिल नेपालले ‘सम्पादक सम्वाद’ को आयोजना गर्‍यो। सम्वादमा संचारका विज्ञहरुले युट्युबसहित सामाजिक सञ्जालको पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने धारणा राखे । शुक्रबार आयोजना गरेको सम्पादक सम्वादका सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउन सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाउनुपर्ने सुझाव समेत राखे। सहभागी सम्पादकहरुले सूचना प्रविधिमा आएको परिवर्तनसँगै…

नेपाल टेलिभिजन र रेडियो नेपालको एकीकरण गरिने मन्त्री शर्माको भनाई

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारण माध्यमका रुपमा विकास गरिने स्पष्ट पारिन्। नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र…

सोसल मिडियाको दुरुपयोग भइरहेछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढेको बताएका छन्। वीरगञ्जमा जारी प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोसल मिडियाको दुरुपयोग बढेको बताएका हुन्। ‘अहिले तपाईं हामीले देखेका छौ’, सोसल मिडियाबाट सकारात्मक सन्देशहरु प्रवाह हुन सक्छन, नकारात्मक सन्देशहरु पनि प्रवाह भइरहेका छन्’ उनले भने, ‘अहिले मुख्य रुपमा सोसल मिडियाको…

टिकटकले ३० मिनेटसम्मको भिडिओ अपलोडको सुविधा दिँदैछ

शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ। हालसालैको एक खबरअनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ। यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन्। उनले एपको आईओएस बेटा संस्करणमा टिकटकले ३० मिनेट लामो भिडिओ अपलोडका…

मिडिया विधेयक मिडियामैत्री आउँछ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशबाट ल्याउन लागेको मिडिया विधेयक मिडियामैत्री आउने उल्लेख गरेका छन्। पोखरामा शुक्रबार कास्कीका पत्रकारहरुलाई सम्मान गर्दै सबै यस्तो बताएका हुन्। ‘गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउँछ’, मुख्यमन्त्री पाण्डेले जोड दिए, ‘प्रदेश सरकारले मिडिया विधेयक यही हिँउदे अधिवेशनमा ल्याउँदैछ।’ उनले पत्रकारिता क्षेत्रलाई जम्मेवार र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याए। सामाजिक…

कास्कीका ७ पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान

नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन्। शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन्। गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), सोही पुरस्कार २०८०…

लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर: प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ। काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र पत्र–पत्रिकाहरु टिकाईरहन कठिनाई भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको जनाएको हो। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालद्वारा जारी…

‘युट्युब व्यवस्थापन’, काउन्सिलमा आचारसंहिता अभिमुखीकरण

प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका लागि आचारसंहिता अभिमुखीकरण सुरु गरेको छ। बिहीबार संचारग्राममा विभिन्न युट्युब माध्यमका करिब ५० जना सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा युट्युब संचालकहरूले आफूहरूलाई गलत रूपमा सम्बोधन गर्दै युट्युबमार्फत सामग्री संप्रेषण गर्न हतोत्साही गरिने गरेको अनुभव सुनाए। उनीहरूले डिजिटल माध्यममार्फत सूचना संप्रेषण कार्यमा सहयोग नभएको गुनासो गरे।…

‘भाषाको अन्योल हटाउन विशेष समितिको खाँचो’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भाषाका विषयमा रहेका अन्योल हटाउन विज्ञ संलग्न समितिको खाँचो रहेको बताएका छन्। त्यसका लागि सरकार नै प्रमुख जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ। प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल स्रष्टा समाजको संयोजनमा सोमबार संचारग्राममा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले भाषासँग सरोकार राख्ने पक्ष समेटेर समिति नै बनाएर सरकारले पहल गरे…