देश–समाज »

प्रकाशक, सम्पादकद्वारा आचारसंहिता पालनामा प्रतिबद्धता

नयाँ दर्ता भएका अनलाइन सञ्चालक र सम्पादकहरुले पत्रकार आचारसंहिताको पालना गर्ने प्रतिबद्वता जनाएका छन्। उनीहरुले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिवद्धता जनाएका हुन्। प्रेस काउन्सिल नेपालले सञ्चालन गरेको अभिमुखीकरण कक्षामा विभिन्न ४६ वटा सञ्चार माध्यमका प्रतिनिधिहरुले आज (मंगलवार) यस्तो प्रतिबद्धता जनाएका हुन्। अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे…

मेरो समाचार स्रोत गलत परेछ: बस्नेत (अध्यक्ष, प्रेस चौतारी)

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफ्नो समाचारको स्रोत गलत परेकोले गृहमन्त्रीको प्रतिष्ठामा परेको असरप्रति आफू दु:खी रहेको बस्नेतले बताएका छन्। बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेपछि यस्तो बताएका हुन्। अवैध सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आशयको अभिव्यक्तिका कारण विवाद बढ्दै गएपछि असहमति अन्त्यको लागि बस्नेतले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन्। श्रेष्ठसँगको भेटपछि बस्नेतले असहमति…

विदेशी टेलिभिजन च्यानलहरु आजदेखि बन्द हुँदै

नेपालमा प्रसारण भइरहेको सबै सशुल्क विदेशी टेलिभिजन च्यानल आज (सोमबार) देखि बन्द हुँदैछन्। सूचना तथा प्रसारण विभागले विज्ञप्ति निकालेर ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएले बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ। भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘आलाकार्ट ’ प्रणाली लागू गर्न सहयोग नगरेको सरकारको आरोप छ। आलाकार्ट…

प्रेस काउन्सिललाई विज्ञ समूहले सुझाव दियो

पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ। असार १९ गते गठित कार्यदलले १० दिन भित्रमा आइतवार सुझावसहितको प्रतिवेदन बुझाएको हो। समूहका सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना र नयाँ सञ्चार माध्यमको नियमनलगायतका विषयमा विस्तृत सुझाव दिइएको…

८० पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

काठमाण्डौंमा एक साता लामो पत्रकारिता तालिम सुरु भएको छ। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले ८० जनालाई डिजिटल पत्रकारिताको तालिम को हो। डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम दिन प्रारम्भ गरेको हो। तालिमका लागि करिब १ सय ५० भन्दा बढी निवेदन…

प्रेस काउन्सिलले बनायो विज्ञ समूह

प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लंघनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ। बरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ। दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। बस्नेत सञ्चारीका समूहकी पूर्व अध्यक्ष हुन्। छापा र प्रसारणसँगै डिजिटल…

८० पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

काठमाण्डौंमा एक साता लामो पत्रकारिता तालिम सुरु भएको छ। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले ८० जनालाई डिजिटल पत्रकारिताको तालिम दिएको हो। डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम दिन प्रारम्भ गरेको हो। तालिमका लागि करिब १ सय ५० भन्दा बढी निवेदन…

पोखरा महानगरले पत्रकार कल्याणकारी कोष संचालन गर्दै

पोखरा महानगरपालिकाले पत्रकार कल्याणकारी कोष संचालनको कार्यक्रम ल्याउने भएको छ। पोखरा महानगरपालिकाको १३ औँ अधिवेशनमा यस्तो उल्लेख गरिएको छ। पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्की शाखासँग सहकार्य र साझेदारी गरी पत्रकार कल्याणकारी कोष संचालन गर्ने भएको हो। कामको शिलशिलामा दुर्घटना वा बिरामी भई उपचारमा समस्या परेका बखत श्रमजीवी पत्रकारहरूलाई आर्थिक सहायता उपलब्ध गराउने गरी कल्याणकारी…

पत्रकार महासंघ गोरखामा तालाबन्दी

नेपाल पत्रकार महासंघ गोरखा शाखामा तालाबन्दी गरेको छ। शाखाले महासंघको केन्द्रीय मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारीस गरेको भन्दै शाखा कार्यालयमा तालाबन्दी गरिदिएको हो। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाले मंगलबार शुद्धीकरणको बहानामा नेतृत्वले क्रियाशील पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनि गरेको निर्णयप्रति विरोध जनाउँदै तालाबन्दी गरेको हो। सेन्टरले एक प्रेस बिज्ञप्ती जारी गर्दै कार्यसमितिको…

पत्रकार महासंघ गोरखामा शुद्विकरण अभियान

नेपाल पत्रकार महासंघ गोरखा शाखाले शुद्विकरण अभियान अन्तरर्गत ९ जना सदस्यको सदस्यता खारेजीको लागि सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार कार्य समितिका पदाधिकारीहरुको बैठकले ४ जना नयाँ सदस्यलाई थप गर्ने निर्णय समेत गरेको छ। सोमबार शाखामा भएको पदाधिकारी बैठकले किशोरजंग थापा, दिपक श्रेष्ठ, राजेन्द्र न्यौपाने, शिव उप्रेती, सन्दिप सुनार, बिमल श्रेष्ठ, रेनु श्रेष्ठ, सस्मिता पन्त…