देश–समाज »

सकियो पोखराको ३ दिने खेल पत्रकारिता तालिम

पोखरामा आयोजित ३ दिने खेल पत्रकारिता तालिम आज (शुक्रबार) सकिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिम कार्यक्रमको समापनमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्ने बताए। ‘सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्छ’ उनले भने। तालिमको आयोजनाको कारण पत्रकारको क्षमता अभिवृद्धि हुने बताउँदै उनले तालिममा…

पोखरामा ३ दिने खेल पत्रकारिता तालिम सुरु

पोखरामा बुधबारबाट खेल पत्रकारितासम्बन्धी तालिम सुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन्। नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारको क्षमता अभिविृद्धि गर्ने खालका कार्यक्रममा आफ्नोतर्फबाट सहयोग रहने बताइन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले…

काठमाडौंमा प्रेस सेन्टर नेपालको वार्षिक साधारणसभा सुरु

प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा तथा कृष्णसेन इच्छुक स्मृति दिवस काठमाडौंमा सुरु भएको छ। काठमाडौंको शंखरापुर नगरपालिकामा आज (शनिबार)देखि सुरु भएको वार्षिक साधारण सभा तथा स्मृति दिवस आइतबारसम्म चल्नेछ। साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्। साधारण सभा तथा स्मृति दिवसमा प्रेस…

प्रेस युनियन कास्कीको अध्यक्षमा मिश्र

नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र निर्वाचित भएका छन्। युनियनको दशौं अधिवेशनले मिश्रलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। युनियनको उपाध्यक्षमा विजय लम्साल, महिला उपाध्यक्षमा ज्योती हमाल, सचिवमा धनबहादुर गुरुङ (सुमन) छन्। यसैगरी, कोषाध्यक्षमा निराजन अधिकारी, सह–सचिवमा सपना अधिकारी छन्। त्यस्तै, कार्यसमिति सदस्यहरुमा अजय क्षत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिवप्रसाद न्यौपाने, अभिनन्दन वजिमय,…

अब, ढाकामोहन (गणेश) बरालको नेतृत्वमा अनलाइन पत्रकार संघ गण्डकी

अब, पत्रकार ढाकामोहन (गणेश) बरालको नेतृत्वमा अनलाइन पत्रकार संघ गण्डकी अगाडि बढ्ने भएको छ। संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल चयन भएका छन्। संघको आज (सोमबार) पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। यसैगरी, संघको अधिवेशनले उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) चयन…

पोखरामा कार्टुनिष्ट वात्सायनको नागरिक अभिनन्दन

पोखरामा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई नागरिक अभिनन्दनसहित रथारोहण गरिएको छ। पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा बराल ८० वर्ष पूरा भएको अवसरमा आज (शनिबार) उनको रथारोहणसहित अभिनन्दन गरिएको हो। कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो। पोखरामा जन्मिएर…

पोखरामा प्रेस सेन्टरको स्थापना दिवस मनाइयो

पोखरामा प्रेस सेन्टर नेपालको स्थापना दिवस मनाइएको छ। स्थापना दिवसको अवसरमा आज (आइतबार) पोखरामा प्रभातफेरी गरी मनाइएको छ। प्रेस सेन्टरका केन्द्रीय पदाधिकारी, गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरुले संयुक्त प्रभातफेरी गरेका हुन्। पोखराको सिर्जनाचोकदेखी शहीदपार्कसम्म प्रभातफेरी गरी कोणसभा गरिएको हो। कोणसभामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा…

६ महिनामा ४५ संचार माध्यम काउन्सिलको कारबाहीमा

प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा संचार माध्यमलाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ। जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ। अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको छ। आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटक–पटक दिएको निर्देशन अवज्ञा गर्ने आइअफनेपाल डट कमलाई कालोसूचीमा राखी थप कारबाही…

‘चलिरहेका अनलाइनलाई पनि नियमित अभिमुखीकरण गरौँ’

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका संचालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिएकी छिन्। प्रेस काउन्सिल नेपालको आज ( मंगलबार) अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिएकी हुन्। प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका संचालक र सम्पादकलाई अभिमुखीकरण…

अग्रज पत्रकार नारायण कार्कीलाई सम्मान

स्वतन्त्रताका सेनानी एवं अग्रज पत्रकार नारायण कार्की मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीद्वारा सम्मानीत भएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा एकेडेमीले पत्रकार कार्कीलगायत पूर्व फुटबल खेलाडी र नृत्यकर्मीलाई सम्मान गरेको हो। गण्डकी प्रदेशसभा सदस्य खगराज अधिकारीले पत्रकार कार्कीलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका हुन्। त्यस्तै, एकेडेमीले पूर्व फुटबल खेलाडी…