देश–समाज »

नवौं राष्ट्रिय खेलकुद: गण्डकीका खेल पत्रकारको तालिम सकियो

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनामा पोखरामा आयोजित २ दिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम आज (बुधबार) सम्पन्न भएको छ। तालिमको समापन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट अभाव हुन नदिनेमा जोड दिए। लामो समयपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल पार्ने दायित्व सबै गण्डकी प्रदेशबासीको हुने उनको…

नवौँ राष्ट्रिय खेलकुद: गण्डकीका खेल पत्रकारलाई तालिम

गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार संकलन र संप्रेषणलाई सरल बनाउन सञ्चारकर्मीका लागि खेलकुद पत्रकारिता तालिम सुरु गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज (मंगलबार) देखि सुरु भएको २ दिनको तालिममा मुस्ताङबाहेकका १० जिल्लाबाट ७० जना खेल पत्रकारको…

पत्रकारका लागि काउन्सिलको नि:शुल्क स्वास्थ्य शिविर

प्रेस काउन्सिल नेपालले पत्रकारहरूका लागि नि:शुल्क बृहत् स्वास्थ्य शिविर गर्ने भएको छ। काउन्सिलको ५३ औँ वार्षिकोत्सवको अवसर पारेर भोलि (आइतबार) सञ्चारग्रामस्थित काउन्सिलको प्रांगणमा शिविर सञ्चालन गर्न लागेको हो। बिहान ९:३० देखि अपराह्न ४ बजेसम्म शिविर संचालन हुने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। शिविरमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको स्वास्थ्य…

प्रेस काउन्सिलले झण्डै ४ दर्जन पत्रकारलाई सम्मान गर्दै

नेपाल प्रेस काउन्सिलले झण्डै ४ दर्जन पत्रकारहरुलाई पुरस्कारद्वारा सम्मान गर्दैछ। काउन्सिलको ५३ औं वार्षिकोत्सवमा पत्रकारिताको क्षेत्रमा योगदान गरेको व्यक्ति र संस्थामध्येबाट सम्मान गर्न लागेको हो। राष्ट्रपति विद्या भण्डारीले असोज ६ गते पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ। काउन्सिलको हिँजो (शुक्रबार) बसेको बैठकले पत्रकारहरुलाई पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। काउन्सिलले कास्कीका क्रियाशील पत्रकार श्यामनाथ…

जनसम्मतकर्मी शाहीलाई ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान

यस जनसम्मत डट कमका सम्पादक नारायण शाही ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट’ सम्मानित भएका छन्। सहारा क्लबले आफ्नो २४ औं वाषिर्कोत्सवका अवसरमा ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९’बाट शाहीलाई सम्मान गरेको हो। २०६४ सालदेखि पोखरामा रहेर सकृय पत्रकारिता गरिरहेका पत्रकार शाहीलाई पोखरा महागरपालिकाका मेयर धनाराज आचार्यले सम्मान गरे। पुरस्कार राशी २० हजार ५ सय ५५…

जनसम्मतकर्मी शाहीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

जनसम्मतकर्मी नारायण शाहीलाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। सहारा क्लब पोखराले बर्सेनी प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले जनसम्मत डट कमका सम्पादक शाहीको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो। पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ। काठमाडौंबाट २०५३…

खेलकुद पत्रकारिता तालिमलाई पोखरा महागरको सहयोग

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा असोज पहिलो साता पोखरामा हुने प्रदेशस्तरिय खेलकुद पत्रकारिता तालिमलाई सफल पार्न पोखरा महानगरपालिकाले सहयोग गर्ने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टोलीसँग आइतबार भएको भेटघाट कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले उक्त तालिम सम्पन्न गर्न सहयोग गर्ने बताएको मञ्चले जनाएको छ। प्रदेशको राजधानी पोखरामा हुने उक्त प्रतियोगितालाई सफल पार्न…

पत्रकार कमल पौडेल ‘अथक’ लाई पोखरा यातायात पत्रकारिता पुरस्कार

पोखराका पत्रकार कमल पौडेल ‘अथक’ पोखरा यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन्। पोखरा यातायात प्रालिको चौथो साधारणसभाको अवसरमा ‘अथक’लाई सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी नगद २५ हजार रुपैया नगद, दोसल्ला र सम्मान पत्र रहेको छ। ‘अथक’ विगत २ दशकभन्दा बढी पोखराको पत्रकारितामा कृयाशील छन्। रेडियो, पत्रिका, टेलिभिजनमा लामो समयसम्म काम…

खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थपिए

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थपिएका छन् । मञ्चको शनिबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको चौधौं बैठकले यो निर्णय गरेको हो। मञ्चका महासचिव राजाराम पौडेलले दिएको जानकारी अनुसार सदस्य बन्नका लागि ३० जना पत्रकारले आवेदन दिएका थिए। उनीहरुमध्येबाट प्राप्त कागजातसहितको विवरण र सक्रियताको आधारमा १९ जना सदस्य छनोट गरिएको हो। जसमध्ये अनुप…

पत्रकार जमुना वर्षालाई ‘पोखरा टुरिजम जर्नालिजम अवार्ड’

पत्रकार एवं  नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा ‘पोखरा टुरिजम जर्नालिजम अवार्ड’ बाट पुरस्कृत भएकी छन्। पोखरा पर्यटन परिषदद्वारा संचालित पोखराको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याएकोमा पत्रकार शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको हो। पोखरा पर्यटन परिषदको २२ औं साधारणसभा तथा १२ औं अधिवेशनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार शर्मालाई १५…