देश–समाज »

पत्रकार महासंघको उम्मेदवारी दर्ता स्थगित

नेपाल पत्रकार महासंघको महाधिवेशनअन्तर्गत उम्मेदवारहरूको मनोनयन दर्ताको कार्यक्रम स्थगित भएको छ। पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सूचना निकालेर मनोनयन दर्ता कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको हो। यही असोज १२ गते तोकिएको महासंघको महाधिवेशनका लागि शुक्रबार मनोनयन दर्ताको कार्यतालिका थियो। निर्वाचन समिति संयोजकमा प्रा. चिरञ्जीवी खनाल र सदस्यहरूमा देवेन्द्र झा, कपिलचन्द्र पोखरेल, शालिकराम सापकोटा,…

‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार !’

गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदै गर्दा मुख्यमन्त्री कार्यालय बाहिर विरोध जनाइएको छ। कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन्। क्रियाशील पत्रकार समूहले ‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार ! प्लेकार्ड देखाएर भण्डारीको विरोध गरेका थिए।

कास्कीको पत्रकार महासंघमा ताला

नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन्। सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन्। समूहले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएपनि नेतृत्वले महासंघमा प्रहरी बोलाएर आन्दोलनलाई दबाउन खाजेको आरोप लगाएको छ। समूहले नेपाल पत्रकार महासंघको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन…

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार भण्डारीले लिइन् शपथ

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार नियुक्त विमला भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। उनले सोमबार नै पदभारसमेत ग्रहण गरेकी छन्। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहेकी भण्डारीलाई गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रार नियुक्त…

संचार मन्त्रालयलाई दोस्रो हुने छुट छैन

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग आइतवार कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन्। उनले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको उनको भनाई छ। उनले हरेक कुरामा विशिष्ट…

पत्रकार महासंघको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक

आगामी असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। महासंघको निर्वाचन समितिले शनिबार साँझ नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। नयाँ निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ मा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनय दर्ता समय तोकेको छ। यस्तै, असोज ४ गते नै साँझ…

‘गुणस्तरीय समाचार सामग्री उत्पादन गर्नुपर्छ’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक रेडियोले श्रोताप्रति उत्तरदायी भएर गुणस्तरीय समाचार सामग्री उत्पादन गर्नुपर्ने बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १८ औँ वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको शुक्रबार उद्घाटन समारोह कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले सामुदायिक रेडियो बचाउन आफ्नोतर्फबाट प्रयास गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘सामुदायिक रेडियो क्षेत्रमा क्यान्सरै त…

विमला भण्डारी, गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार

विमला भण्डारी गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रारमा नियुक्त भएकी छन्। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको हो। गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले भण्डारी रजिस्ट्रार नियुक्त भएको जानकारी दिएका छन्। उनी, गण्डकी प्रदेशकै पहिलो रजिस्ट्रार बनेकी छिन्। प्रेस रजिस्ट्रारको कार्यकाल ४ वर्षको रहनेछ। भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्षसमेत हुन्। प्रेस रजिस्टार…

फेरि धकेलियो, पत्रकार महासंघको निर्वाचन मिति

नेपाल पत्रकार महासंघको निर्वाचन चौथो पटक धकेलिएको छ। नेपाल पत्रकार महासंघले आगामी असोज १२ गते निर्वाचन गर्ने गरी मिति तोकेको छ। शुक्रबार कार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस विज्ञप्ति प्रकाशित गरी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाएका छन्। यसअघि, महासंघले असोज ५ गते तीनै तहको निर्वाचन गर्ने घोषणा…

प्रेस चौतारी अध्यक्ष बस्नेतमाथि प्रहरी धरपकड

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतमाथि प्रहरीले धरपकड थालेको छ। बस्नेतमाथि प्रहरीले धरपकड गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गंभीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको…