देश–समाज »

रमेश विष्ट, पत्रकार महासंघको कार्यवाहक अध्यक्ष

नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन्। महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आज (बुधबार) को बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो। उनले आज (बुधबार) देखि नै अध्यक्षको कार्यभार सम्हालेका छन्। ‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गंभीर छलफल गरी अघि बढ्ने निर्णय गरेको…

त्रिवि कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक

त्रिविका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउनबाट रोक लगाइएको छ। उनीहरुले अब कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गर्न पाउँदैनन्। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक लगाएको हो। पनिकाले मंगलवार एक सूचना जारी गर्दै कर्मचारीहरूलाई कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा…

पत्रकार महासंघ अध्यक्ष विपुलले दिए राजीनामा

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन्। तेस्रो पटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन्। उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्। अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको उनले स्विकारेका छन्। ‘बाह्य सरोकारवाला पक्षहरूले…

पत्रकार महासंघ र अकोराबमा साझा प्यानलको अवधारणा

प्रेस सेन्टर नेपालले आफ्नो नेतृत्वमा पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को निर्वाचनमा साझा प्यानल बनाउने निर्णय गरेको छ। संगठनका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ को अध्यक्षतामा आज (आइतबार) बसेको केन्द्रीय कार्यलयको बैठकले पत्रकार महासंघ र अकोराबलाई साझा चरित्रको बनाउन र सबैको सहभागिता सुनिश्चित हुने वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेको हो। संगठनका महासचिव…

‘मिडियाको दुरूपयोग नगरौ’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रूपमा मीडियाको दुरूपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्। बिहीबार काउन्सिलमा आयोजित नयाँ अनलाइन र युट्युब माध्यमका संचालक, सम्पादकहरूसँगको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराएका हुन्। अध्यक्ष बस्नेतले गैरजिम्मेवार र आधारहीन सूचना संप्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राखेर कारबाही गर्दै…

नेपालमा टिकटक चल्न थाल्यो

नेपालमा टिकटक चल्न थालेको छ। शुक्रबारदेखि टिकटक चल्न थालेको हो। यसअघि, भदौ ६ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि टिकटक चल्न सकेको थिएन। नेपाल दूरसंचार प्राधिकरणले शुक्रबार सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ। पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा र साक्षरताका लागि काम गर्नुपर्ने,…

संगीता पहाडी अर्याल, नेपाल टेलिकमको प्रबन्ध निर्देशक

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। यसअघि, संगीताले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेकी थिइन्। उनी, गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन्। टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको…

संचारमन्त्रीहरु बोलेरै विवादमा पर्छन्

केपी ओली नेतृत्वको संचारमन्त्रीहरु बोलेरै विवादमा पर्ने गरेका छन्। गोकुल बाँस्कोटादेखि पृथ्वीसुब्बा गुरूङसम्मको नजिर हेर्दा यस्तै देखिन्छ। सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘प्रहरी महानिरीक्षक (आइजीपी) को जिब्रो थुत्नुपर्ने’, सार्वजनिक अभिव्यक्ति दिएपछि उनी विवादमा परेका छन्। प्रधानमन्त्री ओलीले संचारमन्त्री गुरुङलाई ‘जथाभावी नबोल्न’ सचेत गराएका छन्। संचारमन्त्री गुरूङले पनि उक्त कुराको ‘रियलाइज’…

‘भ्यूजको लोभले स्वच्छ पत्रकारिता ओझेलमा पर्दैछ’

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संचार माध्यमहरुले सामाजिक मुद्दा उठाउनुपर्ने जरुरी रहेको औंल्याएका छन्। राष्ट्रिय समाचार समिति (रासस) नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले अहिलेका संचार माध्यमहरुले सोसल मिडियाको भ्यूजको लोभमा परेको स्पष्ट पारे। उनले भने, ‘संचार माध्यमहरुले सामाजिक विषयहरुलाई प्राथमिकतामा राख्नुपर्छ। भ्यूजको लोभमा परेर सनसनीपूर्ण समाचारहरु प्रसारण…

मिडिया एलाइन्सले बुझायो श्रममन्त्रीलाई ज्ञापनपत्र

मिडिया एलाइन्स नेपालले मूलधारका संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सरकारको ध्यानाकर्षण गराएको छ। मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई मन्त्रालयमा भेटेर विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गरिएको छ, ‘कोरोना महामारी, आर्थिक मन्दीलगायत कारण धराशायी बनेको…