देश–समाज »

न्यूज एजेन्सी राससमा ‘मिडिया संग्रहालय’ स्थापना

राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा ‘रासस मिडिया संग्रहालय’को स्थापना गरिएको छ। राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय भवनमा ‘मिडिया संग्रहालय’ को स्थापना गरिएको हो। संचार माध्यमको क्षेत्रमा लामो इतिहास बोकेको राससले ६३ वर्षको अवधिमा प्रयोग गरेका ४६ प्रकारका सामग्री संग्रहालयमा राखिएका छन्। संग्रहालयमा राससले स्थापनाकालदेखि उपयोगमा ल्याएका ऐतिहासिक सामग्री राखिएको हो। मिडिया प्रविधिमा आएका…

न्यु मिडिया समृद्धिका बाहक हुनुपर्छः अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले समृद्धिका बाहकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। प्रविधिको विकासले फड्को मार्दै जाने, समाचारको गुणस्तरमा परिवर्तन नआउने हो भने मिडिया जगतको विकास हुन नसक्ने उनले औँल्याए। अनलाइन र युट्युब माध्यमका सम्पादक, प्रकाशकको अन्तरक्रियामा शुक्रबार अध्यक्ष बस्नेतले भने, ‘सूचना प्रविधिको विकास सँगसँगै मिडियामा आउने समाचार सामग्रीको स्तरमा सुधार हुन…

मर्यादित मिडियाले नागरिकको सम्मान जोगाउँछ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन्। त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका अहम् हुने उनको भनाई छ। सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा काउन्सिलका पदाधिकारीसँग भेट्दै राष्ट्रपति पौडेलले नयाँ मिडियासहितले ल्याएका चुनौतिलाई सम्बोधन गर्नेगरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रीत गर्नुपर्ने सुझाव दिए। काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली…

१५ दिनमा युट्युबलगायतका ३१ सञ्जालहरु कारबाहीमा

प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरितका सामग्री संप्रेषण गर्ने युट्युबलगायत ३१ वटा सामाजिक सञ्जाललाई कारबाही गरेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले संचार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री संप्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको छ। मिडिया अन्तर्गत सूचीकृत भएका यस्ता…

युट्युबलाई पत्रकारिताको धार समाउन सुझाव

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन्। अनलाइन मार्फत नयाँ सुरु भएका संचार माध्यमलाई सोमबार काउन्सिलले राखेका अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने, ‘मिडिया भन्ने, पत्रकारिता के हो भन्ने…

‘पत्रकारमाथिको धम्की, निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती’

नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अनलाइन खबर डटकमका गण्डकी व्यूरो प्रमुख अमृत सुवेदीलाई लक्षित गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राजीव गुरुङले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। महासंघ कास्की शाखाका अनुसार मन्त्री गुरुङ आफ्नै कार्यकक्षमा गञ्जी लगाएर बसेको फोटो साउन ११ गते शुक्रबार पत्रकार सुवेदीले सार्वजनिक गरिदिएका थिए। सोही…

पत्रकार बिना थापा र सुरज थापामाथि कुटपिट

समाचार संकलनका क्रममा पोखरामा पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले दुव्र्यवहार गरेका छन्। सार्वजनिक यातायातका चालकहरुले आफूहरुको आन्दोलन रहेको बताउँदै पत्रकारमाथि कुटपिट गर्नुको साथै पत्रकारहरुले प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेको निकृष्ट कार्यप्रति सर्वत्र विरोध भएको छ। पत्रकार महासंघको ध्यानाकर्षण पत्रकारमाथिको कुटपिट र पत्रकारको स्कुटरसमेत तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण…

सरकारलाई असफल हुने छुट छैन: संचारमन्त्री गुरुङ

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन्। वर्तमान सरकारले एक वर्षभित्रमा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने उनले उल्लेख गरेका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, ‘वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गरिसक्नु भएको…

संचारमन्त्री पृथ्वीसुब्बा र अमेरिकी राजदुत थम्सनबीच भेटघाट

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच शिष्टाचार भेटघाट भएको छ। भेटघाटमा राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना दिएका छन्। त्यस अवसरमा राजदूत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको सुनाए। संचार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्वपूर्ण मन्त्रालय भएको…

गण्डकी प्रदेशमा प्रेस रजिस्ट्रारको खोजी

गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रार लागि आवेदन माग्ने तयारीमा छ। त्यसका लागि प्रदेश सरकारले एक समिति गठन गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा प्रेस रजिस्ट्रार नियुक्तिका लागि समिति गठन गरेका हुन्। समितिमा अग्रज पत्रकार रवीन्द्र बास्तोला सदस्य र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयका सचिव केशवराज ढकाल छन्। प्रदेश सचिव…