देश–समाज »

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन्। सातौँ राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसका अवसरमा आज (बिहीबार) यहाँ आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए। ‘संचार तथा सूचना प्रविधिको विकास,…

पत्रकार महासंघ गण्डकी प्रदेश समितिको साधारणसभा

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ। साधारणसभाको अवसरमा अवसरमा पत्रकार महासंघ गण्डकीले प्रदेश मातहतको म्याग्दी जिल्ला शाखालाई उत्कृष्ट जिल्ला शाखाको रुपमा सम्मान गरेको छ। सो अवसरमा जहाज दुर्घटनामा परी दिवंगत भएका पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं पत्रकार त्रिभुवन पौडेलको परिवारलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेको छ। सो अवसरमा…

अमेरिकामा ‘टिकटक ब्याण्ड’ गर्ने कानुन पारित भएपछि …

टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्स लिमिटेडले टिकटकबारे आएका हल्लाहरूको खण्डन गर्दै टिकटक बेच्ने कुनै योजना नभएको जनाएको छ। अमेरिकाले ‘प्रयोगकर्ताको गोपनीयता सार्वजनिक हुनसक्ने’ भन्दै टिकटकमा प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै आएका हल्लाहरूको खण्डन गर्दै ती हल्लाहरू सत्य नभएको बाइट्ड्यान्सले जनाएको हो। ‘बाइट्ड्यान्ससँग टिकटक बेच्ने कुनै योजना छैन, विदेशी मिडिया रिपोर्टहरू सत्य होइनन्’ कम्पनीले आफ्नो स्वामित्वमा…

९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिवन्ध

अमेरिकी माथिल्लो सदन सिनेटले पनि टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ। तल्लो सदन कँग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो। यो विधेयकले टिकटकको संचालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ। यदि, बिक्री नगरेमा ९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ। सो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कानुन बन्नेछ। त्यो अवस्थामा…

अमेरिकी सिनेटद्धारा ‘टिकटकमाथि प्रतिबन्ध’ को अनुमोदन

अमेरिकी सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विवादास्पद ऐतिहासिक विधेयकलाई अनुमोदन गरेको छ। अमेरिकाले टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्सलाई आफ्नो हिस्सेदारी बेच्न ६ महिना समय दिने विधेयकलाई अनुमोदन गरेको हो। साथै, संयुक्त राज्यमा एप ब्लक गरिने गरी विधेयकलाई अनुमोदन गरेको हो। लामो समयदेखि अमेरिकामा टिकटक प्रतिवन्ध लगाउने भनी कुरा उठेपनि यसमा विवाद भइरहँदा थप कदम…

‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनु हुँदैन’

नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्य–तथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन्। फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आइतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा बोल्दै तमुले भने, ‘इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै लेखिदैन।’ ‘संस्थापक अध्यक्ष को हुन् ? भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो…

मिडिया फेस्टिभलमा ‘मिडियाको भविष्य’ बारे बहस

दाङको घोराहीमा ‘मिडियाको सामथ्र्य र भविष्य’सँग जोडिएका विभिन्न सवालमाथि बहस गरिएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाले दुई दिनसम्म आयोजना गरेको मिडिया महोत्सवको क्रममा ‘मिडियाको सामथ्र्य र भविष्य’बारे बहस गरेको हो। यस सत्रमा खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख घनश्याम पाण्डेले बहस गरे। पछिल्लो समय…

मिडिया फेस्टिभलमा संघीयता कार्यान्वयनबारे बहस

घोराहीमा जारी मिडिया महोत्सवको पहिलो दिन सोमबार संघीयता, विकास र मिडिया विषयक प्यानल बहस गरिएको छ। संघीय सरकार, स्थानीय सरकार र मिडिया बिज्ञको सहभागितामा बहस भएको हो। बहसमा सहभागी हुँदै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संघीयता कार्यान्वयनका लागि तत्काल कानुन बनाउन आवश्यक रहेको कुरामा जोड दिइन्। ‘कानुन बनाउन प्रमुख दलहरु एकै ठाउँमा आउनुपर्छ’,…

‘संचारमाध्यमले सकारात्मक पक्षलाई स्थापित गर्न लाग्नुपर्छ’

सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले संचारमाध्यमले सकारात्मक पक्षलाई जोड दिएर समाचार लेख्नुपर्ने कुरामा जोड दिएकी छिन्। नेपाल पत्रकार महासंघ दाङले आज (सोमबार)देखि आयोजना गरेको ‘मिडिया महोत्सव’को उद्घाटन गर्दै उनले संचारमाध्यमले समाजमा रहेका नकारात्मक पक्षलाई प्राथमिकता दिनुभन्दा सकारात्मक पक्षलाई समेट्नुपर्नेमा जोड दिइन्। नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा विषय प्राथमिकतासहित आउँदा त्यसले समाजलाई नकारात्मकतातर्फ लैजाने…

‘सरकार, श्रमजीवी पत्रकारको पक्षमा छ’

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले सरकार श्रमजीवी पत्रकारको पक्षमा रहेको औंल्याएका छन्। ‘श्रमजीवी पत्रकारहरूको हकहितका लागि सरकारले बनाएको कानूनको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष एकजुट हुनुपर्छ’ सुवेदीले उल्लेख गरेका छन्। नेपाल पत्रकार महासंघ, रेडियो नेपाल प्रतिष्ठान शाखाको ८ औ अधिवेशनको आज (सोमबार) उद्घाटन गर्दै सचिव सुवेदीले…