Hero News »

प्रतिगमनविरुद्ध समाजवादी मोर्चाले डटेर लड्छ: नेता नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध समाजवादी मोर्चा डटेर लड्ने बताएका छन्। सोमवार काठमाण्डौमा आयोजित ‘ं(समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने उल्लेख गरे। मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्नका लागि नभएको उनको भनाई थियो। ‘कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरेको होइन,’ उनले भने।…

प्रतिगामी प्रवृत्तिविरुद्ध समाजवादी मोर्चा: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन्। सोमवार ’समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले मोर्चा घोषणा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका हुन्। उनले भने, ‘परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेकाले समाजवादी…

४ दलको संयुक्त समाजवादी मोर्चा घोषणा

राजनीतिक ४ दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन्। सत्तारूढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर आज (सोमवार) समाजवादी मोर्चा घोषणा गरेका हुन्। काठमाण्डौको राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा ४ दलका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन्। सहमतिपत्रमा माओवादी केन्द्रका…

बजेट प्रचारमुखीभन्दा पनि यथार्थपरक छ: अर्थमन्त्री आले

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘आत्मनिर्भर तथा समुन्नत प्रदेश: सम्मानित प्रदेशवासी’ बनाउने मूल आधारका रुपमा बजेट रहेको बताए। कृषि क्षेत्रमा प्रवाह हुने अनुदानलाई उत्पादन केन्द्रित बनाउन र यसको लाभ सुनिश्चित गर्न उत्पादनका…

गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट

गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आज (शुक्रबार) प्रदेश सभामा आउँदो आर्थिक वर्षका लागि ३१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। यो चालु आ.व.को भन्दा कम बजेट हो। संघीय सरकारले नै अनुदानहरु कटौती गरेकाले प्रदेशको बजेट आकार घटेको हो। अर्थमन्त्री आलेले कुल बजेट ३३ अर्ब ४२ करोड रुपैयाँमध्ये…

अझै ४ दिनसम्म लूको संभावना

विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा बढ्दो छ। देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको…

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिदैँ

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्न व्यवस्था मिलाउन लागिएको जनाएको छ। आज (शुक्रबार) आयोगले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न ५ विषयमाथि छलफल भएको छ। बैठकमा राजनीतिक दलसँग आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन प्रारम्भ गर्ने विषयमा पनि छलफल भएको जनाएको छ।…

सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि

मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ। नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका २ र पूर्वका ३ जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ। ती जिल्लामा ४१ डिग्री…

साफ च्याम्पियनसीपका लागि नेपाली टोलीको घोषणा

भारतमा हुने साफ च्याम्पियनसीपका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनसीपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ छन्। यस्तै, डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा छन्। मिडफिल्डरमा पुजन…

सकियो पोखराको ३ दिने खेल पत्रकारिता तालिम

पोखरामा आयोजित ३ दिने खेल पत्रकारिता तालिम आज (शुक्रबार) सकिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिम कार्यक्रमको समापनमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्ने बताए। ‘सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्छ’ उनले भने। तालिमको आयोजनाको कारण पत्रकारको क्षमता अभिवृद्धि हुने बताउँदै उनले तालिममा…