Hero News »

पोखरामा ३ दिने खेल पत्रकारिता तालिम सुरु

पोखरामा बुधबारबाट खेल पत्रकारितासम्बन्धी तालिम सुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन्। नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारको क्षमता अभिविृद्धि गर्ने खालका कार्यक्रममा आफ्नोतर्फबाट सहयोग रहने बताइन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले…

भारत काभा महिला भलिबल च्याम्पियन

भारतले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्यो। एकपक्षीय प्रदर्शन गरेको भारतले २५–१५, २५–२२, २५–१८ को नजिता निकालेको थियो। यसअघि, तेस्रो स्थानका लागि भएको खेलमा साबिक विजेता नेपालले उज्बेकिस्तानलाई…

घरेलु नेपाली टोली काभा महिला भलिबलमा तेस्रो

एनएससी काभा महिला महिला भलिबल च्याम्पियनसीप प्रतियोगितामा घरेलु नेपाली टोली तेस्रो स्थानमा खुम्चिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टोली नेपाल च्याम्पियनसीपमा तेस्रो बनेको हो। पहिलो सेटमा लय गुमाएको नेपालले त्यसपछिको सेटमा उत्कृष्ट पुनरागमन गर्दै उज्वेकिस्तानलाई पहिलो सेट २५–२० दोस्रो सेट २५–१६ को…

काभा महिला भलिबल : नेपाल सेमिफाइनलमै रोकियो

साविक विजेता नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमै रोकिएको छ। उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको नेपाल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार भएको सेमिफाइनलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित बन्यो। पहिलो सेट ३०–२८ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो। दोस्रो सेट २५–१६ ले आफ्नो…

काभा महिला भलिबल : नेपाल समूह उपविजेता

भारतसँग हारेपनि घरेलु टोली नेपाल उपविजेता बन्दै काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल समूह ’ए’ को उपविजेता बनेको हो। राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आज (बुधबार) भएको खेलमा नेपाललाई हराउँदै भारत समूह विजेता र नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो। घरेलु समर्थकको साथ पाएको नेपाललाई…

काभा अन्तर्राष्ट्रिय महिला भलिबल : नेपाल सेमिफाइनलमा

साबिक विजेता नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा स्थान बनाएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा लगातार २ खेलमा जित निकाल्दै सेमिफाइनल पुगेको हो। मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हरायो। तुलनात्मक रूपमा कमजोर बंगलादेशमाथि नेपालले २५–१०, २५–८, २५–९…

काभा महिला भलिबल च्यालेन्ज कप: नेपालको सुखद् सुरुवात

एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई हराएर सुखद जितको सुरुवात गरे को छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा विजयी बनेको हो। नेपालले पहिलो सेट २५–११ ले,  दोस्रो सेट २५–१९ ले र तेस्रो सेट २५–११ ले जित निकाल्यो। एसियाको मध्यमस्तरको प्रतियोगिता जित्ने अवसरका रुपमा प्रतियोगितालाई…

सातौं पोखरा स्पोर्ट्स अवार्ड: क्रिकेटका करण केसी र फुटबलकी सावित्रा (साम्बा) उत्कृष्ट खेलाडी घोषित

क्रिकेटका करण केसी र फुटबलका सावित्रा भण्डारी (साम्बा) सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। पोखराको सभागृहमा आज (शनिबार) अवार्ड वितरण गरिएको हो। पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करणले प्राप्त गरे। करणसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए। महिलातर्फको अवार्ड सावित्राले हात पारेकी हुन्। मनोनयनमा सावित्रासँगै आर्चरीकी…

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आज

आज (शनिबार) सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वितरण कार्यक्रम हुदैँछ। आज शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ। यिमध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी…

तिमिल्सिनालाई पोखरा स्पोर्ट्स अवार्डको पत्रकारिता पुरस्कार

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिदैँ छ। अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको २५ औं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख हुन्। क्लिक…