Hero News »

जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। आज (शुक्रबार) उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभारसहित उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन्। यादवका प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी…

तस्बीरहरुमा पोखरा महानगरको स्थापना दिवस (फोटो फिचर)

पोखरा महानगरपालिकाले आफ्नो सातौँ स्थापना दिवस भव्यताका साथ मनायो। महानगरपालिकाले (आइतबार) नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सव मनाएको हो। महानगरले विभिन्न सम्मान तथा विविध कार्यक्रमसहित आफ्नो स्थापना दिवस मनाएको हो। यसअघि, पोखराको मानवअधिकार चोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरी गरिएको थियो। महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाई तथा कर्मचारी र जनप्रतिनिधिबीच…

पहिलो वर्ष, आधार वर्ष, पूर्वाधारको वर्ष: मेयर आचार्य

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकालाई समुन्नत बनाउने तय गरिएको बताएका छन्। पोखरा महानगरको सातौं स्थापना वर्ष गाँठको अवसरमा प्रमुख आचार्यले भने, ‘महानगरपालिकालाई समुन्नत बनाउने तय गरिएको छ। यस सन्दर्भमा पहिलो वर्षलाई आधार वर्षका रूपमा विकासका आधारहरू तय गरिएको छ।’ बितेको नौ महिनामा थुप्रै स्मरणयोग्य कामहरू सम्पन्न गरिएको मेयर आचार्यले सुनाए। उनले भने, ‘यसको…

जनताको सर्वोपरि हितलाई ध्यान देउ: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको निर्माण र कार्यान्वयनमा जोड दिएका छन्। पोखरा महानगरको सातौं स्थापना दिवस अवसरमा पोखरा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले भनेका छन्, ‘संविधानले महानगरपालिलाई आफ्ना लागि आवश्यक पर्ने नियम कानुन आफैले निर्माण गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ। नगरपालिकाले नीति बनाउन सक्छ,…

पोखरा महानगरको स्थापना दिवस भव्यताका साथ मनाइयो

पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ। महानगरपालिकाले नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सवका अवसरमा २६ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक समेत प्रदान गरेको छ। समारोहमा विभिन्न सम्मानहरू समेत प्रदान गरिएको छ। पोखरा महानगरपालिकाको नीति निर्माण तथा प्राविधिक विषयहरूमा सहयोग गर्ने नेपाल सहरी उत्थान परियोजना (सुदृढ), जग्गा…

रामचन्द्र पौडेल गणतन्त्र नेपालको चौथो राष्ट्रपति

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको चौथो राष्ट्रपति निर्वाचित भएका छन्। राष्ट्रपतिमा चौथो कार्यकालका लागि आज (बिहीबार) निर्वाचन भएको हो। राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दै नेपालको नयाँ राष्ट्रपति निर्वाचित भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २८४ मतभारले पराजित गर्दै वरिष्ठ नेता पौडेल…

आज फागु पूर्णिमा (होली) मनाइँदै

आज, फागुन शुक्ल पूर्णिमाको दिन, अर्थात विशेष महत्वको रंगीन पर्व फागु पूर्णिमा (होली)। आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेलेर फागु पर्व मनाइँदैछ। फागु पर्वका उपलक्ष्यमा परंपरादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। नेपाल सरकारले आज (सोमबार) हिमाली तथा पहाडी जिल्लाहरुमा फागु पूर्णिमाको विदा दिएको छ। तराई क्षेत्रमा भने यो…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ। विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो। उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो। काठमाडौंदेखि ३३ जना यात्रु लिएर आएको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको हो। फागुन ११ गतेदेखि पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएको छ। नेपाल…

दर्शकको मन जिते खेलाडी सधैँ बाँचि रहन्छ – मुख्यमन्त्री

पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ। प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे। छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे।  उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए। ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक…

जोमसोममा भएको तारा एअरको जहाज दुर्घटना सम्बन्धमा जाँच आयोग प्रतिवेदनले चालक दलको त्रुटि देखायो (रिपोर्ट सहित)

मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एअरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले जनाएको छ। आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसमक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखिएको हो। २०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर (एन–एइटीरडीएचसी ६–३०) जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको…