Hero News »

आजदेखि लमजुङ, पर्वत र बागलुङलगायत १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

सरकारले आज (विहीबार) देखि लमजुङ, बागलुङ र पर्वतलगायतका १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाउने अभियान सुरु गर्दैछ। २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार लमजुङ, पर्वत, बाग्लुङलगायत झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ।…

राष्ट्रिय सहमतिको राष्ट्रपति हुनुपर्छ: महासचिव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रिय सहमति जुट्न सक्ने खालको व्यक्ति हुनुपर्नेमा जोड दिएका छन्। महासचिव गुरुङले राष्ट्रिय सहमति जुट्न सक्ने खालको व्यक्तिलाई नयाँ राष्ट्रपतिमा आफ्नो पार्टीले सहयोग गर्ने समेत स्पष्ट पारे। उनले नयाँ राष्ट्रपतिका लागि सबैले समर्थन गर्ने पात्रको खोजी भइरहेको खुलासा गरे। प्रेस सेन्टर कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस…

केन्याका स्टेफन दोस्रो पटक पोखरा म्याराथन च्याम्पियन

केन्याका धावक स्टेफन कोसगेईले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा दोस्रो पटक च्याम्पियन बनेका छन्। उनले आज (शनिबार) विहान पोखरामा भएको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको च्याम्पियन बनेसँगै दोस्रो पटक उपाधि हात पारेका हुन्। उनले १६ औं संस्करणमा पनि पहिलो सहभागिता जनाउँदै पहिलो पटक उपाधि उचालेका थिए। सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको उपाधि…

पोखरा महिला हाफ म्याराथनको उपाधिमा राजपुराको ह्याट्रिक

विभागीय नेपाल पुलिसकी राजपुरा पछाईले पोखरामा भएको १७ औं संस्करणको महिला हाफ म्याराथनको उपाधि जितेकी छिन्। महिलातर्फको हाफ म्याराथनको उपाधि उचाल्दै राजपुराले योसँगै पोखरामा ह्याट्रिकसमेत गरिन्। महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने राजपुरा पहिलो धाविका समेत बनिन्। राजपुराले २१ किमीको निर्धारित दूरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन्। गत वर्षको उनको समय १ घण्टा…

पोखरा म्याराथन: लमजुङका बस्नेत गण्डकी प्रदेश च्याम्पियन

लमजुङका रामजी बस्नेतले १७ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि जितेका छन्। रामजीले आज (शनिबार) विहान पोखरामा भएको म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धाको उपाधि जितेका हुन्। उनले २ घण्टा ४१ मिनेट ३२ सेकेण्डको समयमा पूरा गरे। उपाधिसँगै बस्नेतले नगद ५० हजार राशी हात पारे। गोखराका निरज भट्ट क्षत्री दोस्रो बन्दै नगद ३० हजार पुरस्कार पाए। उनले…

आशाले जितिन् १० किलोमिटर महिलातर्फको पोखरा म्याराथन

विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) की आशा रावतले १० किलोमिटर महिला तर्फको पोखरा म्याराथन जितेकी छिन्। पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिलातर्फको इभेण्टको उपाधि सशस्त्र प्रहरी बलकी आशाले जित्दै नगद ३० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारिन्। आशाले निर्धारित दूरी ५० मिनेट १२.३ सेकेण्डमा पूरा गर्दै उपाधि आफनो नाममा लेखाइन्। नेपाल पुलिसकी धाविका बृष्मा कुमालले…

सञ्जयले जिते १० किलोमिटर पुरुषको पोखरा म्याराथन

नेपाली सेनाका सञ्जय श्रेष्ठले पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फको दौड जितेका छन्। कास्कीमा सुरु भएको १७ औं अन्तर्राष्ट्रिय पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फ सञ्जय श्रेष्ठ विजयी भएकी हुन् । श्रेष्ठले ३६ मिनेट २९.९ सेकेण्डको समय लगाउँदै उपाधि आफनो नाममा बनाए। उनले ३० हजार नगद पुरस्कार जिते। त्यस्तै, नेपाली सेनाकै धावक सुवास कार्की दोस्रो बन्दै नगद…

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको झलक (फोटोफिचर)

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको छ। नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा आज (शनिबार) विहान ६ बजे १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको हो। म्याराथनको विभिन्न ८ विधामा ८ हजार बढिको सहभागिता छ। यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु छन्। महिलातर्फको हाफ म्याराथनमा ३५ जना बढिको सहभागिता…

गण्डकी प्रदेशको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार मनमायालाई

गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ। प्रदेश स्थापना दिवसको मूल समारोहमा सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १ जनालाई सर्वोत्कृष्ट, ३ जनालाई उत्कृष्ट र ६ जनालाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिनेछ। १ लाख रुपैयाँको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा…

नेकपा एस कुनै पार्टीमा विलय हुँदैन: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उनले नेकपा एस कुनै पार्टीमा बिलय पनि नहुने बताएका छन्। पोखरामा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले जुनकुनै पार्टीसँग संभव भएसम्म मोर्चा बनाउने बताए। एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलिन नहुने उनको तर्क थियो। नेता नेपालले भने, ‘सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको…