Hero News »

आहा ! रारा पोखरा गोल्डकप: चर्च ब्वाइजसँग मच्छिन्द्र स्तब्ध

नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (आइतबार) भएको प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पाखा लगाउँदै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान बनाएको हो। आशिष चापागाइँको २ गोल मद्दतमा चर्च ब्वाइजले पहिलो हाफमा २ गोल र दोस्रो…

अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा जे देखियो (फोटोफिचर)

पोखराको अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसँगै सुन्दर पर्यटकीय नगरीका पोखरेलीहरुले उनेर राखेको ५ दशक लामो सपना पूरा भएको छ। ५ दशक लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अवस्थासम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखि यसको निर्माणका निमित्त निरन्तर संघर्ष…

देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै विमानस्थल निर्माणले पोखरामा मात्रै नभइ सिंगै देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने औंल्याएका छन्। विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत उनले बताए। प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति…

पूरा भयो पोखरेलीको ५ दशकदेखिको सपना

पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज (आइतबार) देखि संचालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका हुन्। आज पोखरामा आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन्। विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल शनिबार बिहान राजधानी…

आहा ! रारा पोखरा गोल्डकप: एपीएफ सेमिफाइनलमा

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा शनिबार भएको प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा धरान फुटबल क्लबलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। एपीएफले पहिलो हाफमै गोलको नतिजा निकालेकाले सहजै सेमिफाइनल प्रवेश गर्‍यो। एपीएफको जितमा बिकु तामाङ र युवराज खड्काले गोल गरे।…

पोखरेलीहरुको ५ दशक लामो सपना पूरा हुँदै

पाँच दशक लामो प्रतीक्षा पछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने अवस्था सम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखी यसको निर्माणका निमित्त निरन्तर संघर्ष गर्ने सवैप्रति पोखरा महानगरपालिका हार्दिक आभार व्यक्त गरेको छ। राष्ट्रिय गौरवको परियोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल…

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज (पुस १६ गते, शनिबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ। आज काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि ८ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति…

आहा ! रारा पोखरा गोल्डकप: चर्च ब्वाइजसँग पुलिस स्तब्ध

पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले क्वार्टरफाइनलमा स्थान बनाएको छ। नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड आरा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा शुक्रबार भएको खेलमा पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम ८ मा पुगेको हो। आहा ! रारा पोखरा…

आहा ! रारा पोखरा गोल्डकप: धरानको विजयी सुरुवात

धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे। उनले खेलको सुरुवाती चौथो मिनेटमा फ्रीकिकमार्फत गोल गरे। डीएरिया नजिक सहाराका भागवत चौधरीले प्रकाश…

महान फुटबलर पेलेको निधन

महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित उनको उपचारका क्रममा ब्राजिलको साओ पाओलोस्थित अस्पतालमा निधन भएको हो। उनी पहिलेदेखि नै मिर्गौलाको समस्याबाट पीडित थिए। २१ वर्षको खेल जीवनमा विपक्षीसँगको घम्साघम्सीका क्रममा उनले सन् १९७० को दशकमा एउटा मिर्गौला गुमाए। सन् २०२१ मा पेलेको आन्द्रामा रहेको ट्यूमरको शल्यक्रिया गरिएको…