Hero News »

मेस्सी, विश्वकपको सर्वोत्कृष्ट खेलाडी

अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने। सर्वोत्कृष्ट खेलाडी बनेका मेस्सीले गोल्डेन बल जिते। फाइनलमा लियोनल मेस्सीले फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे। उनले कतार विश्वकपमा जम्मा ७ गोल गरेका छन्। आफ्नो अन्तिम विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सी दोस्रो पटक विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले यसअघि सन् २०१४ को विश्वकप…

अर्जेन्टिना तेस्रो पटक विश्वकप च्याम्पियन

अर्जेन्टिना, तेस्रो पटक फिफा विश्वकप फुटबल च्याम्पियन बनेको छ। तेस्रो पटक विश्वकपको च्याम्पियन बनेसँगै उसले फिफा विश्वकप २०२२ को उपाधि उचालेको छ। एकपछि अर्को गोलको वर्षा भएको ‘थ्रिलर म्याच’को पेनाल्टी सुटआउटमा फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना नयाँ च्याम्पियन बनेको हो। ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको ट्रफी घर भित्राएको हो। यसअघि सन् १९८६ मा डिएगो म्याराडोनाको नेतृत्वमा…

विश्वकप फुटबल: अर्जेन्टिना–फ्रान्स उपाधिका लागि भिड्दै

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज (आइतबार) अर्जेन्टिना र फ्रान्स आमने–सामने हुँदैछन्। यी २ टिमबीचको उपाधि भिडन्त आज राति ८:४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिना र फ्रान्स दुबै तेस्रोपटक विश्व च्याम्पियन बन्ने दाउमा छन्। फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो। त्यसअघि, फ्रान्सले १९९८ को विश्वकप ट्रफी हात…

विश्वकप फुटबल: मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

क्रोएसियाले फिफा विश्वकप २०२२ मा तेस्रो स्थान जित्न सफल भएको छ। ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्ले–अफमा क्रोएसियाले २–१ गोलअन्तरले पराजित गरेर तेस्रो स्थान जित्न सफल भएको हो। क्रोएसियाले विश्वकपमा पुन: एकपल्ट उच्चस्तरको प्रदर्शन गर्न सफल भएको छ। सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा आफूलाई बलियो टोलीका…

विश्वकप फुटबलको फाइनल समिकरण पूरा

कतारमा जारी विश्वकप फुटबलको फाइनल समिकरण पूरा भएको छ। बुधबार राति दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्सले विश्व फुटबलमा उदीयमान टोली मोरक्कोलाई हराएसँगै फाइनल समिकरण पूरा भएको हो। अब, यस संस्करणको विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना  फाइनल भिड्ने भएका छन्। फाइनलमा २/२ पटक विश्वकप जितेको फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्नेछन्। यसअघि,…

क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

विश्व फुटबल महारथी अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको छ। साबिक उपविजेता क्रोएसियामाथि शानदार जित निकाल्दै २ पटकको विश्वकप विजेता अर्जेन्टिना फाइनल पुगेको हो। कतारस्थित लुसैल स्टेडियममा मंगलबार राति भएको यस संस्करणकै पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को गोलअन्तरले हरायो। अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनेल मेस्सी र जुलियन अल्भारेज चम्किए। प्रतियोगिताकै…

मेस्सीले विश्वकपमा सर्वाधिक २५ म्याच खेल्दै

अर्जेन्टिनी कप्तान मेस्सीले आज (मंगलबार) जारी विश्वकपको सेमिफाइनल खेल्दैछन्। कतारको दोहास्थित लुसाइल स्टेमिडयममा क्रोएसियाविरुद्धको खेल अर्जेन्टिनाले जित्यो भने कप्तान मेस्सीले विश्वकपमा सर्वाधिक म्याच खेल्ने खेलाडीको रेकर्ड बनाउनेछन्। जारी विश्वकपको सेमिफाइनलमा मेस्सीको खेल २५ पुग्नेछ। आज राति हुने सेमिफाइनल जितेर फाइनल खेल्ने नतिजा निकाले कप्तान मेस्सीले विश्वकपमा सबैभन्दा बढी म्याच खेल्ने खेलाडीको नाम दर्ता गराउनेछन्। सेमिफाइनल…

विश्वकप फुटबल: अर्जेन्टिना–क्रोएसिया सेमिफाइनल खेल्दै

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज (मंगलबार) अर्जेन्टिना र क्रोएसिया खेल्दैछन्। यी २ देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले ५ पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन्। अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी २ पटकसम्म विश्वकपको उपाधि जितेको छ।…

यु–१८ एसियाली रग्बीमा कोरिया र युएई च्याम्पियन

दक्षिण कोरिया र युएई यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन्। च्याम्पियनसीपअन्तर्गत आइतबार भएको फाइनल खेलमा पुरुषतर्फ दक्षिण कोरिया तथा महिलातर्फ युएई च्याम्पियन बनेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले हरायो। त्यसअघि, आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउदै उपाधि भिडन्त पक्का गरेका…

विश्वकप फुटबल: साविक विजेता फ्रान्स सेमिफाइनलमा

साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई हराउँदै फ्रान्सले सेमिफाइनलमा प्रवेश गरेको हो। कतारको अल वयात रंगशालामा शनिबार राति भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। फ्रान्सका लागि अउरेलियन चुआमेनी र ओलिभर जिरुडले गोल गरे। इंग्ल्यान्डका लागि ह्यारी केनले गोल गरे। खेलको…