Hero News »

‘जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई नागरिकता दिने’ पत्र कार्यान्वयन नगर्न गृह मन्त्रालयलाई सर्वोच्च अदालतको अर्को अन्तरिम आदेश

पोखरा । सर्वोच्च अदालतले ‘जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई नागरिकता दिने पत्र कार्यान्वयन नगर्न गृह मन्त्रालयलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजालसले गृह मन्त्रालयले ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने पत्रको कार्यान्वयन नगर्न आदेश दिएको…

‘आर्थिक समृद्धि उन्मुख बजेट निर्माण गर्न र सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय आवश्यक छ’ डा. बाबुराम भट्टराईको सुझाव

पोखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक समृद्धि उन्मुख बजेट निर्माण गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको अर्थ समितिका सदस्यसमेत रहेका डा. भट्टराईले सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय गर्न आवश्यक रहेको सुझाव दिए । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभा अर्थ समितिको बैठकमा डा. भट्टराईको सुझाव थियो, ‘राजनीतिक रुपमा भन्दा आर्थिक समृद्धि उन्मुख बजेट…

काँग्रेस महामन्त्री खड्काले पोखरामा भने, ‘कुँडिएका काँग्रेसी मनहरुलाई जागरण अभियानमार्फत माझिनेछ’

पोखरा । काँग्रेस महामन्त्री खड्काले काँग्रेसहरुलाई कुँडिएका काँग्रेसी मनहरुलाई जागरण अभियानमार्फत माझ्नका लागि राष्ट्रिय अभियान शुरु गरिएको बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारबाट मुलुकभर एकसाथ शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेशको नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ कार्यक्रमअन्तरगत पोखरामा बोल्दै महामन्त्री खड्काले भने, ‘कुँडिएका काँग्रेसी मनहरुलाई अभियानमार्फत माझिनेछ ।’ खड्काले कुँडिएको काँग्रेसी मनहरुलाई एकता गराउने…

सचेतक शान्ता चौधरीको संसदमा आक्रोस, ‘जनताको जीवन बदल्ने सपना देख्न पाउँदैनस्, खबरदार ! भनेर औंला उठाउँछ, मेरो देशको प्रतिपक्ष’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले सोमबार सरकारको आर्थिक वर्ष ०७६/०७७ नीति तथा कार्यक्रममाथि भाग लिदैं प्रतिपक्ष काँग्रेसमाथि आक्रोस पोखिन् । नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको सचेतक चौधरीको भनाई थियो । ‘लोककल्याणकारी राज्य व्यवस्था स्थापनाका लागि योगदान पुर्याउने गरी नीति तथा कार्यक्रम ल्याइएको छ,’ चौधरीले थपिन्, ‘समृद्ध नेपाल, सुखी नेपाली…

रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४१ पुग्यो

मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन् । रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् । रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयले ६ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये ३ जनाको अवस्था…

अति लोपोन्मुख जाति कुसुण्डा बालिका सीमान्तको शिक्षा/स्वास्थ्य सहयोग अभियान घोषणा

दमौली । अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा गरिएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो । साभ नेपालका अध्यक्ष तुलसी…

सरकारले अव्यवहारिक कार्यक्रमहरु अघि सारेर सपना बाँड्न खोजेको काँग्रेस सभापति देउवाको आरोप

पोखरा । सरकारले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले अव्यवहारिक कार्यक्रमहरू अघि सारेर सपना बाँड्न खोजेको आरोप लगाएका छन्। आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस पनि अहिले लिन खोजेको…

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय महाअभियानसँगै दलित मुक्तिको आन्दोलनलाई जोड्नुपर्छ : मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रको महाअभियानसँगै दलित मुक्तिको आन्दोलनलाई जोड्पर्ने बताएका छन् । राष्ट्रको समृद्धि र विकासको लक्ष प्राप्तिसँगै उत्पीडनमा परेका वर्गहरुले समेत मुक्ति पाउने मन्त्री विश्वकर्माको भनाई थियो । भिमबहादुर बि.क. ‘क्षितिज’ द्धारा लिखित ‘दलित उत्पीडन पहिचान र समाधान’ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले भने, ‘दलित…

व्यबस्था र प्रणाली नबुझेकाहरुले राष्ट्रपतिलाई होच्याए : प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था र प्रणाली नबुझेकाहरुले राष्ट्रपतिलाई होच्याएको बताएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आव २०७६/०७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफलमा उठेका जिज्ञासा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘राष्ट्रपतिले सरकारको…

नीति तथा कार्यक्रमलाई समर्थन गर्दै सुझाव दिन प्रधानमन्त्री ओलीद्धारा नेकपा सांसदहरुलाई निर्देशन

पोखरा । सरकारको स्पष्ट गन्तव्यसहित राष्ट्रपति विद्या भण्डारीद्धारा शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रमलाई समर्थन गर्दै सुझाव दिन प्रधानमन्त्री ओलीले नेकपा सांसदहरुलाई निर्देशन दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेकोे पार्टी संसदीय दलको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले पार्टीभित्रको छलफल र सबै मन्त्रालयको सुझाव र तथ्यांकका आधारमा स्पष्ट गन्तव्यसहितको अर्थपूर्ण…