समाचार »

पोखरामा दोस्रो संस्करणको ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सुरु

पोखरामा दोस्रो संस्करणको ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सुरु भएको छ। आज (सोमबार) बाट सुरु ‘दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१’ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हो। मेलाले सीप भएर पनि बेरोजगार भएका युवा र दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच समन्वय गर्न सुरु गरेको छ। गण्डकी…

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघ तथा क्लबको प्रतिवद्धता

आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सघाउन गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन्। अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ। सोमबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदेश खेलकुद परिषद गण्डकीको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्। सहभागीले राज्यले गर्नुपर्ने…

पोखरा महानगर खेलकुदले विविध खेलकुदसँगै मार्शल आर्ट महोत्सव गर्दै

पोखरा महानगर खेलकुद विकास समितिले पोखरामा विविध खेलकुद कार्यक्रमसँगै मार्शल आर्ट महोत्सव आयोजना गर्ने भएको छ। समितिले सोमबार एक पत्रकार सम्मेलन आयोजना गरी २०८०÷०८१ को खेलकुद बजेटअनुसार उक्त कार्यक्रम गर्न लागिएको जनाएको हो। मार्शल आर्ट महोत्सवअन्तर्गत मार्शल आर्ट खेलका ८ विभिन्न क्याटागोरी समावेश गरिएको समितिले जनाएको छ। मार्शल आर्ट महोत्सवअन्तर्गत कराँते, तेक्वान्दो, उसु, फुल कन्ट्याक्ट…

‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनु हुँदैन’

नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्य–तथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन्। फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आइतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा बोल्दै तमुले भने, ‘इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै लेखिदैन।’ ‘संस्थापक अध्यक्ष को हुन् ? भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो…

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्यो

गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल क्षेत्रमा आज (आइतबार) बिहान हिउँपहिरो खसेको छ। वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ। सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बाढीले बगाएको समाचार छ। बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन आग्रह गरिएको छ। सामागाउँ प्रहरी चौकीबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा…

कस्केली अधिकृत समाज डहरे देउराली, अन्धाअन्धी दहसम्म पुग्यो

कस्केली अधिकृत समाजले स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ। समाजको वार्षिक कार्यक्रमअनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको हो। डहरे देउराली र अन्धाअन्धी दह धार्मिक आस्था…

गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन्। मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्रीहरु हरिबहादुर चुमान र राजीव गुरुङलाई जिम्मेवारी तोकेका हुन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोकेको…

एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल चौथो

एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा भेटायो। हङकङको जितमा अन्सुमन राथले नटआउट रहँदै ६५ रन, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा दीपेन्द्रसिंह…

ताङतिङको हिमालय मिलन माविमा खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ हुने

कास्कीको पर्यटकिय गाउँ मादी गाउँपालिकाको ताङतिङमा ‘हिमालय खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ हुने भएको छ। स्क्रयाबल क्लबको आयोजनामा उक्त प्रतियोगिता बैशाखको १४ र १५ गते ‘हिमालय खुला स्क्रयावल प्रतियोगिता’को आयोजना गरिएको हो। हिमालय मिलन माविको स्वर्ण महोत्सवको अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा ७० जना खेलाडीहरूको सहभागिता हुने स्क्रयाबल क्लबका अध्यक्ष केशवराज पराजुलीले जानकारी दिएका छन्। अध्यक्ष…

गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विपक्षी दलले बहिष्कार गरेको आज (शुक्रबार)को बैठकमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानको पत्र सुनाएर अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराएका हुन्। यसअघि, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सभा बैठक बहिष्कार गर्ने…