निर्वाचन–२०७९ »

बागलुङ–२ बाट प्रतिनिधिसभामा माओवादीका देवेन्द्र पौडेल विजयी

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल विजयी बनेका छन्। पौडेलले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मञ्जु शर्मालाई ४ हजार ६०१ को फरक मतान्तरले हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका हुन्। वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले २४ हजार ७९४ मत प्राप्त गरे। उता, शर्माले भने…

कास्की–३ को प्रदेशसभा (१) बाट एमालेका गणेशमान निर्वाचित

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (१) बाट एमाले उम्मेदवार गणेशमान गुरुङ निर्वाचित भएका छन्। गुरुङले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुर्गादत्त भण्डारीलाई ४ हजार ८११ को फरक मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मतगणनाको अन्तिम नतिजामा गुरुङले १४ हजार ४७३ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा…

कास्की–२, प्रदेशसभा (१) मा एमालेका भीम कार्की विजयी

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (१) मा एमाले उम्मेदवार भीमबहादुर कार्की विजयी बनेका छन्। उनले १० हजार ५३१ मत ल्याउँदै विजयी बने। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार विजयबहादुर भण्डारीले ५ हजार ८९३ र ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विश्वप्रकाश लामिछानेले ५ हजार ५४० मत ल्याए। कास्कीको क्षेत्र नम्बर २ (१)…

गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका राजेन्द्र बजगाई निर्वाचित

गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका बजगाईले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतमाथि १६ हजार ६४३ को भारी मतान्तरले जित निकाल्दै विजयी बनेका हुन्। मतगणनाको अन्तिम नतिजामा बजगाईले ३३ हजार ४२८ मत प्राप्त गर्दा बस्नेतले १६ हजार…

‘८ दिनभित्र सबै नतिजा आउँछ’, प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ८ दिनभित्र निर्वाचनका सबै नतिजा आउने बताएका छन्। थपलियाले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको छ।’ मंगलवार काठमाडौँ क्षेत्र नम्बर १० को मतगणना स्थलको निरीक्षण गर्दै थापलियाले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा आउने बताए। उनले भने, ‘८ दिनभित्र नतिजा आउने…

निर्वाचनमा मुस्ताङले जन्मायो ३ नयाँ अनुहारहरु

हिमालपारीको जिल्ला मुस्ताङमा नयाँ अनुहारले विजय हासिल गरेका छन्। मंसीर ४ को निर्वाचनमा एउटै मात्र निर्वाचन क्षेत्र भएको मुस्ताङमा नेपाली काँग्रेसका ३ उम्मेदवारले बाजी मारेका छन्। प्रतिनिधिसभाका लागि योगेश गौचन र गण्डकी प्रदेशसभातर्फ नम्डु गुरुङ र विकल शेरचनले जित हासिल गरेका छन्। विजयी ३ जनानै ४० वर्षमुनीका युवाहरु हुन्। प्रतिनिधिसभाका लागि विजयी गौचन २९ वर्षका…

काठमाडौं–४ बाट प्रतिनिधिसभामा गगन थापा विजयी

काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका गगनकुमार थापा विजयी भएका छन्। निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार सो क्षेत्रबाट ४५ हजार ९२९ मत खसेकोमा २१ हजार ३०२ मतसहित गगन विजयी भएका हुन्। थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे। ०७४ मा…

म्याग्दीको प्रदेशसभा (२) बाट माओवादीका रेशमबहादुर जुग्जाली निर्वाचित

म्याग्दी जिल्लाको प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र) का रेशमबहादुर जुग्जाली निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई १०१ को झिनो मतान्तरले हराउँदै रेशमबहादुर गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रेशमबहादुरले ९ हजार ४५४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी यामबहादुरले ९ हजार ३५३…

६० प्रतिशत मत खस्यो

आज (मंसीर ४, आइतबार) देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन भएको छ। आज बिहान ७ देखि साँझ ५ बजेसम्मको निर्धारित समयमा देशभरका मतदाताहरुले मतदान गरेका छन्। निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ। यो पाली केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ। निर्धारित समय सकिएपनि मतदान केन्द्रको हाताभित्र लाइनमा रहेका मतदाताले…

मतदान गर्ने सही तरिका

आज (मंसीर ४ गते, आइतबार) प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुँदैछ। आज बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदान गर्ने सही तारिकाका बारेमा जानकारी गराइसकेको छ। मतदान गर्दा मतपत्र बदर नहोस् भन्नेबारेमा सचेत गराइएको छ। आयोगका अनुसार मतदाताका लागि ४ चरणमा मतदान गर्ने कार्य सम्पन्न हुनेछ।…