कृषि-पर्यटन »

पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सव

पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सवलाई निरन्तरता दिइएको छ। १८ वर्षदेखि निरन्तर पोखराका फरक–फरक क्षेत्रमा असार १५ का अवसरमा पोखरा पर्यटन परिषद्ले गर्दै आएको रोपाइँ महोत्सव यसपटक पोखराको कसेरी फाँटमा गरिएको हो। स्वदेशी, विदेशी तथा स्थानीयको सहभागितामा परिषद्ले रोपाइँ महोत्सव मनाएको हो। पर्यटनको ‘अफसिजन’ मानिने वर्षायाममा पनि विदेशी पाहूनालाई आकर्षित गर्न सुरु गरिएको रोपाइँ कार्यक्रम…

गण्डकी प्रदेशको पर्यटनसम्बन्धी विधेयक पारित

गण्डकी प्रदेशसभाको बैठकले गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ। बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य राजीव पहारी, मनकुमारी गुरुङ र गायत्री गुरुङले भाग लिए। विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा…

पर्यटकको गन्तव्य र बसाई बढाउन महानगर र होटल संघ एकमत

पर्यटकको बसाई अवधि लम्ब्याउन सहकार्य गरेर अगाडि बढ्ने विषयमा पोखरा महानगरपालिका र होटल संघ पोखरा नेपाल एकमत देखिएका छन्। नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र विकास गर्दै पोखरा र वरपरका पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुका लागि महानगर र होटल संघ एक मत देखिएका हुन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वागातार्थ संघले पोखरामा आयोजना गरेको कार्यक्रममा होटल…

होटल संघद्वारा टुर प्याकेज तालिमको आयोजना

होटल संघ पोखरा नेपालको आयोजनामा हालै पोखरामा एक दिने टुर प्याकेज तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। तालिममा पर्यटन क्षेत्र सम्बद्ध तीन दर्जन व्यवसायीको सहभागिता थियो। आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा टेवा पुगोस् भन्ने उद्धेश्यका साथ नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा कार्यक्रम आयोजना गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। सो अवसरमा बोल्दै सुवेदीले…

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो। प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ। त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण…

गण्डकी प्रदेशमा करिब ३६ अर्बको बजेट सार्वजनिक

गण्डकी प्रदेश सरकारले करिब ३६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यस प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज (बुधबार) प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ। यसैगरी, बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय…

८ औं दिनमा जम्मु कस्मिर पुग्यो ‘पोखरेली डुलुवा टोली‘

पोखराको प्रचार–प्रसार गर्दै पश्चिम नेपालसहित भारतका विभिन्न शहरको भ्रमणमा निस्किएको पोखरेली ‘डुलुवा टोली’ भारतको जम्मु कस्मिरमा पुगेको छ। टोलीले त्यहाँ पत्रकार भेटघाट गरि पोखराको पर्यटनबारे जानकारी गराएको छ। टोलीले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ। त्यहाँ विभिन्न समुहहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्दै अगाडी बढेको छ। जम्मुमा रहेका नेपाली समुदायका…

११ औँ पोखरा महोत्सवको तयारी तीब्र

११ औँ संस्करणको पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ। महोत्सव आयोजक युनाइटेड क्लवले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २८ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको तयारी तीब्र परिएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा वोल्दै पोखरा महोत्सव मूल आयोजक समारोहका संयोजक तथा युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको…