शिक्षा-स्वास्थ्य »

तनहुँमा पनि ‘नाइरोबी फ्लाइ’को संक्रमण 

गण्डकी प्रदेशको क्षेत्रमा पनि ‘नाइरोबी फ्लाइ’ संक्रमण देखा परेको छ। गण्डकी प्रदेशको तनहुँ जिल्ला र आसपासका क्षेत्रमा केही दिनदेखि ‘नाइरोबी फ्लाई’ नामक किरा देखिन थाले को हो। स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्रले यसबाट सतर्क रहन आग्रह गरेको छ। ‘नाइरोबी फ्लाइ’ले टोक्दा वा शरीरमा घर्षण हुँदा बिरामीको छालामा दाग, घाउ आउने पोल्ने जस्ता जटिल समस्याहरु देखिन्छन्।…

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

अब, पोखरा आसपास क्षेत्रको किड्नीका विरामीहरुले मिर्गौला प्रत्यारोपण गर्न अन्यत्र जानु नपर्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विहिबार पहिलोे पटक मिर्गौला सफलतापूर्वक गरिएको छ। गण्डकी प्रदेशमै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रतिष्ठानको सहकार्यमा भएको हो। केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा…

जिल्ला अस्पताल स्याङ्जामा ब्लड बैंक स्थापना

स्याङ्जाको पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला अस्पताल स्याङ्जामा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। पुतलीबजार नगरपालिका स्याङ्जाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको पहलमा एक कार्यक्रमबीच जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो। जिल्ला अस्पताल स्याङ्जामा एक कार्यक्रमकाबीच उक्त रक्त सञ्चार केन्द्रको शुभारम्भ गरिएको हो। जिल्ला अस्पतालमा रगतको अभावमा बिरामीहरूले दुःख पाएका भन्ने…

‘उत्कृष्ट’ नारा लेख्नेलाई गृह मन्त्रालयको उत्कृष्ट पुरस्कार

गृह मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६)का अवसरमा उपयुक्त नारा संकलन गर्ने भएको छ । ‘उत्कृष्ट’ नारालाई पुरस्कृत समेत गर्नेछ। एक सूचनामार्फत मन्त्रालयले मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी पठाउन आग्रह गरेको छ। त्यस्तो नारा यही जेठ २५ गतेभित्र मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाको इमेल ठेगाना (मचगन२mयजब।नयख।लउ) मा पठाउन सकिनेछ। मन्त्रालयका अनुसार…

बालमैत्री नगर बन्दै बागलुङ नगरपालिका

बागलुङ नगरपालिका बालमैत्री नगर बन्दैछ। बागलुङलाई बालमैत्री नगर बनाउने अभियान शुरु भएको हो। नगरपालिकाका १ सय ३ वटै बिद्यालयलाई बालमैत्री बनाउने अभियान चलेको हो । नगरपालिकाको निर्वाचनपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने पहिलो निर्णय गरेका हुन्। निर्णयपछि नगरपालिकाभरका प्रअहरुको बैठक तथा अन्तरक्रियामा सोही प्रकृतिका काम गर्न श्रेष्ठले निर्देशन समेत दिएका छन्। नगरपालिकाले बिद्यालय क्षेत्र…

आजदेखि  फ्रन्टलाइनरलाई बुस्टर डोजको खोप

सरकारले अग्रपंक्तिमा खटिने (फ्रन्टलाइनर)हरूलाई आज –आइतबार) देखि कोरोना भाइरस कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप दिदैँछ। स्वास्थ्यकर्मी, कर्मचारी, सबै सुरक्षाकर्मी, संचारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूलाई सरकारले बुस्टर डोज खोप दिदैँछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई…

भारतमा भेटियो ओमिक्रोनबाट २१३ जना संक्रमित

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको ओमिक्रोनबाट २१३ जना संक्रमित भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ओमिक्रोन संक्रमित हुनेमा सबैभन्दा धेरै दिल्लीमा छन्। दिल्लीका ५७ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारी दिएको छ। दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना संक्रमित भएको अधिकारीहरुले जनाएका छन्। यस्तै, कर्नाटकमा १९, राजस्थानमा १८, केरलमा १५, गुजरातमा १४,…

हेम्जाका विश्वासराज एमफील टपर

पोखराका विश्वासराज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट भएका छन्। व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एमफिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सर्वोत्कृष्ट भएका हुन्। काठमाण्डौमा सोमवार सम्पन्न त्रिविको ४७ औँ दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट पौडेल विभुषित समेत भए। दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका…

नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) भर्चुअल प्रेस मिट गर्दै नेपालमा पनि २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो। ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एक जना ७१ वर्षीय व्यक्तिमा…

भारतमा कोभिड महामारीको तेस्रो वेभको खतरा

भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ। भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो। सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो। भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भी के पाउलले सो चेतावनी दिएको समाचार संस्था सिन्ह्वामा जनाइएको…