गण्डकी प्रदेश »

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्यो

गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल क्षेत्रमा आज (आइतबार) बिहान हिउँपहिरो खसेको छ। वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ। सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बाढीले बगाएको समाचार छ। बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन आग्रह गरिएको छ। सामागाउँ प्रहरी चौकीबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा…

कस्केली अधिकृत समाज डहरे देउराली, अन्धाअन्धी दहसम्म पुग्यो

कस्केली अधिकृत समाजले स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ। समाजको वार्षिक कार्यक्रमअनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको हो। डहरे देउराली र अन्धाअन्धी दह धार्मिक आस्था…

गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन्। मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्रीहरु हरिबहादुर चुमान र राजीव गुरुङलाई जिम्मेवारी तोकेका हुन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोकेको…

गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विपक्षी दलले बहिष्कार गरेको आज (शुक्रबार)को बैठकमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानको पत्र सुनाएर अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराएका हुन्। यसअघि, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सभा बैठक बहिष्कार गर्ने…

म्याग्दीको कालीपुलस्थित पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्डको माग

म्याग्दी उद्योग वाणिज्य संघले कालीपुल बसपार्कमा पुनःसञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्ड स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग माग गरेको छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङको टोलीलाई म्याग्दी आएको क्रममा संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतका पदाधीकारीहरुको टोलीले मागपत्र बुझाएको हो। सचिव गुरुङ, उपसचिव रामप्रसाद आचार्य, योजना अधिकृत विमल गौतमलगायतले…

पोखरामा बैशाख १० गतेदेखि दोस्रो पटक वृत्ति परामर्श तथा रोजगार मेला हुँदै

पोखरामा दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१ हुने भएको छ। गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयको आयोजनामा यही बैशाख १० गतेबाट पोखराको सभागृहमा मेला हुन लागेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विद्यार्थी र सरोकारवालालाई जानकारी दिन, बेरोजगारहरुका लाग रोजगारी प्रदान गर्न र रोजगारदाता संघसंस्थाहरुका लागि दक्ष जनशक्ति प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको पोखरामा…

गण्डकीका मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित २ विभागीय मन्त्रीले शपथ लिएका छन्। मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन्। एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’को समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका हुन्। अधिकारीले मुख्यमन्त्रीको शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता…

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

खगराज अधिकारी गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेशस्थित नेकपा (एमाले) का संसदीय दलका नेता अधिकारीले आइतबार मात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यसपछि, प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न भन्दै…

गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वान

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई ७ दिनको समय दिएका छन्। प्रदेश प्रमुख भट्टले २७ चैतभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमतसहित प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन्। सो दिन दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री…

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाउनुभएको हो । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनपर्ने भएपनि पाण्डेले त्यसो…