जिल्लाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सार्वजनिक कार्यक्रमहरुमा खादा र प्लास्टिकजन्य सामाग्री प्रयोग गर्न बन्देज गरेको छ। पालिकाले पालिकाभित्रका हुने सवै सार्वजनिक कार्यक्रमहरुमा बाहिरबाट आयात गरेर ल्याइने खादा र प्लास्टिकजन्य बस्तु प्रयोगमा भोली (आइतबार) देखि बन्देज लगाएको हो। गाउँपालिका अध्यक्ष दीपक देवकोटाकाअनुसार ‘स्थानीय रुपमा कृषकहरुले उत्पादन गरेका फूलको प्रयोगमा जोडदिन बाहिरबाट हुने आयातलाई रोक्न निर्णय गरेको हो।…
आज (शनिबार) गोरखा जिल्लाको अधिकाशं स्थानमा बिद्युत अबरुद्व हुने भएको छ। नेपाल बिद्युत प्राधिकरण, तनहुँ बितरण केन्द्र दमौलीले हिँजो (शुक्रबार) एक सूचना जारी गर्दै गोरखा बितरण केन्द्रबाट सप्लाई हुने स्थानमा बिहान बिद्युत अबरुद्व हुने जनाएको छ। जारी सूचनामा तनहुँको मार्किचोक–आँबुखैरेनी ३३ केभी लाईनको केही पोलहरु ढल्ने अवस्थामा पुगेको र तत्काल मर्मत गनुपर्ने देखिएको भन्दै बिद्युत…
मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ। कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो। बाढीले विद्यालयको खेल मैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको हो। साउनको २८ गते आएको बाढीले जनशान्ति मावि, वडा…
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको भ्रष्टाचारबिरुद्धको अभियानमा निर्दोष नफस्ने र दोषी उम्कन नसक्ने दाबी गरेका छन्। गृह जिल्ला गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको आज (शक्रबार) उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले बर्तमान सरकार रहुन्जेलसम्म भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने समेत जिकिर गरे। गृहमन्त्रीसमेत रहेका श्रेष्ठ भने, ‘कोही निर्देष फस्ने काम हुदैन।…
गोरखा जिल्लाको आठौं जिल्ला सभाले ‘एक स्थानीय तह, एक प्रमुख उत्पादन’ को अवधारणलाई कार्यन्वयन गरी जिल्लालाई आर्थिक रुपमा स्वावलम्वी वनाउन थप टेवा पुर्याउने निर्णय गरेको छ। कृषि क्षेत्र दिनानुदिन समस्याग्रस्त हुदै गएको उत्पादक वृद्धि तर्फ लाग्नुपर्ने र जनशक्ति विदेश पलायन हुने जोखिम वढ्दै गएकाले कृषि पेशातर्फको आकर्षणलाई थप टेवा पुर्याउन कृषि वीमा कार्यक्रलाई प्रभावकारी ढंगले…
जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेको छ। आँखा पाक्ने रोग लागेका बेला नागरिकता, राहदानीलगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाई पनि सर्ने भएकाले रोग निको नभएसम्म सेवा लिन नआउन भनिएको हो। प्रशासनले जिल्लाका स्थानीय तहहरुलाई समेत सूचना गर्न भनेको छ। प्रशासकीय अधिकृत दिनेश शर्माले सार्वजनिक सूचनामार्फत आँखा पाक्ने…
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा संचालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) पुरस्कृत भएका छन्। फोनिजको २४ औं स्थापना दिवसको अवसरमा आज (शनिबार) पत्रकार तमु र थकालीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित नगद २५ हजार रुपैयाँ…
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ जिल्लाको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा सडक भासिँदा एकतर्फी मात्रै सडक संचालन भएको छ। उक्त स्थानमा मंगलबार करिब साढे ११ बजे सडक भासिँदा सडक अवरुद्ध भएको हो। सडक भासिँदा साना सवारी साधन र एम्बुलेन्स एकतर्फी मात्रै संचालन भएको छ। मुग्लिङ–पोखरा सडक बिस्तारको क्रममा सडकको दुवैतर्फ खनिएको स्थानमा खाल्डो परेको र अविरल वर्षाका…
तनहुँको भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरुले दवावमूलक शान्तिपूर्ण आन्दोलन गरेका छन्। मुआब्जा तोकेको २ वर्ष हुँदासम्म पनि उनीहरुले मुआब्जावापतको रकम नपाउँदा उनीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनस्वरुप उनीहरुले आज (मंगलबार) छिर्कनस्थित कार्यालयमा धर्ना कसे। कर्मचारीहरुलाई भित्रै राखेर कार्यालय समयभर कार्यालयमै ताला लगाइदिए। उनीहरुले उद्यानपार्क कार्यालयमा आफ्ना मागपत्र समेत बुझाए। उक्त क्षेत्रका १ सय ४२ घरधुरीका ९…
गण्डकी प्रदेशका विभिन्न जिल्ला खेलकुद खेलकुद विकास समितिहरुले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित एक कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाहरुमा भएका गतिविधिहरुबारे समेत समीक्षा गरिएको हो। आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरणसँगै चालू आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रमबारे छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका…