गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका बजगाईले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतमाथि १६ हजार ६४३ को भारी मतान्तरले जित निकाल्दै विजयी बनेका हुन्। मतगणनाको अन्तिम नतिजामा बजगाईले ३३ हजार ४२८ मत प्राप्त गर्दा बस्नेतले १६ हजार…
हिमालपारीको जिल्ला मुस्ताङमा नयाँ अनुहारले विजय हासिल गरेका छन्। मंसीर ४ को निर्वाचनमा एउटै मात्र निर्वाचन क्षेत्र भएको मुस्ताङमा नेपाली काँग्रेसका ३ उम्मेदवारले बाजी मारेका छन्। प्रतिनिधिसभाका लागि योगेश गौचन र गण्डकी प्रदेशसभातर्फ नम्डु गुरुङ र विकल शेरचनले जित हासिल गरेका छन्। विजयी ३ जनानै ४० वर्षमुनीका युवाहरु हुन्। प्रतिनिधिसभाका लागि विजयी गौचन २९ वर्षका…
म्याग्दी जिल्लाको प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र) का रेशमबहादुर जुग्जाली निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई १०१ को झिनो मतान्तरले हराउँदै रेशमबहादुर गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रेशमबहादुरले ९ हजार ४५४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी यामबहादुरले ९ हजार ३५३…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनका लागि प्रदेशवासीमा अपील गरेका छन्। प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन २०७९ का सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा…
गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले काँग्रेसमा बसेर राजनीति गर्ने बताएका छन्। गत मंगलबार बर्खास्तीमा परेका खड्काले आज (बिहीबार) पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताए। बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह नगरेको बताउँदै उनले संचारमाध्यमबाट जानकारी पाएको स्पष्ट पारे। टिकट नपाएकै…
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खड्कालाई बर्खास्त गरेका हुन्। खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैले सम्हाल्ने गरी हटाएका हुन्। खड्काले गठबन्धनका कास्की –२ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ। खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवारविरुद्ध भोट…
बर्खामा हिलो र हिउँदमा धुलो हुने मोटरबाटो हेरेर रुपा गाउँपालिका–३ टाकन्जाका भरत छिमालले आफ्नो आधा जीवन बिताए । बाटोकै कारण पोखरा आउँजाउँ गर्न कठिन थियो । हम्मेसी गाडी चल्दैनथ्यो । कास्की जिल्लामै भए पनि मोटरबाटोकै कारण विकट मानिने टाकन्जामा ‘रुपा रिङरोड’को योजना पुग्यो । रिङरोड निर्माणपछि रुपाको रुप फेरियो । गण्डकी प्रदेश सरकारले ल्याएको ‘एक…
तनहुँको म्याग्दे गाउँपालिकाले ८ सय बढी ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको छ। गाउँपालिका कार्यालयले असोज १ देखि थालेको एकीकृत घुम्ती शिविरमार्फत ८ सय २५ जनालाई उक्त परिचय पत्र वितरण गरेको हो। त्यसैगरी, शिविरबाट १० जना अपाङ्गता भएकालाई अपाङ्गता परिपचपत्र वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। वडासम्म गएर सेवा लिन…
इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। जमजुङ प्रशासनले सार्वजनिक सूचना जारी गर्दै ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो। हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता हुनेछन्। हातहतियार…
गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिएको छ। प्रदेशको आन्तरिक मामिला मन्त्रालयअनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदासम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो। गण्डकी प्रदेशका सरकारी कार्यालय,…