गण्डकी प्रदेश »

नवौं राष्ट्रिय खेलकुद : गण्डकीबाट तेक्वान्दोमा कास्की टिम च्याम्पियन

गण्डकी प्रदेशस्तरिय तेक्वान्दो ग्योरोगीतर्फ कास्की टिम च्याम्पियन भएको छ। पोखरामा शनिबार सम्पन्न तेक्वान्दो पुम्सेतर्फ टिम च्याम्पियन र ग्योरोगीतर्फ उपविजेता हुँदै कास्की टिम च्याम्पियन भएको हो। ग्यारोगीतर्फ पुरुषका ८ वटा विभिन्नमध्ये ५४ केजी मुनी तौलमा तनहुँका संगम परियारले स्वर्ण, म्याग्दीका दिपेश पुर्जाले रजत, गोरखाका अमृत विश्वकर्मा र बागलुङका महेन्द्र विकले कास्य पदक प्राप्त गरे। ५८ केजी…

फुल कन्ट्याक्ट कराँतेमा गण्डकीबाट १२ खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते छनोट प्रतियोगितामार्फत पुरुषतर्फ ७ र महिला तर्फ ५ जना गरी १२ खेलाडी छनोट भएका छन्। छनौट हुने खेलाडीहरूमा पुरूष कुमुतेको ४० के.जी. तौल समुहमा क्योकुशिन कान कराँते संघ कास्कीका अभिषेक तामाङ, ४५ के.जी.मा क्योकुशिन कान कराँते संघ बागलुङका नारायण बि.क., ५० के.जी.मा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ…

बुद्धिचाल प्रतियोगिताको छनोटमा पूजा र सविन प्रथम

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन्। कूल ५ राउण्डमध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कूल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन्। यसैगरी, कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय बने। उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा…

लमजुङमा १ वर्षमा ४७१ जनाले पाए रोजगारी

कोरोना महामारीले गर्दा बेरोजगार बन्न पुगेका युवायुवतीलाई लक्षित हुने गरी घरेलु तथा साना उद्योग कार्यालयले लमजुङका बेरोजगार युवायुवतीलाई सिप प्रदान गरेको छ। कार्यालयले जिल्लाका ८ वटै स्थानीय तहका बेरोजगार युवायुवतीलाई विशेष प्राथमिकता दिँदै विभिन्न तालिम प्रदान गरेको हो। जसअन्तर्गत १ महिने ड्राइभिङ तालिम सात दिने, अचार बनाउने तालिम, १५ दिने गुडिया बनाउने तालिम, यसै तीन…

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विद्येयकप्रति आपत्ति

नेपाल भेटेरिनरी एशोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विद्येयक संशोधनका लागि पटक पटक राखेको जायज मागहरुलाई सम्बोधन नगरी बिद्येयक पारित गरिएकोप्रति आपत्ती जनाएको छ। श्रावण ३१ गते प्रतिनिधि सभामा धेरै सतापक्ष तथा प्रतिपक्ष दलका माननीयहरुले राखेका सुझावहरुलाई समेत बेवास्ता गरी विद्येयक पारित गरेको जनाइएको छ। एशोसिएसनका अध्यक्ष डा. केदार राज पाण्डे र सचिव डा…

हरितालिका तीजमा तनहुँका ३ स्थानीय पालिकामा सार्वजनिक बिदा

हरितालिका तीज पर्वको अवसरमा तनहुँका ३ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले हरितालिका तीज पर्वको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। व्यास नगरपालिका तथा नगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र अन्य संघसंस्थामा भदौ ७ गतेको बैठकको निर्णयअनुसार…

विद्यार्थी बेहोस हुन थालेपछि ३ दिन विद्यालय बन्द

बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि ३ दिनका लागि विद्यालय बन्द गरिएको छ। बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थाले पछि ३ दिनका लागि विद्यालय बन्द गरिएको हो। प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्य गरी बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु…

गण्डकी प्रदेश लोक सेवा आयोगले स्वास्थ्यको ११ र ९ औं तहमा ४६ जनालाई विज्ञापन खुलायो

गण्डकी प्रदेशको लोकसेवा आयोगले स्वास्थ्यका २ वटा तहमा ४६ जनालाई विज्ञापन खुलाएको छ। आयोगले गण्डकी प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य समूहका ११ र ९ औं तहमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो। प्रदेश लोक सेवा आयोगको सूचना अनुसार एघारौं तहमा ७ जना र नवौं तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको…

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज (बुधबार) राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिएका छन्।   हेर्नुहोस, प्रदेश प्रमुखको विज्ञप्ति

नवौँ राष्ट्रिय खेलकुदलाई गण्डकी प्रदेश सरकारले साढे ३ करोडको बजेट छुट्टायो

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले ३ करोड ४६ लाख रुपैयाँ दिने भएको छ। प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट लगायतका लागि अर्थमन्त्रालयले बजेट उपलव्ध गराएको हो। प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताएका छन्। खेलकुद…