गण्डकी प्रदेश »

राष्ट्रपति भण्डारी पोखराको ट्होटे पर्वमा सरिक

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा आयोजित तमु जातिको ट्होटे पर्वमा सरिक भइन्। तमु महिलाले लगाउने घलेक पहिरिएकी राष्ट्रपति भण्डारी ट्होटे पर्वकी आकर्षणकी केन्द्र बनेकी थिइन्। ट्होटे पर्व विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समाजबाट सबैखाले कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपनलाई अन्त्य गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘यस्तो राम्रो परम्परा र चलनलाई अब हामीले भूत, रोगव्याधी र…

अन्तराष्ट्रिय आदिवासी दिवस : पोखरा विशेष (फोटो फिचरसहित)

आज अगष्ट ९ तारिक अर्थात २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस। आजको दिन नेपाल लगायत विश्वभर आदिवासी दिवस मनाइन्छ। हरेक वर्ष अगष्ट ९ तारिकका दिन यो दिवस मनाइँदै आएको छ । वर्ष सन् २०२२ को अन्तर्राष्ट्रिय आदिवासी दिवसका लागि ‘The Role of Indigenous Women in the Preservation and Transmission of Traditional Knowledge’ अर्थात ‘परम्परागत ज्ञान र…

आमसञ्चार विधेयक पत्रकारमैत्री हुन्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन्। नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नरहेको बताए। मुख्यमन्त्री पोखरेलले संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक सञ्जालमा गरिने केही टिकाटिप्पणी…

बैकिङ कसूर मुद्दा लागेकी दिक्षा निगालो घारीबाट पक्राउ

बैकिङ कसूर मुद्दामा बागलुङ ताराखोलाकी दिक्षा पुनलाई कास्कीबाट पक्राउ गरिएको छ। जिल्ला बागलुङ ताराखोला गाउँपालिका वडा नं. १ स्थायी घर भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ मिरुवा बस्ने वर्ष २७ की दिक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो। दिक्षाको खोजी तलासीमा रहेका प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बीरेठाँटीस्थित निगालो घारीमा लुकेर बसेको अवस्थामा शनिबार पक्राउ…

पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्नेमा जोड दिएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा आज (शुत्रबार) प्रदेश प्रमुख गुरुङले यस्तो बताएका हुन्। उनले भने, ‘जहाँ स्वतन्त्रता हुँदैन, त्यहाँ पत्रकारिताले स्वतन्त्रता…

संगम र प्रगतिशील लेखक संघले सम्झ्यो साहित्यकार खनाललाई

पोखरामा शनिबार साहित्यकार, शिक्षासेवी स्व. कुलप्रसाद खनालको सम्झना गरिएको छ। संगम र प्रगतिशील लेखक संघ कास्कीले एक कार्यक्रम गरी खनालको सम्झना गरेका हुन्। गत साउन ४ गते खनालको निधन भएको थियो। पृथ्वीनारायण क्याम्पस पोखरामा नेपाली भाषा विभागको प्रमुख रही नेपाली भाषा र साहित्यमा लामो समयसम्म सेवा गरेका खनाल दम, प्रोस्टेड र उच्च रक्तचापका बिरामी थिए।…

बागलुङ कारागारमा पुस्तकालय स्थापना

जिल्ला कारागार बागलुङमा पुस्तकालय स्थापना गरिएको छ। अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा ‘कारागारमा पुस्तकालय’ स्थापना गरिएको हो। सो पुस्तकालयको गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गरे । उनले कैदीबन्दीको ज्ञान, सीपको विकास र मानसिकता स्वस्थ तथा परिवर्तनका लागि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गरे । राज्यले कैदीबन्दीलाई दिनुपर्ने सुविधा सामाजिक…

गण्डकी प्रदेशसभाको विशेष समयमा कसले के बोले ?

गण्डकी प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै सदस्य रोशनबहादुर गाहा थापाले नवपरासीको बर्दाघाट सुस्ता पूर्वमा केही समययता नारायणी, लौकाहा, अरुण, विनय लगायतका खोलाका कारण पानीको बहाव बढेर खेत कटान गरेको औंल्याए। कटानका कारण भएको खेती र जमिन बचाउँदै पीडितलाई क्षतिपूर्ति र राहत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। अर्का सदस्य आशा कोइरालाले तनहुँको दक्षिण पश्चिम ढोरबाराही मार्ग…

गण्डकी प्रदेशको पर्यटनसम्बन्धी विधेयक पारित

गण्डकी प्रदेशसभाको बैठकले गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ। बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य राजीव पहारी, मनकुमारी गुरुङ र गायत्री गुरुङले भाग लिए। विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा…

गण्डकी प्रदेशसभाको चौथो संशोधन नियमावली बहुमतले पारित

गण्डकी प्रदेशसभाको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ। बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो। चौथो संशोधन मस्यौदामाथिको छलफलमा सदस्य सरिता गुरुङ, विनोद केसी, पियारी थापा, धनमाया पोखरेल लामा र राजीव पहारीले बोलेका थिए। बैठकको…