यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उत्तीर्ण (प्रतिशत) का आधारमा ७ प्रदेशहरुमध्ये गण्डकी प्रदेश छैठौं स्थानमा छ। गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थीले यस वर्षको एसईई परीक्षा उत्तीर्ण गरेका छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो। सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा १ लाख ७ हजार ४२५ जना…
गण्डकी प्रदेशको राजधानी पोखरा लगायत प्रदेश मातहतको विभिन्न जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। आगामी असोजको २८ देखि कात्तिकको ३ गतेसम्म गण्डकी प्रदेशको पोखरा लगायत प्रदेश मातहतका विभिन्न जिल्लामा हुने प्रतियोगिताका खेलाडीहरुले ३६ खेलमा प्रतिस्पर्धा गर्नेछन्। प्रदेश अन्तर्गत कुन खेल कहाँ आयोजना गर्नेबारे समेत टुंगो लगाएको आयोजक राखेपले जनाएको छ। फुटबल (पुरुष), ह्याण्डबल (महिला/पुरुष), एथ्लेटिक्स…
नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी थालेको छ। यसै क्रममा परिषदको सोमबार सकिएको पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा संचालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको हो। बैठकले खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन,…
लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन्। जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष २०७८/०७९ को असारमसान्त सम्ममा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन्। राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको…
पर्वत जिल्लामा संचालन हुने जीप तथा बसले यात्रुबाट मनलाग्दी भाडा असुल गरेको गुनासो आएपछि सरोकारवालाबीचको छलफलमा नयाँ भाडादर कायम गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतमा सरोकारवालाबीचको बैठकले नयाँ भाडादर कायम गरेको हो। यात्रुलाई सवारी धनीले मनपरी भाडा लिएको गुनासो धेरै आएपछि सहमतिमा भाडादर कायम गरिएको हो। नयाँ कायम भएको भाडादर अनुसार पर्वत जिल्लाको कच्ची सडकमा…
सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो। आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका– १, २ र ३ का…
पोखरा रंगशालाभित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ। एक समारोह बिच उक्त मिडिया सेन्टरको संचालन र व्यवस्थापनको लागि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको हो। मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्र एवं संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बीपी कोइरालाका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएको बताएका छन्। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली काँग्रेसका संस्थापक जननायक बीपी कोइरालाको ४० औं स्मृति दिवस (साउन ६) का सन्दर्भमा वक्तव्य जारी गर्दै उनले राष्ट्रियताको सवालमा बीपीले लिएको राष्ट्रिय मेलमिलाप…
साहित्यकार एवं गण्डकी साहित्य संगमका संस्थापक अध्यक्ष कुलप्रसाद खनालको निधनप्रति संगमले दु:ख व्यक्त गरेको छ। संगमले आज (बिहीबार) शोक विज्ञप्ति जारी गर्दै संगमका संस्थापक अध्यक्ष एवं प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय सदस्य खनालको बुधबार भएको असामयिक निधनप्रति दु:ख व्यक्त गरेको हो। संगमले स्व. खनालप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजन्प्रति समवेदना प्रकट गरेको छ।…
साहित्यकार कुलप्रसाद खनालको ८० वर्षमा निधन भएको छ। गण्डकी साहित्य संगमका संस्थापक अध्यक्ष समेत रहेका खनालको काठमाण्डौं सिनामंगलस्थित काठमाण्डौं मेडिकल कलेजमा आज (बुधबार) बिहान निधन भएको हो। काठमाण्डौं मेडिकल कलेजको आइसीयु कक्षमा उपचारको क्रममा खनालको निधन भएको हो। स्व. खनाललाई १२ दिनअघि मेडिकल कलेजमा भर्ना गरिएको धर्मपत्नी लक्ष्मी खनालले जनसम्मतलाई जानकारी दिइन्। परिवार श्रोतका अनुसार…