गण्डकी प्रदेश »

नवलपुर (पूर्व) मा मतदाता नामावली दर्ता गर्नेको संख्यामा बृद्धि

जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढेको छ। कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको संख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय नवलपरासी (पूर्व) का अनुसार असारमा मात्रै जिल्लामा ५ हजार २२२ नयाँ मतदाता थपिएका छन्। यस अवधिमा २ हजार ६५८ महिला र २ हजार ५६४ पुरुष…

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १४ उपसमितिहरु गठन

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषदले विभिन्न उपसमितिहरु गठन गरेको छ। आगामी असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने प्रतियोगिताका लागि राखेपले १२ वटा विषयगत उपसमितिहरु गठन गरेको हो। विविध १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका…

व्यासगुफाका पिठाधीश दामोदरबाबाले अखण्ड संकीर्तन गर्दै

पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को संगमस्थल मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा अखण्ड हरिनाम संकीर्तन सुरु गरिएको छ। एक महिने अखण्ड हरिनाम संकीर्तनमा तेस्रो दिन तनहुँ व्यासगुफाका पिठाधीश दामोदर बाबा सहभागी बनेका छन्। ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको संगमस्थलमा रहेको यस तीर्थस्थलमा यही साउन १ गतेदेखि महिनाभर लोक कल्याणको…

कास्कीसहित ८ जिल्लामा अनलाइनबाटै मतदाता नामावली फारम

निर्वाचन आयोगले कास्कीसहित ८ जिल्लाबाट अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था मिलाएको छ। कास्की, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ। अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (कास्की, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा…

नेपालमै उत्कृष्ट, गण्डकी प्रदेशमै नं १ विन्ध्यवासिनी मावि

पोखराको बाटुलचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र परेको छ। साथै, गण्डकीमै विन्ध्यवासिनी एकमात्र परेकोमा बाँकी ४ सामुदायिक मावि अन्य प्रदेशका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सर्वेक्षणमा पोखरा–१६ स्थित विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ विद्यालयभित्र परेको हो ।  आर्थिक वर्ष २०७३/०७४ देखि चालु आव २०७८/०७९ सम्म ५…

सामाजिक बिकास कार्यालय गोरखाको प्रगति ७० प्रतिशत

सामाजिक बिकास कार्यालय गोरखाले आर्थिक वर्ष २०७८/७९ मा ७० प्रतिशत प्रगति हासिल गरेको छ। कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा कार्यालय प्रमुख दीपेन्द्र परियारले चालु वर्ष  पुँजीगततर्फ ८२ र चालुतर्फ ४७ प्रतिशत प्रगति भएको जनाए। २०७८ असोजमा गोरखामा सामाजिक बिकास कार्यालय स्थापना भएको हो। उक्त कार्यालयले चालु वर्ष ३६ वटा योजनामध्ये ३४ वटा पूरा गरेको…

स्याङ्जा गल्याङका पूर्वमेयर अधिकारीलाई एमालेले गर्‍यो कारबाही

स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई एमालेले अनुशासनको कारबाही गरेको छ। गएको पालिका चुनावमा आफ्नै पार्टीका उमेद्वारलाई अन्तर्घात गरेको आरोपमा अधिकारीलाई कारबाही गरेको हो। अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको एमाले स्याङ्जाले जनाएको छ। एमाले स्याङ्जाका अनुसार २ पटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पार्टीले कारबाही…

बजेटमाथि मुख्यमन्त्री पोखरेलको जवाफ

गण्डकी प्रदेश सरकारको बजेटमा आफन्त तथा परिवारलाई समेटेको विषयमा चर्को आलोचना भएपछि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले संसद्मा जवाफ दिएका छन् । मुख्यमन्त्री पोखरेलले सभामुखसँग विशेष समय मागेर ‘बजेट कुनै व्यक्ति र परिवारले दिएको दान उपदान नभएको’ प्रस्ट पारे। मुख्यमन्त्रीले ट्रस्ट वा प्रतिष्ठानका नाममा छुट्ट्याइएको बजेटलाई प्रदेशको प्राथमिकताका आधारमा खर्च गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी समेत…

गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित

गण्डकी प्रदेश सरकारको बजेट पारित गरिएको छ। बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पारित गरेको हो। सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो। असार १ को बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेको थिएन। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ…

सन्दर्भ भानु जयन्ती : ‘भानुकै सम्झनामा’ एउटा कविता

आचार्ये थरका धनाढ्य घरका, सपन्नताका धनी। खोज्दैछन् रस काब्यका कविहरू, श्रष्टा कहाँ छौ भनी।। सा¥है शून्य भयो नि आज चँुदीका, जंघार खोल्सी खोला। हृनद्वै हो कि कतै कि संगी मिलनै, बोकेर हिँड्यौ झोला।। बाँधेथे पटुकी लबेद सुरुवाल, टोपी छ लौ माथमा। तिल्चामल सरिझैं कपाल उनको,रामायण हातमा।। चौताराबीचमा बसेर बटुवा, झोला कसेको थियो। बाजे ढोग गरें…