गण्डकी प्रदेश »

गण्डकी प्रदेशमा आज सार्वजनिक विदा

गण्डकी प्रदेशमा आज (बुधबार) सार्वजनिक विदा छ। प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन आज सार्वजनिक बिदा दिएको हो। तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो। अघिल्लो वर्षको चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय गरेको थियो। वि.सं. १८७१ असार २९…

महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान

गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन्। गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो। त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान…

तनहुँको ऋषिङ गाउँपालिकामा गाउँका १६ जना बुहारीहरुलाई सम्मान

तनहुँको ऋषिङ गाउँपालिकाले गाउँका १६ जना बुहारीहरु सम्मानीत भएका छन्। गाउँ र समाजमा राम्रो आचरण देखाउने बुहारीलाई गाउँपालिकाले सम्मान गरेको हो। गाउँपालिकाको १२ गाउँसभा तथा बजेट सार्वजनिक समारोहमा उनीहरूलाई सम्मान गरेको हो। सत्कर्म गर्न र राम्रो आचरणप्रति प्रोत्साहन गर्न बुहारी सम्मान कार्यक्रम राखिएको जनाइएको छ। गाउँ सभाको अवसरमा ३२ एकल पुरुष र ६४ ज्येष्ठ नागरिकलाई…

लमजुङको बेसीशहर नगरपालिकाको बजेट पारित

लमजुङको बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को लागि ७७ करोड ५३ लाख ३ हजार बराबरको बजेट पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि पारित भएको बजेटमा चालुतर्फ ४१ करोड ९३ लाख र पुँजीगततर्फ ३५ करोड ६ लाख ३ हजार रहेको छ। नगर उपप्रमुख पद्मा गुरुङले प्रस्तुत गरेको बजेटमा आर्थिक विकासतर्फ ६ करोड ९६ लाख ५०…

तनहुँमा पनि ‘नाइरोबी फ्लाइ’को संक्रमण 

गण्डकी प्रदेशको क्षेत्रमा पनि ‘नाइरोबी फ्लाइ’ संक्रमण देखा परेको छ। गण्डकी प्रदेशको तनहुँ जिल्ला र आसपासका क्षेत्रमा केही दिनदेखि ‘नाइरोबी फ्लाई’ नामक किरा देखिन थाले को हो। स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्रले यसबाट सतर्क रहन आग्रह गरेको छ। ‘नाइरोबी फ्लाइ’ले टोक्दा वा शरीरमा घर्षण हुँदा बिरामीको छालामा दाग, घाउ आउने पोल्ने जस्ता जटिल समस्याहरु देखिन्छन्।…

निर्धारित मितिमै हुने भो राष्ट्रिय खेलकुद प्रतियोगिता

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने उद्घोष गरिएको छ।  युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्धारित मितिमै राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन्। शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताए। कोभिडका कारण लामो समयदेखि रोकिएको…

बागलुङले जित्यो गण्डकी प्रदेशस्तरीय रनिङ शिल्ड

बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हात पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र…

गण्डकी प्रदेशसभा स्थगित

गण्डकी प्रदेशसभा स्थागित भएको छ। प्रदेश सभामा नेकपा एमालेले अवरोध गरेको हो। बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो। अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ। छलफल बिहीबार नै सुरु हुने भनिए पनि एमालेले अवरोध गर्ने देखेर बैठक सुरु हुनुअगावै सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियो। शुक्रबारको बैठक सुरु…

मादी गाउँपालिकाको बजेट ६५ करोड ४८ लाख

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६५ करोड ४८ लाख ८० बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको ११ औँ गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले सो बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरेको सभामा छलफलपछि सर्वसम्मत पारित भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट पेश गरेकोमा आगामी आवमा बजेट…

गोरखाका १६ विद्यालयलाई विपद जोखिम न्यूनीकरणका खेल सामग्री

गोरखाका १६ सामुदायिक विद्यालयलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी खेल सामग्री वितरण गरिएको छ। एकीकरण नेपाल गोरखाले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानाले ति विद्यालयलाई सामग्री वितरण गरेका हुन्। विपद् व्यवस्थापनसम्बन्धी विभिन्न ७ प्रकारको खेल सामग्रीहरु वितरण गरेको हो। कागजको भाडा वनाउने तरिका, विपद्सम्वन्धी सर्प र भ¥याङ, आगलागीसम्वन्धी रिले दौड, पहिरो र भू–क्षयसम्वन्धी रुमालचोरी…