गण्डकी प्रदेश »

बालमैत्री नगर बन्दै बागलुङ नगरपालिका

बागलुङ नगरपालिका बालमैत्री नगर बन्दैछ। बागलुङलाई बालमैत्री नगर बनाउने अभियान शुरु भएको हो। नगरपालिकाका १ सय ३ वटै बिद्यालयलाई बालमैत्री बनाउने अभियान चलेको हो । नगरपालिकाको निर्वाचनपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने पहिलो निर्णय गरेका हुन्। निर्णयपछि नगरपालिकाभरका प्रअहरुको बैठक तथा अन्तरक्रियामा सोही प्रकृतिका काम गर्न श्रेष्ठले निर्देशन समेत दिएका छन्। नगरपालिकाले बिद्यालय क्षेत्र…

तनहुँको याम्पा–घाँसीकुवा सडक जेठ २२ गतेदेखि बन्द हुने

पृथ्वीराज मार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डमा पर्ने तनहुँको याम्पा फाटदेखि घाँसीकुवा खण्ड आगामी जेठ २२ गते रातिदेखि बन्द हुँदैछ। उक्त क्षेत्रमा सडक खन्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जनाइएको छ। मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले राति ११ बजे अगाडी र बिहान ४ बजेपछिको सममा गाडी चलाउन मिल्ने…

पोखरा–जोमसोमको रुटमा हालसम्म ११७ जनाको ज्यान गयो

पोखरा–जोमसोम हवाइ रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना भएको छ। दुर्घटनामा परेर हालसम्म ११७ जनाको ज्यान गएको तथ्यांक छ। नेपालको घरेलु हवाई रुटमध्ये यो पोखरा–जोमसोमको हवाई रुट सबैभन्दा असुरक्षित छ। यो रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको तथ्यांकले बताउँछ। २०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १०…

जहाज दुर्घटनाबाट होटल संघ पोखराद्वारा दुःख व्यक्त

पोखरा–जोमसोम उडानको क्रममा यही जेठ १५ गते भएको तारा एयरको जहाज दुर्घटनाप्रति होटल संघ पोखरा, नेपालले दुःख व्यक्त गरेको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी दुर्घटनाको क्रममा यात्रु र चालक दलका सदस्य सहित ज्यान गुमाएका २२ जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकशन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रटक गरेका छन्। तारा एयरको…

तारा एअर विमान दुर्घटनाः १० जनाको शव काठमाण्डौं लगियो

तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव काठमाण्डौं लगिएको छ। नेपाली सेनाको हेलीकोप्टरबाट पोखरा हुँदै १० जनाको शब काठमाडौं लगिएको हो। यसअघि, सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १० जनाको शव मुस्ताङको कोबाङसम्म बोकेर ल्याएका थिए। कोबाङबाट सेनाको हलिकोप्टरमार्फत् शव पोखरा ल्याइएको थियो। पोखराबाट शव काठमाडौं लगिएएको हो। काठमाडौं लगिएका शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले…

तारा एअर दुर्घटनाः २१ जनाको शव भेटियो, १० वटा शव पोखरा ल्याइयो

तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित विमानमा २२ जना सवार रहेकामा सोमबार साँझसम्म २१ जनाको शव भेटिएको हो। ज्यान गुमाएकामध्ये १० जनाको शव पोखरा ल्याइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् १० जनाको शव पोखरा विमानस्थलमा ल्याइएको हो। यसअघि सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १०…

तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन आयोग गठन

सरकारले तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ। आयोगको अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्जमा वरिष्ठ एरोनटिक इन्जिनियर रतिशचन्द्र लाल सुमन छन्। संस्कृति, पर्यटन तथा नागरिक उयन मन्त्रालयले गठन गरेको आयोगको सदस्यमा क्याप्टेन दिपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने…

तारा एअरको ट्वीनअटर विमान दुर्घटनाका कारण : खराब मौसम

प्रतिकूल मौसमका कारण तारा एअरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए। घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ। उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२…

१७ जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी

स्थानीय तह निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ। सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यस सातामा पठाइने निर्वाचन आयोगले जनाएको छ। वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि…

तनहुँमा काँग्रेसका वरिष्ठ नेता पौडेल निकट ७ जनाले दिए सामूहिक राजीनामा

टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका ७ जना कांग्रेस नेता र कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस तनहुँका पूर्वजिल्ला सचिव (हाल संगठन विभाग प्रमुख) विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगालेलगायतले राजिनामा दिएका हुन्। स्थानीय तहको…