गण्डकी प्रदेश »

नवलपुरमा कोरोना संक्रमित भेटियो, गण्डकी प्रदेश समेत कोरोना संंक्रमणको जोखिममा

पोखरा । गण्डकी प्रदेशमा समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ । नवलपुर जिल्लामा बिहीवार १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको जोखिम बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार नवलपुर जिल्लाको देवचुली नगरपालिका–१२ का ४९ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको…

गण्डकी प्रदेशमा लकडाउनलाई थप कडाइ गरिदैँ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न जारी बन्दाबन्दीलाई प्रदेशमा थप कडाइ गरिने बताएका छन् । लमजुङ–पोखरा सम्पर्क समाजद्वारा स्थापित लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरामा समस्यामा परेकालाई बिहीबार आयोजना गरेको राहत वितरण कार्यक्रममा मुख्यमन्त्री गुरुङले मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको संक्रमणको अवस्थालाई हेरेर…

गण्डकी प्रदेश सरकारको राहत कोषमा एसओएस बालग्राम गण्डकीले बुझायो एक लाख बढि

पोखरा । पोखरास्थित एसओएस बालग्राम गण्डकीले कोरोना रोकथाम राहत कोषमा गण्डकी प्रदेश सरकारकालाई एक लाख बढि रकम प्रदान गरेको छ । गण्डकी प्रदेश सरकारद्धारा स्थापना गरेको कोरोना रोकथाम राहत कोषका लागि उक्त बालग्रामको परियोजना अन्तर्गत कार्यरत शिक्षक÷शिक्षिका तथा कर्मचारी, आमा÷अन्टीलगायतका कर्मचारीहरुले एक दिनको तलव कटाएर १ लाख, १ हजार ८२ रुपैयाँ राहत कोषमा रकम जम्मा…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिन गण्डकीको सेनिटाइजेसन टनेल प्रदान

पोखरा । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल(पिन) गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजेसन टनेल प्रदान गरेको छ । कोराना भाइरसको त्रास बढ्दै जाँदा पिन गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको समन्वयमा महानगरपालिकाको यान्त्रिक कार्यशालामा निर्माण गरिएको सेनिटाइजेसन टनेल पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् । यो टनेलले स्वचालित रूपमा काम…

कोरोनाविरुद्धको लडाइँ जितेर घर फर्किदैँ गरेकी बागलुङकी बृद्धाले भनिन्, ‘मैले आत्मबल बढाएरै कोरोनालाई जितेँ’

पोखरा । कोरोना भाइरसविरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि रानामगरले फुल दिएर विदाई गरे । उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी…

अब, कास्कीमा एकद्वार प्रणालीबाट मात्रै राहत वितरण

पोखरा । राहत वितरण नाममा विभिन्न व्यक्ति तथा संघसंस्थाले आफूखुसी नगद, जिन्सी र खाद्यान्न संकलन गर्न थालेपछि कास्कीको जिल्ला प्रशासनले कडाइ गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेको अवस्थामा सोको बेवास्ता गर्दै राहतको नाममा जथाभावी संकलन एवं वितरण कार्यपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार सूचना जारी गर्दै राहत वितरणमा कडाइ गरेको…

पोखरा महानगरले थाल्यो महानगरभित्र छर्न ‘डिसइन्फेक्सन स्प्रे’

पोखरा । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन पोखरा महानगरले कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनाषक औषधी छर्कने कार्य शुरु गरेको छ । किटनाषक औषधी छर्कने कार्यको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरका विभिन्न ठाउँमा किटनाषक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको हो…

बिमान चार्टर्ड गरेर पोखराबाट फ्रान्सले लग्यो आफ्ना नागरिकहरुलाई

पोखरा । फ्रान्सेली दूतावासले पोखराबाट आफ्ना नागरिकको उद्धार गरेको छ । नेपाल घुम्न आएका आफ्ना पर्यटकहरुलाई विहिबार पोखराबाट विमान नै चार्टर्ड गरेर लगेको हो । नेपालका हिमाली जिल्ला र अन्नपूर्ण पदमार्गमा रहेका पर्यटकहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले उद्धार गरी पोखरा पठाएको थियो । त्यसबाहेक पोखरामा रहेका पर्यटकलाई समेत दूतावासले खवर गरेर एयरपोर्ट भेला हुन सूचना…

पोखरामा फरक फरक खानाका ६ रेष्टुरेण्ट खुलाउने रेवानको निर्णय

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण सिर्जित लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका छिटफुट पर्यटक समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीसँगको छलफलपछि ति रेष्टुरेण्टहरु खुलाइने निर्णय भएको रेवान पोखराका अध्यक्ष…

थर्ड/फोर्थ गोर्खा राइफल्स भूपू सैनिक बास्केटबल च्याम्पियन

पोखरा । थर्ड/फोर्थ गौर्खा राइफल्सको टोली पाँचौ संस्करणको भूतपूर्व सैनिक गोल्ड कप च्याम्पियन बनेको छ । फाइनल प्रतिस्पर्धी थर्ड/नाइन गोर्खा राइफल्सको टोलीलाई हराउँदै थर्ड/फोर्थ बास्केटबल च्याम्पियन बनेको हो । भूतपूर्व सैनिक खेलाडी संघ, गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–१४ स्थित काजीपोखरी बास्केटबल कोर्टमा भएको फाइनल खेलमा थर्ड/फोर्थ गोर्खा राइफल्सले थर्ड/नाइन गोर्खा राइफल्समाथि ७३–६० स्कोर जोड्दै बास्केटबलको…