दमौलीमा आगलागी तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकको भूपाल हार्डवेयरको गोदाममा गत अघिल्लो हप्ताको आइतबार आगो लाग्दा निस्केको धुवाँको मुस्लो। आगलागी भएको ४ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो ४ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो। भूपाल हार्डवेयर, ज्योति सप्लायर्स र केही स्थानीयका घरमा पनि आगोले क्षति पुगेको थियो। आगो…
पोखरामा अन्तरबटालियन भूतपूर्व भलिबल प्रतियोगिता सुरु भएको छ। ७५ औं भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय पेन्सन वितरण केन्द्र, रामबजारको पोखराको खेल मैदानमा आइतबारदेखि सुरु प्रतियोगितामा १८ बटालियनका टोलीले प्रतिस्पर्धा गर्दैछन्। भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशांक त्रिपाठीले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्। बेस्ट अफ फाइवको आधारमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा ६/८…
विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको नेतृत्व महादेव मिश्रले सम्हालेका छन्। प्रतिष्ठानको शनिबार पोखराको सहिदपार्कस्थित घनश्याम ढकाल स्मृति कक्ष सभाहलमा सम्पन्न छैटौं अधिवेशनले मिश्रको नेत्वत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। प्रतिष्ठानको उपाध्यक्षमा कल्पना चिलुवाल, महासचिवमा श्रीकृष्ण अधिकारी, सचिवमा किरण थापा र कोषाध्यक्षमा सिर्जना ढकाल छन्। त्यस्तै, सदस्यहरुमा निर्मला न्यौपाने, राधा सापकोटा, राजु क्षत्री, राजेन्द्रमणि…
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीसमगर चयन भएका छन्। पोखरामा बुधबार सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रीसमगर सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। यसअघि, श्रीसमगर फोनिज गण्डकीको महासचिव थिए। यस्तै, महाधिवेशनबाट उपाध्यक्ष खुल्लामा खिमा गुरुङ र सूर्यकुमारी महतो (महिला) तर्फ चयन भएका छन्। महासचिवमा धनबहादुर गुरुङ (सुमन), सचिवमा विजय रानामगर (संगठन) तर्फ…
तनहुँको जिल्ला सदरमुकाम दमौलीदेखि ऐतिहासिक तनहुँसुरसम्मको महिला हाफ म्याराथन हुँदैछ। व्यास नगरपालिकाले फागुनको २८ गते महिला हाफ म्याराथन गर्ने भएको हो। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले फागुन २४ गते हाफ म्याराथनको आयोजना गर्ने निर्णय गरेको हो। त्यस्तै, मानहुँकोटदेखि पुलिमराङसम्म व्यास अल्ट्रा म्याराथन हुने बताइएको छ। सम्पन्न बैठकले सो निर्णय गरेको हो। खेलकूदका माध्यमबाट पर्यटन…
तनहुँको बिमलनगरस्थित चुनपहरामा विश्वकर्मा बाबाको मुर्ति स्थापना गरिएको छ। पृथ्वीराजमार्गको बिमलनगर र नयाँपुलको बीच भागमा पर्ने अत्यन्तै रमणीय स्थलको रुपमा परिचित चुनपहराको आकर्षक स्थलमा विश्वकर्मा बाबाको मुर्ति प्रतिस्थापना गरिएको हो। ठाउँको व्यवस्थापन, विश्वकर्मा बाबाको मुर्ति र घण्टीका लागि करिब ५ लाख ६१ खर्च भएको छ। बन्दीपुरका समाजसेवी सन्तकुमार श्रेष्ठले ३ लाख ६१ हजार सहयोग गरेका…
तनहुँमा आइतबारदेखि पालिका अनुसारको आलो–पालो सेवा हटेको छ। तनहुँ जिल्ला प्रशान कार्यालयले आइतबारबाट लागू हुने गरी पालिका अनुसारको आलो–पालो सेवा हटाएको हो। यअघि, जिल्ला कोडि व्यवस्थापन समिति (डीएमसीसी) को निर्णय अनुसार गत माघ १० गतेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र अन्य कार्यालयहरुको सेवा प्रवाहमा आलो–पालो प्रणाली अपनाउँदै आएको थियो। कोरोना भाइरसको महामारी बढ्न सक्ने…
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। आरकेडी होल्डिङ कम्पनीको ५ औं साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री थापाले व्यवसायीको लगानीलाई सुरक्षा गर्ने जिम्मेबारी सरकारको समेत रहेको उल्लेख गरे। ‘प्रदेशमा व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन हामी प्रतिबद्ध छौं’, उनले भने, ‘व्यवसायी र…
म्याग्दीको निर्माणाधीन हाई हिमालयन टुण्डी माथिल्ल्लो राहुघाट जलबिद्युतको आयोजनामा ढिस्को खसेर सोमबार स्काभेटर चालकको मृत्यु भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम कुमा खोल्सामा नँया बन्दै गरेको सो आयोजनामा काम गर्दै गर्दा माथिबाट ढुंगामाटो सहितको ढिस्को खस्दा स्काभेटर चालक सोही जिल्लाका रघुगंगा–२, भगवतीका २८ वर्षीय भीमबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।…
पोखराका विश्वासराज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट भएका छन्। व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एमफिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सर्वोत्कृष्ट भएका हुन्। काठमाण्डौमा सोमवार सम्पन्न त्रिविको ४७ औँ दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट पौडेल विभुषित समेत भए। दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका…