पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको १४ औं बैठक शनिबार पोखरामा सम्पन्न भएको छ । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले प्रथम वार्षिक साधारणसभा आगामी फागुन ७ मा पत्रकार महासंघ कास्कीको सभाहलमा गर्ने निर्णय गरेको छ । सो अवसरमा चौथो पोखरा स्पोर्टस् अवार्डको आय–व्यय समेत सार्वजनिक गर्ने कार्यक्रम छ । यस्तै, मञ्चले खेल…
म्याग्दी । गत बर्षको विजेता भीम मावि देवीस्थानले यस बर्षको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि जितेको छ । मालिका गाउँपालिकाको आयोजनामा दरबाङमा भएको प्रतियोगितामा १३ स्वर्ण, ४ रजत र ४ काँस्य पदक जित्दै भीम माविले दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको हो । यस संस्करणको रनिङ शिल्डमा विजेता बनेसँगै भीम माविले…
पोखरा । खेलकुदको मेघा इभेन्टका रुपमा फागुनको ३ गते हुन गइरहेको १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबारे बेलायतमा समेत चर्चा छ । यसले पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको माइलेज बढाउँदै लगेको छ । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च युकेले बेलायतमा संयोजनको भूमिका निभाएको छ…
पोखरा । पोखरामा आगामी फागुनको ११ गतेबाट हुने प्याराग्लाइडिङ वल्र्ड कपमा नेपालसहित ३० देशका १ सय २५ पाइलटहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन टुर–२०२० तथा १९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीपको समेत नाम दिइएको प्याराग्लाइडिङको उक्त प्रतियोगितामा नेपालसहित ३० देशका १ सय २५ पाइलटहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान…
पोखरा । आगामी फागुनको ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एशोसिएसन विथ वल्र्डलिंक’ हुने भएको छ । क्यान कास्कीले आयोजन ागर्ने ११ औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको पत्रकार सम्मेलनमा बताइएको छ । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने…
पोखरा । घरेलु आदर्श क्लब र लमजुङको त्रिवेणी युवा क्लब उपाधिका लागि मुख्यमन्त्री कप लिग फुटबलको फाइनल भिड्ने भएको छ । कास्कीको लिग लिडर क्लब र पाहुना टोली लमजुङको त्रिवेणीले प्रतियोगिता अन्तर्गत सोमबारको सेमिफाइनल खेलमा जित निकाल्दै फाइनलमा आमने–सामने हुने भएको हो । पोखरा–लेखनाथको भण्डारढिकस्थित आदर्श युवा क्लबको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा…
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय खेलकूद प्रतियोगिता जारी छ । रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको एथलेटिक्स, लङजम्म, सटपुट लगायतका खेलमा विद्यार्थीहरुबीच स्पर्धा भइरहेको छ । रनिङ शिल्ड अन्तर्गत सोमबार भएको १०० मिटर छात्रछात्रा दौडमा छात्रतर्फ बराह माविका सागर परियार प्रथम, शारदा माविका केशव जिसी द्धितीय र…
पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोेखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा जारी प्रतियोगिताको आइतबार लिग अन्तर्गतको अन्तिम ३ खेलको समाप्तिसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलका लागि समूह ‘ए’ बाट नवआदर्श युवा क्लब कास्की विजेता र त्रिवेणी युवा क्लब लमजुङ उपविजेता बन्दै सेमिफाइनलमा स्थान…
बागलुङ । नेपाल सितिरियो कराँते संघ बागलुङले खेल प्रशिक्षक धनराज महर्जनलाई सम्मान गरेको छ । प्रशिक्षक महर्जनले २०५० सालदेखि बागलुङमा कराँते खेल भित्राएर प्रशिक्षण दिँदै आएका छन् । कार्यक्रममा महर्जनले बागलुङको खेल क्षेत्रमा महत्वपूर्ण भूमिका खेलको बक्ताहरुले बताए । उनले यहाँ धेरै खेलाडीहरु उत्पादन गरेको बक्ताहरुको भनाई थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष राजबिन थापाले…
पोखरा । त्रिवेणी युवा क्लब लमजुङ, भिमाद युथ फुटबल क्लब तनहुँ र गैडाकोट खेलकुद विकास समिति नवलपुर पोखरामा जारी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलमा विजयी बनेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा समूह ‘क’ मा रहेको त्रिवेणी युवा क्लब लमजुङले बौद्ध हिमाल क्लब गोर्खालाई ७–१ गोलले हराएको छ । खेलपछि,…