गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे आज (बुधबार) नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। पाण्डेले शपथ पनि आजै (बुधबार) लिने तयारी गरेका छन्। प्रदेश प्रमुख कार्यालयले सपथको सबै तयारी पूरा गरिसकेको स्रोतले बताएको छ। सर्वोच्च…
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्। सर्वोच्च अदालतले यसअघि लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि उनी पदमुक्त भएका हुन्। सोमबार न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले अधिकारीले यसअघि ६० सदस्य प्रदेश सभामा ३० सदस्यको मत पाउने भनि लिएको विश्वासको मत संविधान विपरित भएको ठहर गरेको हो। सर्वोच्च अदालतले नेकपा एमालेका नेता खगराज…
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेका छन्। मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षित हुने भन्दै यस्तो आग्रह गरेका हुन्। ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा…
गण्डकी प्रदेश सरकारमा थप मन्त्रीमण्डल विस्तार गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीपरिषद् विस्तार गरेका हुन्। उनले आज मन्त्री सीता सुन्दास र वेदबहादुर गुरुङ ‘श्याम’लाई मन्त्रीमा नियुक्त गरेका हुन्। उनीहरु अधिकारी नेतृत्वको यसअघिको मन्त्री परिषद्मा पनि मन्त्री थिए। सीताले सामाजिक विकास तथा स्वास्थ्य र बेदबहादुरले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। नवनियुक्त…
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा ५७ जना सांसद उपस्थित थिए। मुख्यमन्त्रीको पक्षमा ३० जना सांसदले मतदान गरे। बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भएपनि सभामुख धितालले…
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ। साधारणसभाको अवसरमा अवसरमा पत्रकार महासंघ गण्डकीले प्रदेश मातहतको म्याग्दी जिल्ला शाखालाई उत्कृष्ट जिल्ला शाखाको रुपमा सम्मान गरेको छ। सो अवसरमा जहाज दुर्घटनामा परी दिवंगत भएका पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं पत्रकार त्रिभुवन पौडेलको परिवारलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेको छ। सो अवसरमा…
गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरिदिएको हो। एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेस गरेपछि मुख्यमन्त्री बनेपछि काँग्रेस संसदीय दलको नेता पाण्डेले रिट दायर गरेका थिए। गत चैत २८ गते…
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएकी प्रहरी नायव महानिरीक्षक (डीआइजी) दुर्गा सिंह चन्दले आज (सोमबार) आफ्नो पदभार ग्रहण गरेकी छन्। नेपाल सरकार, गृह मन्त्रालयको मिति वैसाख १३ गतेको निर्णयानुसार उपत्यका प्रहरी प्रहरी नायव महानिरीक्षक दुर्गा रानीपोखरी काठमाण्डौंबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएकी हुन्। प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आजै गण्डकी प्रदेश…
गण्डकी प्रदेश प्रहरीको नयाँ प्रमुखका रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्द आउने भएकी छिन्। डीआईजी विकासराज खनालको उमेर हदका कारण अवकास भएपछि गएको बैशाख ७ गतेदेखि रिक्त रहेको गण्डकी प्रदेश नयाँ प्रमुखको जिम्मेवारी डीआईजी दुर्गा सिंहले पाएकी छिन्। बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय भएको हो। डिआइजी दुर्गा…
गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल क्षेत्रमा आज (आइतबार) बिहान हिउँपहिरो खसेको छ। वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ। सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बाढीले बगाएको समाचार छ। बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन आग्रह गरिएको छ। सामागाउँ प्रहरी चौकीबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा…