अर्थ–बजार »

अर्थमन्त्री महत पोखरा उद्योग वाणिज्य संघमा

अर्थमन्त्री डा. प्रकाशशरण महतले कोभिडकालीन समयमा चाहिनेभन्दा बढी पूँजी बजार पठाइएको जिकिर गरेका छन्। ‘पहिला चाहिनेभन्दा बढी प्रवाह (पूँजी ) भएकै हो, अहिले अर्थतन्त्रमा मन्दी आएको छ। यसको जिम्मेवारी लिनेले मात्र नभएर दिनेले पनि लिनुपर्छ,’ पोखरा उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको अन्तक्रियामा उनले भने,‘रिभर्स र हार्ड ल्याण्डिङ गराएर हुँदैन।’ उनले मौद्रिक नीतिमार्फत् खुकुलो व्यवस्थाको…

पोउवा संघको महिला लक्षित सीप र बैंकिङ साक्षरता अभियान

माछापुच्छे« बैंक लिमिटेडकी एकीकृत जोखिम शाखा उपप्रमुख ऋचा पाण्डेले उद्यम गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन महिलाहरुलाई आह्वान गरेकी छन्। उनले लिएको कर्जाको सही सदुपयोग गर्न, विभिन्न सहुलियतको उपयोग गर्न एवं किस्ता र सावाँ भुक्तानी मितिप्रति सचेत रहन पनि आग्रह गरिन्। ‘केही गरौँ भन्ने भावना छ भने ऋण लिन हिच्किचाउनु हुँदैन, बरु लिएको…

पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम

पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सकिएको छ। सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले आज (शनिबार) तालिम तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे। सो अवसरमा बोल्दै सुनारले समयसापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई…

बजेट प्रचारमुखीभन्दा पनि यथार्थपरक छ: अर्थमन्त्री आले

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘आत्मनिर्भर तथा समुन्नत प्रदेश: सम्मानित प्रदेशवासी’ बनाउने मूल आधारका रुपमा बजेट रहेको बताए। कृषि क्षेत्रमा प्रवाह हुने अनुदानलाई उत्पादन केन्द्रित बनाउन र यसको लाभ सुनिश्चित गर्न उत्पादनका…

गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट

गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आज (शुक्रबार) प्रदेश सभामा आउँदो आर्थिक वर्षका लागि ३१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। यो चालु आ.व.को भन्दा कम बजेट हो। संघीय सरकारले नै अनुदानहरु कटौती गरेकाले प्रदेशको बजेट आकार घटेको हो। अर्थमन्त्री आलेले कुल बजेट ३३ अर्ब ४२ करोड रुपैयाँमध्ये…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा ३ रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम संचालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।…

भारतबाट इन्धनको मूल्य घटेर आयो

भारतबाट इन्धनको मूल्य घटेर आएको छ। ग्यासको मूल्यमा केही वृद्धि भएपनि अरूको मूल्य घटेको हो। नेपाल आयल निगमका अनुसार पेट्रोलमा १.२१, डिजेलमा ५.०५, मट्टितेलमा ३.४०, हवाई इन्धनमा ७.०३ रुपैयाँ घटेर आएको हो। नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार इन्धनको नयाँ लागत मूल्य पठाएको हो। ग्यासको मूल्यमा भने ३३९.०६…

आन्तरिक राजश्व वृद्धि गरेको अर्थमन्त्री बरालको दाबी

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशको आन्तरिक राजश्व बृद्धि गरेको दाबी गरेका छन्। करिब करिब मन्त्रीबाट विदा हुने अवस्थामा पुगेका मन्त्री बरालले मन्त्रालयमै आज (आइतबार) पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर यस्तो बताएका हुन्। मन्त्री बरालले आफ्नो डेढ वर्षको छोटो कार्यकालमा पनि प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही सार्थक प्रयास गरेको दाबी गरे। राजश्व अभिवृद्धिमा…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगम संचालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। निगमले हवाई…

नवलपरासीको हुप्सेकोटमा अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ। हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो। गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। ‘गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य…