अर्थ–बजार »

मादी गाउँपालिकाको बजेट ६५ करोड ४८ लाख

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६५ करोड ४८ लाख ८० बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको ११ औँ गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले सो बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरेको सभामा छलफलपछि सर्वसम्मत पारित भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट पेश गरेकोमा आगामी आवमा बजेट…

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरिएको छ। महानगरपालिकाको ११ औं नगरसभामा महानगरपालिका प्रमुख धनराज आचार्यले आ.व. ०७९/८० को वार्षिक नीति तथा कार्यक्रम नगरसभामा पेश गरेका हुन्। नीति तथा कार्यक्रममा क्षेत्रफलका आधारमा देशको सबैभन्दा ठूलो महानगरपालिका विविधतापूर्ण तथा ग्रामीण पहाडी क्षेत्र, अर्ध शहरी क्षेत्र र शहरी क्षेत्रसहित ३ थरी भौगोलिक अवस्था रहेको पोखरामा आर्थिक…

गण्डकी प्रदेशमा करिब ३६ अर्बको बजेट सार्वजनिक

गण्डकी प्रदेश सरकारले करिब ३६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यस प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज (बुधबार) प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ। यसैगरी, बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय…

सबै विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन नेविसंघको माग

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीहरुलाई पनि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक निर्देशक डा.नारायणप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले सबै विद्यार्थीलाई सहुलियतमा चुल्हो उपलब्ध गराउन माग गरेको हो। अध्ययन गर्न देशका विभिन्न जिल्लाबाट काठमाडौं आई डेरा गरी बसेका विद्यार्थीहरुलाई विद्युतीय चुल्होको आवश्यकता…

पोउवा संघको महाधिवेशन भदौमा,  नयाँ नेतृत्व चयन हुने

  पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनको मिति तय भएको छ। संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार सम्पन्न बोर्ड बैठकले आउँदो भदौ २४ र २५ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशनले आउँदो २ वर्षको लागि अध्यक्ष र पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गर्नेछ। संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि…

पोखराको पर्यटन प्रबद्र्धन गर्न ‘डुलुवा’ समूह भारतको लदाखतर्फ

पोखराको पर्यटन प्रवद्र्धन गर्न युवाहरुको ‘डुलुवा’ समूह एक महिने भारत यात्रामा निस्केको छ। यस अगाडी नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूहले पहिलो पटक पोखराको पर्यटन प्रवद्र्धन गर्न विदेश निस्केको हो। पोखराको पर्यटन व्यवसायमा संलग्न रहेका १९ जना युवाहरु प्रबद्र्धननका लागि भारतका विभिन्न सहरहरु हुँदै लदाखसम्मको यात्रामा निस्केका हुन्। पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवद्र्धनात्मक गर्दै…

वाई. यु. के. सुपरमार्केट संचालनमा आउँदै

पोखराको सेदीबगरमा वाई.यु.के. सुपरमार्केट संचालनमा आउँदैछ। पोखराकै पर्यटकीय गन्तव्य लेकसाइडबाट पामे, खपौदीं जाने बाटोमा सराङकोट जाने केबुलकार स्टेशनको नजिकै सुपरमार्केट संचालनमा आउन लागेको हो। करिब १७ रोपनी जग्गामा बनेको सुपरमार्केटको अगाडी, पछाडी पार्किङसहितको संरचनाहरु बनेका छन्। सुपरमार्केट बाहेक सो क्षेत्रमा सेमिनार तथा गोष्ठीको सभाहल, स्वीमिग पुल, थ्री डी आर्टयुक्त म्युजियम, होटल तथा रेस्टुरेन्टको संरचना बन्दैछन्।…

लगानी मैत्रीवातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। आरकेडी होल्डिङ कम्पनीको ५ औं साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री थापाले व्यवसायीको लगानीलाई सुरक्षा गर्ने जिम्मेबारी सरकारको समेत रहेको उल्लेख गरे। ‘प्रदेशमा व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन हामी प्रतिबद्ध छौं’, उनले भने, ‘व्यवसायी र…

११ औँ पोखरा महोत्सवको तयारी तीब्र

११ औँ संस्करणको पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ। महोत्सव आयोजक युनाइटेड क्लवले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २८ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको तयारी तीब्र परिएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा वोल्दै पोखरा महोत्सव मूल आयोजक समारोहका संयोजक तथा युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको…

नयाँ बेहुला–बेहुलीको जोडीलाई पोखराको दुईतर्फी निशुल्क टिकट उपहार

नव विवाहित जोडीलाई बुद्ध एयरले आफ्नो विमानबाट यात्रा गर्ने बेहुला–बेहुलीको जोडीलाई पोखरा हनिमुनका लागि निशुल्क दुईतर्फी टिकट उपहार दिने भएको छ। नव विवाहित जोडीले बुद्ध एयरको विमानबाट यात्रा गरेको हुनुपर्नेछ। यस बापत जोडीले बुद्ध एयरबाट पोखराको दुईतर्फी टिकट उपहार पाउनेछन्। यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिन विवाहको पोसाकसहित बुद्ध एयरको विमानमा यात्रा गरेको फोटो खिचेर…