अर्थ–बजार »

चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर: व्यवसायी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले मंगलवार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन्। ‘भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्य तीन…

३ सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको प्रतितोला ९५ हजार तोकिएको छ। अघिल्लो दिन (सोमबार) प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ३ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ…

अन्नपुर्ण केबलकार पुरानो टुँडिखेल तीजमेलाका उप प्रायोजक

अन्नपूर्ण केबलकार पोखराको पुरानो टुँडिखेल तीज मेलाको उपप्रायोजक बन्ने भएको छ। इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउँदो १० देखि १६ भदौसम्म चल्नेछ्। पोखरा १८ सेदीस्थित केबलकारको कार्यालयमा आयोजित एक कार्यक्रममा आयोजक केन्द्रका तर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र तीजमेलाका आर्थिक संकलन उपसमितिका संयोजक बालकृष्ण…

४ सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९५ हजार ९ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला ४ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ। यसको मूल्य अघिल्लो (बिहीबार) दिन प्रतितोला ९५ हजार…

भारतबाट तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो, नेपालमा भने घटेन

भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ। यसअघि, साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो ।…

इष्टर्न हाइड्रोपावरले आइपीओ खुलाउँदै

इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ६ करोड २० लाख रुपैयाँ मूल्य बराबरको ६ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको हो। आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका…

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढ्दै छापावाला सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै,…

५ सयले घट्यो सुनको मूल्य

सुन चाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन (बुधबार) प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो…

१७ कात्तिकमा ‘सीएनआई रोजगार तथा सीप मेला’

नेपाल उद्योग परिसंघले १७ देखि २० कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला गर्दैछ । परिसंघले आगामी कात्तिकको दोस्रो साता काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला–२०२२ हुने जानकारी दिएको हो। चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी हुने परिसंघले बताएको छ। परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले मेलामा सीप विकाससम्बन्धी विभिन्न…

१९.०६ अंकले घट्यो नेप्से परिसूचक

नेप्से परिसूचक आज (बिहीबार) पनि गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ विन्दूमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ। बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड…