राष्ट्रिय »

कास्की–२ को उपनिर्वाचनमा करणको मूल कमाण्डमा (नेकपा)को परिचालन कमिटी

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीले क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचनको तयारी शुरु गरेको छ । आगामी मंसिर १४ गते हुने निर्वाचनमा नेकपाले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङ (करण) को कमाण्डमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेको छ । नेकपाले इन्चार्ज करणको नेतृत्वमा यसपटक उपनिर्वाचन लड्ने निर्णय गरेको जनाएको छ । कार्तिक…

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा रहँदा उनको स्वागत एवं सम्मान, सी विभिन्न कार्यक्रममा सरिक हुँदा र विदाईको फोटोहरु (हेर्नुहोस, ३७ फोटो सहितको फोटो फिचर)

चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । नेपालकी राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा राष्ट्रपति दुई दिने राजकीय भ्रमणका लागि यहाँ आएका हुन् । चीनको ७० औं गणतन्त्र स्थापनाको अवसरमा राष्ट्रपति सीले नेपालको भ्रमण गरेका हुन् । राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनबीच आइतबार २० समझदारीपत्र र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

पोखरा । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार स्वदेश फिर्ता भएका छन् । दुईदिने भ्रमण सकेर उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता भएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाइ गरेकी हुन् । बिदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,…

नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारी (विवरणसहित )

काठमाडौँ । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आइतबार २० समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज (आदान–प्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान–प्रदान गरे । हस्ताक्षर भई आदान–प्रदान भएका दस्तावेज १. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा…

सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत

पोखरा । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग आग्रह गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा…

भूपरिवेष्ठित नेपाललाई भूजडित बनाउन चीनले सघाउनेछ : राष्ट्रपति सी चिनफिङ (पढ्नुहोस, चिनियाँ राष्ट्रपति सी चिनफिङले रात्रीभोजमा दिएको सम्बोधनको पूर्ण पाठ : नेपाली अनुवादसहित)

पोखरा । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भूपरिवेष्ठित नेपाललाई भूजडित बनाउन चीनले सघाउने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि बढि भन्दा बढि नाका खोल्न चीन तयार रहेको राष्ट्रपति सी चिनफिङले प्रतिबद्धता जनाए । ‘भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ,’ उनले भने, ‘बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ ।…

नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च छ : राष्ट्रपति भण्डारी (पढ्नुहोस, राष्ट्रपति भण्डारीले दिएको मन्तव्यको पूर्ण विवरण सहित)

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छन् । आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा शनिबार साँझ राजधानी काठमाण्डौंमा आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै राष्ट्रपति भण्डारीले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाईमा लैजाने प्रशस्त सम्भावना रहेको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले उल्लेख गरिन्, ‘पारस्परिक…

नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले शनिबारदेखि नेपालको राजकीय भ्रमण गरेका छन् । नेपालको राजकीय भ्रमणका लागि राष्ट्रपति सी चिनफिङ सोमबार विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका हुन् । नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी…

७० र ८० बर्ष माथिका ज्येष्ठ नागरिक अब वरिष्ठ र अति वरिष्ठ

पोखरा । प्रतिनिधीसभा अन्तर्गत महिला तथा सामाजिक समितिको आइतबार बसेको बैठकले ज्येष्ठ नागरिकको परिभाषा सम्बन्धी प्रस्तावमा ७० वर्षमाथिका लाई वरिष्ठ र ८० वर्षमाथिकालाई अतिवरिष्ठ बनाउने प्रस्तावलाई अनुमोदन गरेको छ । यसअघि, बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को पहिलो संशोधन माथी दफावार छलफल सुरु भएको थियो । बैठकमा छोरीका…

असार १४ गते राष्ट्रव्यापी बृहत वृक्षरोपण गरिदैं

पोखरा । भोलि असार १४ गते राष्ट्रव्यापी रुपमा बृहत् वृक्षरोपण गरिदैछ । नेपाल सरकारले हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने र आर्थिक वर्ष २०७६/७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । सरकारको सो निर्णय अनुसार भोलि शनिबार राष्ट्रव्यापी अभियानकै रुपमा देशभरि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिदै छ । प्रधानमन्त्री एवं…