राष्ट्रिय »

प्रस्तावित विधेयकले नागरिकका संपूर्ण अभिव्यक्ति तथा वाक स्वतन्त्रतालाई सुनिश्चित गरेको छ : संचारमन्त्री बाँस्कोटा

पोखरा । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रस्तावित सूचना प्रविधि विधेयकले नागरिकका सम्पूर्ण अभिव्यक्ति तथा वाक स्वतन्त्रतालाई सुनिश्चित गरेको वताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा शुक्रबार सूचना प्रविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्वन्धमा गठित उपसमितिले पारित गरेको प्रतिवेदनमाथि छलफलमा उठेका विषयहरुको जवाफ दिंदै मन्त्री बाँस्कोटाले विधेयक राजनीतिक विचारधाराभन्दा पनि समाजका मूल्य…

शुरु भयो नेपालमा मनसुन, देशभर फैलन केही समय लाग्ने

पोखरा । नेपालमा मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा…

पोखरामा खानेपानी शुद्धिकरण योजना : खानेपानी मन्त्री मगरले योजनाको उद्घाटन गरिन्

पोखरा । पोखरामा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरु भएको छ । नेपाल सरकारको खानेपानीमन्त्री विना मगरले मंगलबार एक कार्यक्रमबीच शुद्धिकरण योजनाको शुभारम्भ गरिन् । पोखरामा बर्षातको समयमा धमिलो आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले शुद्धीकरण योजना ल्याएको हो । खानेपानी शुद्धिकरण परियोजनाका लागि जापान सरकारको सहयोग संस्था (जाइका) ले नेपाललाई ४ अर्ब ८१…

मिडिया काउन्सिल विधेयकको विरोधमा पोखरामा प्रदर्शन

पोखरा । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान खारेजीको माग गर्दै पोखरा संचारकर्मीले विरोध प्रदर्शन गरेको छन । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अगुवाइमा शनिवार विहान पोखराको महेन्द्रपुलमा संचारकर्मीले मानव साङ्लो जुलुस प्रदर्शन गरेका हुन् । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका देशैभरीका संचारकर्मीका मागलाई नेकपा सरकारले कुनै सुनुवाई गरेको छैन ।…

जेठ १८ गते शनिबार रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा

पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा जेठ १८ गते शनिबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरा सभागृहमा कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका तदर्थ समिति अध्यक्ष विद्या भट्टराईले स्वर्गीय अधिकारीले राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै अधिकारीलाई चिरस्थायी बनाउन स्मृति प्रतिष्ठान स्थापना…

एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखे

पोखरा । एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति हुन् । उनी बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनले एचआइभी संक्रमितले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गरेका हुन् । ‘नेभर गिभ अप’ लक्ष्यबाट…

सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली शिखरमा पुग्यो

पोखरा ।  सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली शिखरमा पुगेको समाचार छ । विभागका उपसचिव खिमलाल गौतम नेतृत्वमा गएको टोली बुधबार बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको हो । टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङ जाङ्बु शेर्पालगायतले शिखरमा पुगेर जीएनएनएस जीपीएस सेट गर्ने काम सम्पन्न गरेको बताइएको छ ।…

हप्ता दिनमै दुई पटक सगरमाथा आरोहण गरेर कामीरिताले फेरी आफ्नै अर्को रेकर्ड तोडे

पोखरा । कामीरिता शेर्पाले आफनै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका साहसिक आरोही शेर्पाले सोमबार विहान ६ः३८ मा एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गरेको सगरमाथा आधारशिविरबाट सरकारका सम्पर्क अधिकृतहरुले जानकारी दिएका छन् । जेठ १ गते बिहान ७ः५० बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा २३…

यस सिजनमा दोस्रो पटक सगरमाथा चढेर अर्को रेकर्ड बनाउने कामीरिताको घोषणा

सोलुखुम्बु । कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका छन् । यस सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर अर्को नयाँ रेकर्ड बनाउने कामीरिताले बताएका छन् । अर्को हप्ता कामीरिताले पुनः दोस्रो आरोहण सफल बनाए भने उनको सगरमाथा आरोहण २४ पुग्नेछ । उनले आफैले बनाएको सगरमाथा आरोहणको अर्को रेकर्डलाई तोड्नेछन् । विश्वकै सर्वोच्च…

कीर्तिमानी कामिरिता शेर्पाको सगरमाथा आरोहणमा अर्को विश्व रेकर्ड

सोलुखुम्बु । कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखरमा सफल आरोहण गरेका छन् । यो सँगै कामिरिताले सगरमाथाको सर्वोच्च चुचुरोमा पुगेर आफ्नै कीर्तिमानलाई तोड्न सफलसमेत बनेका छन् । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा धेरै पटक पुग्ने व्यक्तिहरुमध्ये कामिरिताले आफूलाई अग्रस्थानमा राख्न सफल भएका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा…