घरेलु गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा विभागीय आर्मीसँग फाइनल खेल्ने भएको छ। पोखरा रंगशालास्थित बहसउद्देश्यीय कभर्ड हलमा शुक्रबार विहान भएको पहिलो सेमिफाइनल खेलमा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो। गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे। लिग चरणमा एउटै समूहमा रहेको आर्मी र गण्डकीले लिगमा नाटकीय ढंगले २७–२७…
पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज (शुक्रबार) देखि सुरु हुँदैछ। २८ असोजदेखि ३ कात्तिकसम्म हुने प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको छ । पोखरा रंगशालामा शुक्रबार दिउँसो ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ। बिहीबार साँझ पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा आवश्यक तयारी पूरा भएको सबै जना प्रतियोगिता सम्पन्न गर्न…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले अन्तिम ४ मा स्थान बनाएको छ। समूह ए बाट गण्डकी र विभागीय आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो। त्यस्तै, समूह बी बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो। सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल एपीएफले स्वर्ण पदक जितेको छ। एपीएफले वागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त…
गण्डकी प्रदेशको राजधानी पोखारमा भइरहेको नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल आर्मीले बिजयी सुरुवात गरेको छ। पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो। खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए। २८ औं मिनेटमा कार्कीले…
नवौं राष्ट्रिय खेलकुदअन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ। गण्डकी प्रदेशले सुदुरपश्चिमलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो। भलिवलप्रेमी दर्शकको भिडबीच भएको गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८, २५–२२ को जित निकालेको थिए। गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिइन्। सुदुरपश्चिम…
मृगौला फेल भएपछि उपचाररत पुराना कम्युनिस्ट कार्यकर्ता फणीन्द्र भण्डारी बिहीबार बिहान रानीपौवा पुगे। कास्की प्रेदश सभा–२ ‘ख’की एमाले उम्मेदवार मीना गुरुङलाई चुनावी परिचालनका उपाय सुझाउन र आशीर्वाद दिन उनी आएका थिए। उनले युगको आकांक्षा, पार्टीको सिद्धान्त र युवाको अपेक्षा पूरा गर्ने गरी लाग्न सुझाव दिए। अर्का ज्येष्ठ नागरिक ईश्वरी आचार्यले कहिलेकाँही देशको कायाकल्प गर्ने राजनीतिमा…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा बिभागीय टिम नेपाल आर्मीले सहज जित निकालेको छ। स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो। आर्मीले खेलको ९ औ मिनेटमा ईन्दिरा राईको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै ईन्दिराले अग्रता दोब्बर पारिन्। पहिलो हाफमा २ गोलले अगाडि…
नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरी बलको एपीएफ र मधेश प्रदेश बिजयी भएका छन्। विहीबारको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई र दोस्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बिजयी भएका हुन्। विहीबारको पहिलो खेलमा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ। पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७…
गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले बिजयी सुरुवात गरेको छ। गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा विहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश–१ लाई ७–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो। गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिइन्। त्यसको २ मिनेटपछि नै…