समाचार »

राष्ट्रिय खेलकुदमा प्रदेशको भूमिका नभएकोमा लोकतान्त्रिक खेलकुद संघको आपत्ति

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका खेल विज्ञहरुलाई नसमेटेकोप्रति नेपाली काँग्रेस भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले आपत्ति जनाएको छ। दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगिताको तयारी र त्यससँग सम्बन्धित समिति र उपसमितिहरुमा पूर्व खेलकर्मी र खेलसँग सम्बन्धित संघसंस्थालाई कुनै भूमिका नदिएको भन्दै…

पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्नेमा जोड दिएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा आज (शुत्रबार) प्रदेश प्रमुख गुरुङले यस्तो बताएका हुन्। उनले भने, ‘जहाँ स्वतन्त्रता हुँदैन, त्यहाँ पत्रकारिताले स्वतन्त्रता…

पोखराका क्रियाशील पत्रकारहरु तिमिल्सिना र गुरुङलाई पत्रकारिता पुरस्कार

पोखराका क्रियाशील पत्रकारद्वय रामप्रसाद तिमिल्सिना र राम गुरुङलाई गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पुरस्कृत गरिएको छ। गुरुङलाई वि.सं. २०७७ र तिमिल्सिनालाई वि.सं. २०७८ को पुरस्कार प्रदान गरिएको हो। पुरस्कार राशी जनही २५/२५ हजार एक रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराई, गण्डकी प्रदेश अर्थ…

सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद लम्बियो

सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद लम्बिएको छ। यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर भदौको ५ गतेसम्म पुर्‍याएको हो। कम्पनीले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पुँजीको १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको हो। यसले आयोजना प्रभावित क्षेत्र…

नेप्से ३४.६१ अंकले घट्यो

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३४.६१ अंकले घटेर २ हजार ११३.५५ बिन्दुमा झरेको छ। आज (शुक्रबार) २ हजार १५० बिन्दुमा खुलेको बजार उच्च अंकले घटेर २११३.५५ बिन्दुमा झरेर बन्द भएको छ। उच्च अंकले घटेको बजारमा साढे २ अर्ब बढीको कारोबार भएको छ। आज नेप्से उच्च २ हजार १५० बिन्दु र न्यून…

७०० रुपैयाँले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन (बिहीबार) प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ छ। यसको मूल्य…

फिफा महिला वरीयतामा नेपाल खस्कियो

नेपालको महिला फिफा वरीयता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल १०२ औं स्थानमा छ। अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा छ। यस्तै, दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो…

४३ डीएसपीको सरुवा (हेर्नुहोस, को–कहाँ ? सूचीसहित)

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति घोषणा भएसँगै प्रहरी प्रधान कार्यालयले ४३ जना (प्रहरी नायब उपरीक्षक) डीएसपीको सरुवा गरेको छ। शुक्रबार बेलुका एक सूची सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक सरुवाबारे जानकारी दिइएको हो। सरकारले बिहीबार मात्रै निर्वाचन मिति घोषणा गरेको थियो। उक्त मितिअनुसार मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन सम्पन्न भइसक्नुपर्नेछ ।   (हेर्नुहोस,…

निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ। ‘दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस…

‘पहिले राजनीतिक दलको घोषणपत्र, अनि मात्र चुनावको घोषणा’

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले चुनावअघि नै राजनीतिक दलको घोषणापत्रहरु आउनुपर्ने औंल्याएका छन्। चुनावअघि नै राजनीतिक दलहरुको घोषणपत्र सार्वजनिक हुनुपर्ने रोहितले उनको जिकिर थियो। पोखरामा आज (शुक्रबार) पत्रकारसँग भेटको क्रममा यस्तो बताएका हुन्। उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरुको घोषणपत्र सार्वजानिक गरेपछि मात्र जनताका मताधिकार सदुपयोगको िशुनिश्चित हुने उल्लेख…