अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्काे महिना घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीपको लागि बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको छ। मुख्य प्रशिक्षक कुमार थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १९ औं एशियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका ४० खेलाडी र थप १८ गरी ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन्। प्रशिक्षण सोमबार सुरु हुने एन्फाले जनाएको…
घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीप फुटबलमा नेपाल सहज समूहमा परेको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह ‘बी’ मा रहेको हो। यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन्। यस्तै,, समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्। २१ भदौदेखि ३ असोजमा दशरथ रंगशालामा हुने…
साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाललाई उछिन्दै बङ्लादेश अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। हिँजो (शुक्रबार) भएको दोस्रो खेलमा बङ्लादेशले माल्दिभ्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो। भारतको भुवनेश्वरमा रहेको कालीङ्गा रंगशालामा बंगलादेशले पहिलो हाफमा नै ४ गोल गरेको थियो। योसँगै बंगलादेशले लगातार तेस्रो जित निकालेको छ। ३ खेलमा ९ अंककासाथ बंगलादेश शीर्ष स्थानमा छ भने दोस्रो स्थानको…
‘नमस्ते पे’का प्रयोगकर्ता १ लाख नाघेका छन्। सरकारी लगानी रहेको भुक्तानी सेवा प्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा संचालित नेपाल डिजिटल पेमेन्ट कम्पनीअन्तर्गत नमस्ते पे संचालनमा छ। ४० करोड रुपियाँ चुक्ता पुँजी रहेको नमस्ते पेमा टेलिकमको ५१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४९ प्रतिशत लगानी छ। प्रविधिको उपयोगमार्फत ग्रामीण क्षेत्रसम्म वित्तीय सेवा…
जिल्ला कारागार बागलुङमा पुस्तकालय स्थापना गरिएको छ। अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा ‘कारागारमा पुस्तकालय’ स्थापना गरिएको हो। सो पुस्तकालयको गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गरे । उनले कैदीबन्दीको ज्ञान, सीपको विकास र मानसिकता स्वस्थ तथा परिवर्तनका लागि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गरे । राज्यले कैदीबन्दीलाई दिनुपर्ने सुविधा सामाजिक…
गण्डकी प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै सदस्य रोशनबहादुर गाहा थापाले नवपरासीको बर्दाघाट सुस्ता पूर्वमा केही समययता नारायणी, लौकाहा, अरुण, विनय लगायतका खोलाका कारण पानीको बहाव बढेर खेत कटान गरेको औंल्याए। कटानका कारण भएको खेती र जमिन बचाउँदै पीडितलाई क्षतिपूर्ति र राहत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। अर्का सदस्य आशा कोइरालाले तनहुँको दक्षिण पश्चिम ढोरबाराही मार्ग…
गण्डकी प्रदेशसभाको बैठकले गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ। बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य राजीव पहारी, मनकुमारी गुरुङ र गायत्री गुरुङले भाग लिए। विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा…
नवौँ राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकले विभिन्न ५ बुँदे निर्णय पारित गरेको छ। सिंहदरबारस्थित मन्त्रालयको हलमा संचालन गरिएको बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारिताका लागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशको आवश्यकता…
नेपालमा बाघको संख्या बढेको छ। सन् २०१८ मा २ सय ३५ वटा बाघ रहेकोमा त्यसयता बढेर ३ सय ५५ पुगेको छ। पछिल्लो ४ वर्षमा १ सय २० वटा बाघ थपिएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणको तथ्याङ्क सार्वजनिक गर्दै बाघको संख्या ३ सय ५५ पुगेको जानकारी दिएका…
गण्डकी प्रदेशसभाको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ। बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो। चौथो संशोधन मस्यौदामाथिको छलफलमा सदस्य सरिता गुरुङ, विनोद केसी, पियारी थापा, धनमाया पोखरेल लामा र राजीव पहारीले बोलेका थिए। बैठकको…