समाचार »

भरतपुर अस्पतालले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी

भरतपुर अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले सोमबार सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरु मागेको हो। अस्पतालद्वारा जारी सूचनाअनुसार मेडिकल अधिकृत १३ जना, नर्स २४ जना, फार्मेसी सहायक ५ जना र ल्याब टेक्निसियन ५ जना गरी ४७ जना स्वास्थ्यकर्मी माग गरेको हो। योग्यता पुगेका ईच्छुकले ७ दिन भित्र आवेदन दिन सक्नेछन्। हेर्नुहोस, सूचना    

एउटै कृतिभित्र पोखराबारे लेखिएका कविताहरु

पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् । २०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आएका आचार्यले पुन: पोखरा सरुवा भएको अवसरमा काव्यरसमा पोखरा नाम दिएर उक्त कृवितासङ्ग्रहलाई…

नवौं राष्ट्रिय खेलकुद: कुन खेल कहाँ ? (हेर्नुहोस, सूचीसहित)

गण्डकी प्रदेशको राजधानी पोखरा लगायत प्रदेश मातहतको विभिन्न जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। आगामी असोजको २८ देखि कात्तिकको ३ गतेसम्म गण्डकी प्रदेशको पोखरा लगायत प्रदेश मातहतका विभिन्न जिल्लामा हुने प्रतियोगिताका खेलाडीहरुले ३६ खेलमा प्रतिस्पर्धा गर्नेछन्। प्रदेश अन्तर्गत कुन खेल कहाँ आयोजना गर्नेबारे समेत टुंगो लगाएको आयोजक राखेपले जनाएको छ। फुटबल (पुरुष), ह्याण्डबल (महिला/पुरुष), एथ्लेटिक्स…

गण्डकीको खेलकुद परिषदले थाल्यो नवौं राष्ट्रिय खेलकुदको तयारी

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी थालेको छ। यसै क्रममा परिषदको सोमबार सकिएको पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा संचालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको हो। बैठकले खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन,…

रिलायन्स लाइफले माग्यो १९ जना शाखा प्रबन्धक

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो। रिलायन्स लाइफले ७ वटै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो । ईच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र कम्पनीको इमेलमा…

धौलागिरी लघुवित्तले साउन २४ बाट आइपीओ बिक्रि खुला गर्दै

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ। यस लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आइपीओ निष्कासन गर्न लागेको हो। यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्नेछ। लघुवित्तले निष्कासन…

अभियान लघुवित्तले १८ साउनदेखि आइपीओ खुला गर्दै

अभियान लघुवित्तले १८ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यो मध्ये ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि…

मन्दाकिनीको आइपीओ बिक्रि खुला

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज (सोमबार)बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन…

जरोटुप्पोमा डा. इन्दुलको आत्मालोचना

जरोेटुप्पो संरक्षण साहित्य समाज नेपालमा डा. इन्द्रुल केसी आत्मालोचनासहित प्रस्तुत भए। आइतबार पोखरामा सम्पन्न आफ्नो आँखामा आफैँ डा. इन्दुल केसीको आत्मालोचना शीर्षक दिइएको कार्यक्रममा केसीले जीवनका विभिन्न उतार–रचढावका अनुभूति प्रस्तुत गरे। कुनै समय पोखराको स्थानीय विकास अधिकारीको भूमिकामा रहेको स्मरण गर्दै केसीले आफ्नो सम्पत्ति विवरण शीर्षकको कविता सुनाएर आत्मालोचना शुरु गरेका थिए। कवितामा राजनीतिक नेतृत्वलाई…

प्रेस युनियनको नेतृत्वमा शिव लम्साल

नेपाल प्रेस युनियनमा शिव लम्सालले नेतृत्व गर्ने भएको छ। हेटौडामा सम्पन्न युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका हुन्। वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, महासचिवमा दिलिप पौडेल, खुल्ला उपाध्यक्षमा नकुल अर्याल, गण्डकी प्रदेश उपाध्यक्षमा ऋषिकान्त पौडेल लगायत निर्वाचित भएका छन्।