समाचार »

इडब्ल्युभिएलः कर्णाली र ललितपुर फाइनल भिडदै

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फाइनलमा भोली (शनिबार) कर्णाली यश्विस र ललितपुर क्वीन्स भिड्ने भएका छन्। लिग चरणका खेल सकिएसँगै शीर्ष २ स्थानमा रहेका कर्णाली र ललितपुर उपाधिका लागि भिड्ने भएका हुन्। कर्णाली यश्विसले अपराजित रहँदै ललितपुर क्वीन्सविरुद्ध एभरेस्ट महिला भलिबल लिगको फाइनल खेल्ने भएको हो। शुक्रबार राति कर्णालीले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा काठमाडौं स्पाइकर्सलाई…

इडब्ल्युभिएलः गण्डकी थन्डर्सको दोस्रो जित

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा गण्डकीले दोस्रो जित निकाल्दै आफ्नो खेललाई अन्त्य गरेको छ। इडब्ल्युभिएलको आफ्नो अन्तिम खेलमा गण्डकी थन्डर्सले मधेश युनाइटेडविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा गण्डकीले खेल २५–१६, २५–१९ २५–१८ ले आफ्नो पक्षमा बनायो। जितसँगै ५ खेलमा ६ अंक जोडेको गण्डकीले पाँचौं स्थानमा…

चन्द्रशेखर कार्की नेफेजको अध्यक्षमा निर्वाचित

नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन्। नेफेजको शुक्रबार भएको ३९ औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन्। कुल १०४ मतदाता रहेकामध्ये निर्वाचनमा ७४ मत खसेको थियो। यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याएर विजयी बने।…

एसिया रग्बी सेभेन्स ट्रफी: नेपाली महिला टोलीको पहिलो जित

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा नेपाली महिला टिमले समूह चरणमा पहिलो जित हात पारेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको प्रतियोगिता आयोजक नेपालले उज्वेकिस्तानलाई १२–७ स्कोरमा पराजित गरेको हो। नेपाल समूह चरणको ‘ए’ मा फिलिपिन्स र ग्वामसँग पराजित भएको थियो। नेपाल फिलिपिन्ससँग ३२–० र ग्वामसँग १७–५ को स्कोरमा पराजित भएको हो। फाइल तस्बीर    

एसिया रग्बी सेभेन्स ट्रफीः नेपाली महिला टोलीको दोस्रो हार

नेपाली महिला टोलीले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा दोस्रो खेलपनि हारेको छ। दोस्रो खेलमा नेपाली महिला टोलीले गुआमसँग पनि पराजित हारेको हो। एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिलातर्फको दोस्रो खेलमा नेपाल गुआमसँग १७–५ को स्कोरमा पराजित भएको हो। यसअघि, यही टोलीले फिलिपिन्ससँग ३२–० को स्कारेरमा हारेको थियो। यसपछि,…

पोखराको नागढुंगामा खुल्यो सवारीसाधनका टायर पसल

पोखरा नागढुंगामा सबै किसिमका सवारीसाधनका लागि हुने टायरको आउटलेट तालबाराही अटोमोबाइल्स संचालनमा आएको छ। पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङले आफ्नो शाखा विस्तार गरेको हो। बजारको मागलाई मध्यनजर गरी पोखरा नागढुंगामा शाखा विस्तार गरेको युवा व्यवसायी हुमबहादुर खत्री ‘अर्जुन’ ले जानकारी दिएका छन्। विगत १३ बर्षदेखि टायर रिसोलिङ तथा बस ट्रकको नयाँ टायरको सेवा दिंदै…

एसिया रग्बी सेभेन्स ट्रफीः नेपाली पुरुष टोलीको दोस्रो हार

एसिया रग्बी सेभेन्स ट्रफीमा नेपालको पुरुष टिमले दोस्रो हार ब्यहोरेको छ। नेपालले आफ्नो दोस्रो खेलमा बहराइनसँग पराजित भएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आज (शुक्रबार) भएको पुरुषतर्फको दोस्रो खेलमा नेपाल बहराइनसँग ७–२७ को फरक स्कोरमा पराजित भएको हो। प्रतियोगितामा यो नेपालको दोस्रो पराजय हो। पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ०–२४ को लज्जाजनक स्कोरले पराजित भएको थियो। पुरुषतर्फ…

एसिया रग्बी सेभेन्स ट्रफीः नेपाली महिला टोली पनि पराजित

एसिया रग्बी सेभेन्स ट्रफीमा महिलातर्फको पहिलो खेलमा नेपाल पराजित भएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ३२–० को फरक स्कोरमा पराजित भयो। यसअघि, नेपालको पुरुष टोली उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो। यसैगरी, महिलातर्फको पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरले हरायो। प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता छ। आयोजकका…

एसिया रग्बी सेभेन्स ट्रफीः नेपाली पुरुष टोलीको लज्जाजनक हार

एसिया रग्बी सेभेन्स ट्रफीमा घरेलु टोली नेपाल पुरुषतर्फको पहिलो खेलमा पराजित बनेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबारबाट सुरु भएको रग्बीमा नेपालको पुरुष टोली उज्वेकिस्तानसँग २४–० को लज्जाजनक रुपले पराजित भएको हो। अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५ ले, कतारले साउदी अरेबियालाई ३९–७ ले, श्रीलंकाले काजकिस्तानलाई ४३–० ले, भारतले बंगलादेशलाई ३१–० ले तथा चाइनिज ताइपेइले अफगानिस्तालाई…

राहत कोषमा सीआइटीको ५१ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोष (सीआइटी) ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ। हालै, मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो। कोष संचालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले आज (शुक्रवार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सहयोग रकमको…