समाचार »

लक्ष्मणले जिते भर्चुअल तेक्वान्दो पुम्सेको प्रतिस्पर्धामा स्वर्ण पदक

पोखरा । नेपाल प्रहरीका तेक्वान्दो प्रशिक्षक एवं अन्तर्राष्ट्रिय खेलाडी लक्ष्मणबहादुर ऐरले भर्चुअल तेक्वान्दो पुम्सेको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका छन् । अमेरिकाको पोर्टल्यान्डमा ४ जुनबाट जारी पुम्सेको भर्चुअल प्रतिस्पर्धामा नेपालबाट सहभागी लक्ष्मणले २० भन्दा बढी देशको सहभागी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । प्रतियोगिता अन्तर्गत ५० वर्षमुनीको उमेरसमूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका हुन् ।…

चेल्सीलाई वुमन्स सुपर लिगको उपाधि

पोखरा । इङ्ल्यान्डको महिला शीर्ष फुटबल लिग (महिला सुपर)को उपाधि चेल्सीले उचालेको छ । उसले औषत अंंकका आधारमा अगाडि रहेर लिगको उपाधि उचालेको हो । मार्च १३ मा लिग रोकिँदा लिगको अंक तालिकाको शीर्ष स्थानमा म्यान्चेस्टर सिटी थियो । म्यान्चेस्टर सिटीले १६ खेलबाट ४० अंक जोड्दा १ खेल कम खेलेको चेल्सी ३९ अंकका साथ दोस्रो…

पोखराको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण

पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण गरिएको छ । विश्वव्यापीरुपमा फैलिएको   कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि घोषित बन्दाबन्दीको अवसरमा सामाजिक दुरी कायम गरी शुक्रबार धुपी र चिउरीका विरुवा रोपिएको हो । गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाल कम्युष्टि पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण…

स्याङ्जामा थप ८ जनामा कोरोना संक्रमित देखिएसँगै गण्डकी प्रदेशमा थपिए १७ नयाँ संक्रमित, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो

पोखरा । स्याङ्जामा थप ८ जनामा कोरोना देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले शनिबार बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार १७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्याङ्जाका १०, बाग्लुङका १, कास्कीका ३ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३ जनामा संक्रमण पुष्टि भएको डाक्टर विनोदविन्दु शर्माले…

कोरोना भाइरसबाट नेपालमा ११ जनाको मृत्यु, संक्रमित संख्या २ हजार ९ सय १२

पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको सख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार दिएको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार (२२ गते) मृत्यु भएका सुर्खेतका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको जानकारी दिए । प्रवक्ता डा देवकोटाले दिएको जानकारी अनुसार मृतक पुरुष यही…

देशको अधिकांश स्थानहरुमा लगातार वर्षा, बाढीको सम्भावना रहेकाले सतर्क रहन सुझाव

पोखरा । केही स्थानबाहेक शुक्रबार बिहानैदेखि देशैभरजसो वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ७ः२५ बजे गण्डकी प्रदेश लगायत काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, र २ सबै क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै प्रदेश ५ को दाङदेखि पूर्व वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको…

नेपालमा एकै दिन ३३४ जनामा देखियो कोरोना संक्रमित, हालसम्म १० को मृत्यु, संक्रमितको संख्या २ हजार ६ सय ३४

पोखरा । केही दिन यतादेखि नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ । केही दिन यतादेखि संक्रमितको संख्यामा उच्च वृद्धि भएपनि बिहीबार अहिलेसम्मकै धेरैमा संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

ट्रम्पलाई अमेरिकन प्रहरी प्रमुखको जवाफ, ‘स्थिति सम्हाल्न सक्दैनौं भने चुप लागेर बस’

पोखरा । अमेरिकामा भड्किरहेको जातिवादी हिंसालाई लक्षित गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलाई लिएर चर्को विरोध भइरहेको छ । ट्रम्पको भनाईलाई लक्षित गरी एकजना अमेरिकन प्रहरी प्रमुखले राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने चुप लागेर बस्न आग्रह गरेका छन् । ‘राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने शान्त रहनु, चुप लागेर बस्नु,’ ह्ययुस्टनका प्रहरी प्रमुखले भनेका छन् ।…

पोखराको मानव सेवा आश्रमलाई जापानबाट कामना खनालले गरिन् सहयोग

पोखरा । तनहुँको भानु नगरपालिका टुहुरे पसल घर भई विगत केही वर्षदेखि जापानको चिबामा बस्दै आएकी कामना खनालले मानव सेवा आश्रमलाई नगद सहयोग गरेकी छन् । पोखरा–१७ छोरेपाटनस्थित आश्रममा सहारा लिँदै आएका असहाय, बृद्धबृद्धा तथा बालबालिकाका लागि खनालले पठाएको १० हजार ३१ रुपैयाँ मंगलबार गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले आश्रममा हस्तान्तरण गरेकी हुन् । कोभिड–१९…

कोरोना नियन्त्रणको लागि हालसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च

पोखरा । कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा…