समाचार »

कोरोना संक्रमणबाट इटलीका ओलम्पिक धावक डोनाटो साबियाको निधन

इटलीका ओलम्पिक धावक डोनाटो साबियाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट ५६ वर्षीय साबियाको मृत्यु भएको इटालियन ओलम्पिक कमिटी (सीओएनआइ) ले पुष्टि गरेको छ । सीओएनआइका अनुसार कोरोना भाइरसका कारण मृत्यु हुने साबिया पहिलो ओलम्पियन हुन् । साबियाको बुबाको पनि केही दिनअघि कोरोनाकै कारण मृत्यु भएको जनाएको छ । सीएएनआइले जारी गरेको स्टेटमेन्ट अनुसार…

विश्व फुटबल महासंघ (फिफा) को नयाँ बरियतामा नेपाल उही १७० औंं स्थानमै कायम

पोखरा । विश्व फुटबल महासंघ फिफाको नयाँ बरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ । हालौत्र फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७० औं स्थानमा यथावत रहेको हो । फिफा वरीयतामा नेपालले अघिल्लै महिनाको स्थानमा रहेको हो । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि खेलकुद प्रतियोगिता खेल्न नपाएको नेपालले कुल ९७४ अंक हात…

कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर ८८ हजार ५ सय ४३ को मृत्यु, १५ लाख १९ हजार ४ सय ४२ जना संक्रमित

पोखरा । नोबेल कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म विश्वभर ८८ हजार ५ सय ४३ को मृत्यु भएको छ । त्यस्तै, कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ संक्रमित बनेका छन् । यसबाट ३ लाख ३० हजार ८ सय ९० जना निको भएका छन् । बुधबार, एकै दिन अमेरिकामा १…

आइसीसी वरीयताको एक दिवसीयमा नेपाल उही १६ औं र टी–२० मा १५ औं स्थानमा

पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को वरीयतामा नेपालले आफूलाई उही १६ औं स्थानमा कायम राखेको छ । त्यस्तै, आइसीसी टी–२० मा नेपालले १५ औं स्थान कायम राख्न सफल भएको छ । एक दिवसीय र टी–२० को वरीयतामा नेपालले अघिल्लै महिनाको स्थानलाई कायम राखेको हो । एकदिवसीय क्रिकेटमा नेपालले १२ खेलमा २० रेटिङ पाएको छ…

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग जुध्न प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्र (देशवासी) को नाममा सम्बोधन

पोखरा । नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएका प्रतिबन्धहरूका साथै स्वास्थ्य सामग्री खरिदजस्ता विषय विवादको घेरामा परेको बेला प्रधानमन्त्रीले झन्डै ३ सातापछि फेरि देशवासीलाई सम्बोधन गरेका छन् । उनले देशमा अझै जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताएका छन् । उनले जोखिम अझै कायमै रहेको भन्दै महामारीलाई रोकथाम गर्न सहयोग गर्न देशवासीसामु आग्रह…

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक

इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ । नोबेल कोरोना (कोभिड–१९) को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो । म्यानचेस्टर सिटीले यस विषयमा ट्वीटरमार्फत जानकारी दिएको हो । क्लबले ट्वीटरमा लेखेको छ, ‘पेपकी आमा डोलोर्स साला कार्रियोको मृत्युबारे जानकारी गराउनुपर्दा हामी दुखित छौं…

स्पेनिस महारथी बार्सिलोना, रियल र एथ्लेटिकोका पूर्वप्रशिक्षक एन्टिकको निधन

स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनका शीर्ष क्लबहरु बार्सिलोना, रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक एन्टिकको सोमबार निधन भएको हो । सर्बियाका ७१ बर्षीय एन्टिक लामो समयदेखि पेनक्रिएटाइटिस रोगबाट ग्रसित थिए । एन्टिक सन् १९९० देखि १९९६ सम्म एथ्लेटिकोको प्रशिक्षक थिए । उनले एथ्लेटिकोलाई स्पेनिस ला लिगा…

शुरु भयो, बुन्डेसलिगा क्लब बायर्न म्युनिखकोे प्रशिक्षण क्याम्प

जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले कोरोना भाइरसको त्रासकै बीच पनि प्रशिक्षण क्याम्प सुरु गरेको छ । उसले सोमबार रातिदेखि प्रशिक्षण क्याम्प सुरु गरेको हो । पहिलो दिन शीर्ष खेलाडीहरु प्रशिक्षणमा सहभागी भएको समाचार छ । क्लबका स्टार खेलाडीहरु रोबर्ट लेवान्डोस्की, थोमस मुलर, फिलिप कौटिन्हो, म्यानुयल निउर, किङ्से कोम्यान, निकोलस सुल, लियोन गोरेट्का, जोसुवा किम्मिच र…

ब्राजिली स्टार फिलिप कौटिन्होमाथि इङ्लिस प्रिमियर क्लबहरुको आँखा

 ब्राजिलका फुटबल स्टारर फिलिप कौटिन्होमाथि शीर्ष  इङ्लिस प्रिमियर क्लबहरुले आँखा लगाएका छन् । ऋणमा जर्मन बुनडेसलिगाका लागि बायर्न म्युनिखबाट खेलिरहेका कौटिन्होमाथि चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल र टोटेनह्याम लगायतका इङ्लिस प्रिमियर क्लबहरुले आफ्ना क्लबमा भित्राउन आँखा लगाएका छन् । प्रिमियर क्लबहरुमध्ये पनि कौटिन्हो चेल्सीमा अनुवन्ध हुनसक्ने बलियो अनुमान लगाइएको छ । पश्चिम लन्डन क्लब चेल्सीले ब्राजिलियन…

जर्मन क्लब वायर्न म्युनिखको प्रशिक्षण शुरु

जर्मन क्लब वायर्न म्युनिखले सोमबारबाट प्रशिक्षण थाल्ने भएको छ । वायर्नले कोरोना भाइरसको संक्रमण र सरकारको निर्देशन अनुशरण गर्दै सोमबारबाट टिमको तयारी सुरु गर्ने जनाएको छ । सानो समूह बनाएर टिमको तयारी गर्ने वायर्नले उल्लेख गरेको छ । ‘सानो समूह बनाएर वायर्न म्युनिखको पहिलो टिमको प्रशिक्षण सोमबारबाट सुरु हुनेछ,’ वायर्नले भनेको छ, ‘सरकारी नीति र…