समाचार »

ए डिभिजन लिगमा मनाङ तेस्रो स्थानमा

पोखरा । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा एनआरटी क्लबलाई ४–१ गोलको जित निकालेपछि मनाङ लिगको तेस्रो स्थानमा उक्लिएको हो । एनआरटीमाथिको जितमा मनाङले पहिलो र दोस्रो हाफमा २/२ गोल गरेको थियो । एनआरटीले दोस्रो हाफको अन्तिममा सान्त्वना…

अनिसले कोल्मा बाहाकोट जिते क्रस कन्ट्री

पोखरा । पर्वतका अनिष थापा मगरले दोस्रो संस्करणको कोल्मा बाहाकोट क्रस कन्ट्री दौड जितेका छन् । लिगलिग कोट दौडको समेत विजेता बनेका अनिषले निर्धारित ३१ किलोमिटर दूरीको दौड १ घन्टा २५ मिनेट २० सेकेण्डमा पूरा गरेका थिए । अनिषले क्रस कन्ट्रीको उपाधिसँगै ५० हजार पुरस्कार समेत जिते । त्यस्तै, सोलुखोम्बुका सुमन कुलुङ राईले उक्त निर्धारित…

हूमीले जितिन् द टाइम्स रोड रेस

पोखरा । हूमी बुढामगरले महिलातर्फ तेश्रो द टाइम्स ५ किलोमिटर रोड रेस जितेकी छन् । गत संस्करणको समेत विजेता शहीद रामनाथ मल्टिपल कलेजकी हूमीले निर्धारित दूरी २१ मिनेट २१.९८ सेकेन्डमा पूरा गरिन् । हूमीले १५ हजार पुरस्कार जितिन् । जोसेफ उमाविकी प्रीति राई दोश्रो बनिन् । प्रीतिले निर्धारित दूरी २२ मिनेट ५१.०९ सेकेन्डमा पूरा गरेकी…

सफल पोखरा म्याराथनमा ७३ वर्षीय टंक श्रेष्ठ समेत दौडने

पोखरा । सफल पोखरा म्याराथनमा ७३ वर्षीय टंकबहादुर श्रेष्ठ समेत दौडने भएका छन् । फागुनको ३ गते हुने पोखरा म्याराथन अन्तर्गत १० कि.मीं दूरीको म्याराथनमा दौडने श्रेष्ठले बताए । गोरखाको बोर्लाङ स्थायी घर भई हाल पोखरा–७ घारीपाटनमा बसोबास गर्दै आएका श्रेष्ठ गत वर्षको सफल पोखरा म्याराथनमा समेत दौडिएका थिए । गत वर्ष पनि श्रेष्ठले १०…

एक दिवसीय क्रिकेट : नेपालको जितमा कुशलको कीर्तिमानी अर्धशतकीय योगदान

पोखरा । अमेरिकासँगको आइसीसी विश्वकप एक दिवसीय लिग–२ मा नेपालका कुश मल्लले अर्धशतकीय रन बनाएका छन् । नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य प्रस्तुत गर्दा कुशलले अर्धशतकीय ५० रनको योगदान दिए । उनले ५१ बलमा अर्धशतक रन बनाएका हुन् । कुशलले आफूलाई एक दिवसीय क्रिकेटमा अर्धशतीय रन बनाउने कान्छा खेलाडीको रेकर्ड समेत बनाएका छन् । घरेलु…

फागुन ७ मा खेलकुद पत्रकार मञ्च गण्डकीको साधारणसभा

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको १४ औं बैठक शनिबार पोखरामा सम्पन्न भएको छ । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले प्रथम वार्षिक साधारणसभा आगामी फागुन ७ मा पत्रकार महासंघ कास्कीको सभाहलमा गर्ने निर्णय गरेको छ । सो अवसरमा चौथो पोखरा स्पोर्टस् अवार्डको आय–व्यय समेत सार्वजनिक गर्ने कार्यक्रम छ । यस्तै, मञ्चले खेल…

पोखरामा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता

पोखरा । पोखरा मा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता शुरु भएको छ । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजना र वाइन किङको मुख्य प्रायोजनमा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले सहभागी टिमका कप्तानहरुलाई जर्सी हस्तान्तरण र ब्याटिङ गरेर…

देवीस्थानको भीम माविलाई मालिका रनिङ शिल्ड

म्याग्दी । गत बर्षको विजेता भीम मावि देवीस्थानले यस बर्षको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि जितेको छ । मालिका गाउँपालिकाको आयोजनामा दरबाङमा भएको प्रतियोगितामा १३ स्वर्ण, ४ रजत र ४ काँस्य पदक जित्दै भीम माविले दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको हो । यस संस्करणको रनिङ शिल्डमा विजेता बनेसँगै भीम माविले…

एपीएफ र नेपाल पुलिसलाई उत्कृष्ट भलिबल टिमको एनभीए अवार्ड

पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लब महिलातर्फ र नेपाल पुलिस क्लबले पुरुषतर्फ २०७५ वर्षको उत्कृष्ट भलिबल टिमको सम्मान पाएको छ । नेपाल भलिबल संघले शनिबार तेश्रो एनभीए अवार्ड कार्यक्रमको आयोजना गरी एपीएफ र नेपाल पुलिसको टिमलाई नगद १ लाख सहित सम्मान गरेको हो । नेपाल भलिबल संघद्वारा सम्वन्धन प्राप्त प्रतियोगिताहरुमा एपीएफले महिलातर्फ १० मा…

कास्की मोडर्नाज्डका रोशन घर्तीमगर बने, हिसान कास्की लोकनृत्य आइडल

पोखरा । कास्की मोडर्नाइज्ड एकेडेमीका रोशन घर्तीमगर प्रथम हिसान कास्की आइडल बनेका छन् । यसको साथै रोशनले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीले आयोजना गरेको दोस्रो हिसान कास्की लोकनृत्य प्रतियोगिताको उपाधि जितेका छन् । उपाधिसँगै रोशनले २० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । प्रतियोगितामा न्यू लाइट सेकेन्डरी स्कुलकी अन्जना गुरुङ फस्ट रनर–अप…